#का. रोहित
उपसंहार
आर्थिक सङ्घर्ष, विद्रोह र आन्दोलनहरूले मजदुरहरूलाई एक राजनैतिक आन्दोलनको सङ्घारमा पु¥याइदियो । एक राजनैतिक आन्दोलनले तिनीहरूलाई एक राजनैतिक सङ्घर्ष, क्रान्ति र समाजवादसम्म पु¥याइदियो । विभिन्न देशका मजदुर आन्दोलनले यही कुरो बताए ।
तर, मजदुर आन्दोलनको व्यवस्थित अध्ययनविना नै केही नेपाली ‘वामपन्थीहरू’ विभिन्न देशका मजदुर आन्दोलनका शिक्षा र उपलब्धिहरूलाई अस्वीकार गर्दै छन् । राजनैतिक सङ्घर्षको अभावमा बेलायतको मेसिन फोर्ने लुडाइट आन्दोलन दबाइयो । लियोन विद्रोह र सिलेसियाली जुलाहाहरूको विद्रोहले पनि राजनैतिक सङ्गठन र राजनैतिक उद्देश्यको खाँचोलाई औँल्यायो । बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलनले मजदुरवर्गलाई एक राजनैतिक सङ्घर्षको रूपमा उभ्याइदियो । तिनीहरूले मताधिकारको निम्ति आफूलाई अगाडि ल्याए† आफ्नो पक्षमा ऐन बनाउन दिन संसद्मा आफ्नो प्रतिनिधि चुनेर पठाउन संसारको ‘सबभन्दा पहिलो मजदुरवर्गको व्यापक आन्दोलनलाई’ चलाए । त्यस्तै, जर्मनीको मजदुर आन्दोलनले पनि मत दिने र चुनिने अधिकारको निम्ति सङ्घर्ष गर्यो । त्यो एक राजनैतिक अधिकारको लडाइँ थियो । त्यो अधिकारबिना प्रजातन्त्र सम्भव छैन ।
फ्रान्सको जून महिनाको मजदुर विद्रोह र पेरिस कम्युनको पनि लोकमतलाई आफ्नो पक्षमा लिनुपर्ने आवश्यकतालाई देखायो । १८७८ मा जर्मनी शासकवर्गले मजदुर आन्दोलनलाई दबाउन ‘समाजवादीहरूको विरोधमा असाधारण ऐन’ लागु गर्यो । पार्टी लथालिङ्ग भयो, पत्र–पत्रिका निकाल्ने, सङ्घ संस्था खोल्ने र सभा गर्ने स्वतन्त्रता थिएन । तर, जर्मनीका मजदुरहरूले चुनावमा भाग लिए । विभिन्न सालमा पार्टी र मजदुरहरूले पाएको मत यसप्रकार छ –
सन् १८८१ को महानिर्वाचनमा– ३,१२,००० मत
सन् १८८४ को महानिर्वाचनमा– ५,५०,००० मत
सन् १८८७ को महानिर्वाचनमा– ७,६३,००० मत
सन् १८९० को महानिर्वाचनमा– १४,२७,००० मत
पछि त्यो मत १७,८७,००० पुग्यो र १ अक्टोबर १८९० मा समाजवादीविरोधी असाधारण ऐन नै खारेज भयो ।
रुसी क्रान्तिको बेलायतमा पनि मजदुरवर्गले चुनावमा भाग लिएर आफ्नो र विरोधीहरूको शक्तिलाई तुलना गर्यो । १९१७ जून महिनाको चुनावमा मेन्शेविकहरू र समाजवादी क्रान्तिकारीहरूले ७० प्रतिशत मत प्राप्त गरेका थिए । तर, सेप्टेम्बर महिनामा भएको चुनावमा तिनीहरूले १८ प्रतिशतमात्र मत प्राप्त गर्न सके । त्यसको ठीक उल्टो १८१७ जून महिनामा बोल्शेविकहरूका ११ जवान सदस्यमात्रै चुनिएका थिए भने सेप्टेम्बर महिनामा ४७ सदस्य चुनिए ।
७ नोभेम्बर १९१७ को दिन पेट्रोग्राद मजदुरहरूले कब्जा गरे । ३० नोभेम्बरको दिन संविधानसभाको चुनाव परिणाम घोषणा भयो । त्यस चुनावमा १९ वटा पार्टीहरूले भाग लिएका थिए । बोल्शेविक पार्टी र त्यसको सहयोगी वामपन्थी–समाजवादी क्रान्तिकारी पार्टीले क्रमशः ४,२४,०२७ र १,५२,२३० मत प्राप्त गरे । यसरी बोल्शेविक पक्षले जम्मा ५,७६, २५७ मत प्राप्त गर्यो । त्यो मत खसेको मतको ५५ प्रतिशत थियो । त्यस मतले बहुमत जनताको भावनालाई प्रतिबिम्बित गथ्र्याे र क्रान्तिलाई एक औपचारिक लालमोहर पनि थियो ।
यसप्रकार, विभिन्न देशका मजदुर आन्दोलनहरूले जनमतसङ्ग्रह वा महानिर्वाचनहरूलाई ‘एक ब्यारोमिटर’ को रूपमा लिने गरेको देखिन्छ । तर, नेपालका केही ‘वामपन्थीहरूले’ भने जनमतसङ्ग्रह र दोस्रो महानिर्वाचनलाई ‘बहिष्कार’ गरेर आफूहरूलाई साँचो क्रान्तिकारी साबित गर्ने जमर्को गरे । जिल्ला–जिल्लामा स्थानीय सामन्त, ठुला–ठालू र जालीफटाहाहरूको विरोधमा गरिने त्यस राजनैतिक सङ्घर्षलाई ‘बहिष्कार’ गरेर तिनीहरूले जनताका विरोधीहरूलाई नै निर्विरोध निर्वाचित हुन सघाउ पुर्याउने अपराध गरे । ‘क्रान्तिकारी’ फलाको, पूर्वाग्रह र शब्दाडम्बरको आडमा तिनीहरूले तर्क, वास्तविकता र इतिहासको शिक्षालाई बङ्ग्याउन सक्दैनन् ।
नेपालका ती उत्ताउला क्रान्तिकारीहरू बहिष्कारबारे खालि रुसको १९०५ र १९०६ को बहिष्कारलाई अघि सार्ने गर्छन् । तर, तिनीहरू त्यसबारे न लेनिनको स्पष्टीकरणलाई सम्झन आवश्यक सम्झन्छन् न त बहिष्कारवादीहरूलाई बोल्शेविक पार्टीबाट निकालिएका कुरालाई नै सम्झन आवश्यक ठान्छन् ।
लेनिनको व्याख्याअनुसार क्रान्ति अगाडि बढ्दै गएको हुनाले १९०५ को बहिष्कार एक सफल बहिष्कार बन्यो र क्रान्ति तल झर्दै गएको हुँदा १९०६ को बहिष्कार एक गलत बहिष्कार बन्यो । यसकारण, १९०७, १९०८ र त्यसपछिका चुनावहरू बहिष्कार गर्ने बिरामहरू बोल्शेविकहरूले गरेनन् ।
१९०५ को बहिष्कारलाई नै आधार बनाएर सा¥है प्रतिक्रियावादी ‘संसद्’ मा भाग नलिने, मजदुर सङ्गठन, सहकारी सङ्गठनहरू र अरु कानुनी र अर्धकानुनी सङ्गठनहरूमा जिद्दी भएर काम गर्न नमान्ने बहिष्कारवादीहरूको नेता बोग्दानोवलाई १९०८ मा बोल्शेविक पार्टीबाटै निकाला गरेको थियो । लेनिनले त्यस्ता बहिष्कारवादीहरूलाई ‘नयाँ किसिमको त्रिघटनवादी’ र ‘उल्टो मेन्शेविक’ भन्नुभयो ।
त्यस्तै एक निश्चित समय तोकेर ड्युमाबाट समाजवादी–प्रजातान्त्रिक सदस्यहरूलाई फिर्ता बोलाउने ‘तिथि तोक्नेहरू’ पनि थिए । भेष बदलिएका त्यस्ता बहिष्कारवादीहरूलाई लेनिनले ‘लाज मानेका बहिष्कारवादीहरू’ भन्नुभएको थियो ।
नेपालका उत्ताउला क्रान्तिकारी नेताहरूलाई संसद्वाद के हो भन्ने त थाहा होला तर ‘क्रान्तिकारी संसद्वाद’ मजदुर आन्दोलनकै एक अङ्ग हो भन्ने कुरा थाहा रहेनछ ।
१९१२–१४ तिर साम्राज्यवादीहरू युद्धको तयारी गर्दै थिए । फ्रान्स, बेल्जियम र बेलायतका मजदुर नेताहरूले पुँजीवादी मन्त्री मण्डलमा भाग लिएर साम्राज्यवादी नीतिलाई मद्दत गर्न थाले । तर, समाजवादीहरूको क्रान्तिकारी पक्षले संसद्भित्र बसेर साम्राज्यवादी, शोषण, अन्याय–अत्याचार र युद्धको विरोधमा सङ्घर्ष गरेर क्रान्तिकारी संसद्वादलाई अगाडि बढाए ।
३१ जुलाई १९१४ को दिन सर्वियाली समाजवादी प्रतिनिधिहरूले स्कूपश्चिना (संसद्) मा युद्धको ऋणको विरोधमा मत दिएर क्रान्तिकारी संसद्वादको परिचय दिए ।
रुसको चौथो ड्युमा (संसद्) मा पनि बोल्शेविक प्रतिनिधिहरू थिए । ८ अगस्त १९१४ को दिन तिनीहरूमध्ये म. को. मुदानोव, अ.य. बादायेव, ग.इ. पेगोब्स्की, फ.न. समोइलोव र न.र. शागोवले ड्युमामा युद्ध–ऋणको विरोध गरे, त्यसको विरोधमा मत दिएर जनतामा क्रान्तिकारी राजनीतिलाई प्रचार गरे । १९१४ को नोभेम्बरमा तिनीहरू ‘राजद्रोह’ को आरोपमा पक्रिए । जार सरकारले तिनीहरूको सबै नागरिक अधिकार खोस्यो र तिनीहरूलाई साइबेरियामा कालापानीको सजाय गर्यो । क्रान्तिकारी संसद्वादको यो अर्को उदाहरण थियो ।
कार्ल लिब्नेख्ट जर्मनीको संसद् राइखस्तागका सदस्य थिए । उनी समाजवादीहरूका एक्लो प्रतिनिधि थिए । उनी जर्मनीको मजदुरवर्गका एक जल्दाबल्दा नेता थिए । २ डिसेम्बर १९१४ को दिन उनले राइखस्तागमा साम्राज्यवादी युद्धको विरोधमा आवाज उठाए । संसद् बाहिर पनि उनले साम्राज्यवाद र साम्राज्यवादी युद्धको खतराको विरोधमा मजदुरवर्गलाई उठाए । उनलाई पनि सश्रम कारावासको सजाय भयो । यो पनि क्रान्तिकारी संसद्वादको ज्वलन्त उदाहरण हो ।
यसरी १९१५ तिर लेनिनले कानुनविरोधी र क्रान्तिकारी संसद्वादलाई देखाउनुभयो । क्रान्तिकारी संसद्वादले जनतामा क्रान्तिकारी भावना जगाउने, देश–विदेशका क्रान्तिकारीहरूको माझमा एकताको निम्ति चाँजोपाँजो मिलाउने र अरु राजनैतिक कार्यहरूलाई अगाडि बढाउने छ । तर, यो उपाय क्रान्तिको मुख्य र अन्तिम हतियार अवश्य होइन भन्ने कुरा संसारका मजदुर आन्दोलनले बताएकै कुरा हो । फेरि पनि राजनैतिक र सङ्गठनात्मक स्तर उठी नसकेको कामदार जनतामा क्रान्तिकारी संसद्वाद एक महत्वपूर्ण विषय हो । नेपाली बहिष्कारवादीहरू यस ऐतिहासिक सच्चाइबाट भाग्न र ‘बहिष्कार’ को अपराधबाट लुक्न सक्ने छैनन् ।
II
बेलायतको लुडाइट आन्दोलन र रुसका नरोदवादीहरू (लोकवादीहरू) ‘व्यक्ति हत्या’ र आतङ्कवादमा विश्वास गर्थे । आफूलाई प्रत्यक्ष शोषण र अन्याय–अत्याचार गर्ने पुँजीपतिको हत्या गर्ने, आफूलाई बेकारी बनाउने कारखानाका कल–पुर्जा र नयाँ नयाँ मेसिन फोर्ने र विदेशी सामानमा आगो लगाउनु नै लुडाइट आन्दोलनको उपाय र तारो थियो । इतिहासले त्यसलाई लगत साबित गरिदियो ।
त्यस्तै, रुसका नरोदवादीहरू केही ‘वीर’ मानिसहरूले समाज बनाउँछन् र केही मानिसहरूले समाज बिगार्छन् भन्ने सिद्धान्तमा लागे । तिनीहरूले समाजको मुख्य जिम्मा केही ‘वीर’ वा ठुला–बडालाई दिएर व्यापक जनतालाई ‘भिड’ र ‘भेँडा बाख्राजस्तै एकोहोरो पछि लाग्ने’ बताए । तिनीहरू रुसमा पुँजीवादको विकास हुन्छ भन्ने कुरा मान्दैनथे । तिनीहरू मजदुरवर्गलाई क्रान्तिको मुख्य शक्ति नमानी केही बुद्धिजीवीहरूमार्फत किसानहरूलाई उठाएर जारतन्त्रलाई उल्टाउन चाहन्थे । त्यसबेला रुसमा मजदुरहरूको माक्र्सवादी सङ्गठनहरूको विकास हुँदै थियो । तिनीहरू रुसमा माक्र्सवादको प्रचारमा एक बाधा बनिरहेका थिए ।
१८८१ मा नरोदवादीहरूले राजा जार अलेक्जान्डर दोस्रोलाई बम हानेर मारे । मारिएको राजाको गद्दीमा अर्को राजा अलेक्जान्डर तेस्रो बस्यो । त्यसको शासनमा मजदुर र किसानहरूको अवस्था झन् खराब भयो । एक दुई जना मानिस मारेर निरङ्कुश राजतन्त्र समाप्त पार्ने तिनीहरूको समझदारी तासको घरजस्तै भत्क्यो ।
ती नरोदवादीहरू युवा बुद्धिजीवीहरू थिए । तिनीहरू किसानको लुगा लगाएर ‘जनतातर्फ’ भन्दै गाउँ गाउँमा गए । तर, किसानहरूको वास्तविक समस्या, समझदारी र व्यावहारिक ज्ञान नभएर तिनीहरू सफल भएनन् । तिनीहरूले किसानहरूलाई आफ्नो समर्थनमा ल्याउन सकेनन् र तिनीहरूमध्ये धेरै पुलिसद्वारा पक्राउ गरिए । तिनीहरूको पार्टी ‘नरोदनाया बोल्या’ (जनताको इच्छा) सरकारबाट दबाइयो ।
त्यसपछि नरोदवादीहरू बहुमतले जार–सरकारको विरोधमा क्रान्तिकारी सङ्घर्ष त्यागिदियो र जार सरकारसँग मेलमिलाप र सम्झौताको नीति लिने प्रचार गर्यो । १८८०–१८९० तिर तिनीहरू धनी किसानहरूको पक्षमा गए । यसरी वामपन्थी उग्रवाद विस्तारै दक्षिणपन्थी उग्रवादमा बदलियो ।
यसप्रकार ‘व्यक्तिहत्या’ को गलत सिद्धान्तमा अडेको नरोदवाद रुसमा त्यसैबेला बिलायो । तर, गलत विचार कहिलेकाहीँ जताततै देखापर्छ । भारतको नक्सलवादी आन्दोलन नरोदवादकै एक नयाँ संस्करण बन्यो भने नेपालको ‘झापा विद्रोह’ नक्सलवादी आन्दोलनको एक सानो नक्कलबाजीमात्रै साबित भयो ।
तर, इतिहास र माक्र्सवाद–लेनिनवादले पूरै अस्वीकार गरिसकेको ‘व्यक्तिहत्या’ र आतङ्कवादको झन्डालाई बोकेर माले भनिने झापा गुट र चौथो महाधिवेशनले भित्रैदेखि आत्माआलोचना नगरी फेरि पनि ‘बहिष्कार’ र आफ्नो नीति नै सबभन्दा ‘क्रान्तिकारी’ सम्झी अरु पक्षलाई फोड्ने र भाँड्ने खोटपूर्ण काम गर्दै छ ।
यसरी केही वर्षअगाडि नै मैले ‘नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ को ‘उत्ताउला कम्युनिज्म एक अध्ययन’ शीर्षकममा उल्लेख गरिसकेकै छु ।
III
चौथो महाधिवेशन र माले गुट देशमा क्रान्तिको चर्को परिस्थिति छ भन्ने टुङ्गोमा पुगेका थिए । ती दुवै पक्ष क्रान्तिकारी परिस्थितिबारे गलत समझदारी राख्छन् । क्रान्तिकारी परिस्थितिविना क्रान्ति असम्भव छ । तर, क्रान्तिकारी परिस्थिति के हो भन्ने नबुझी फलाको गर्नु सा¥है खराब कुरा हो । लेनिनले भनेजस्तै क्रान्तिलाई क्रान्तिकारी फलाकोले सबभन्दा बढी बिगार्छ ।
लेनिनले देखाएअनुसार क्रान्तिकारी परिस्थितिका तीन लक्षणहरू छन् –
१) आफ्नो शासन व्यवस्थामा कुनै हेरफेर नगरी शासकवर्गको निम्ति शासन कायम गर्न असम्भव होस्, कुनै न कुनै किसिमले ‘माथिल्लो वर्गभित्र सङ्कट भएको होस्, शासकवर्गहरूको नीति र विचारमा सङ्कट र बेमेल होस्, जसबाट ठुलो फाटो परोस्, त्यसबाट थिचिएका वर्गहरूको असन्तोष र झोङ्क बाहिरिएको होस् । क्रान्ति हुनाको निम्ति मुख्य तथा ‘तल्लो वर्ग’ पुरानो ढङ्गमा ‘बस्न नचाहेको’ मात्र भएर पुग्दैन, त्यसको निम्ति ‘माथिल्लो वर्ग’ पुरानो ढङ्गमा बस्न ‘अमसर्थ’ भएको होस् ।
२) थिचिएका वर्गहरूको दुःख र अभाव साधारण (पहिले) भन्दा धेरै चर्को भएको होस् ।
३) माथिल्लो कारणहरूले गर्दा शान्तिको समयमा कुनै उजुर र गा¥हो नमानिकनै थिचिएका जनसमुदायहरूको माझमा गतिविधि धेरै चर्को होस् । तर, गोलमालको बेला सङ्कटका सबै परिस्थितिहरू र ‘माथिल्ला वर्गहरू’ को पनि आफ्नै स्वतन्त्र ऐतिहासिक काम कुरोबाट जनसमुदाय अगाडि बढेको हुन्छ ।
माथिका स्थिति वा लक्षणहरू क्रान्तिको निम्ति भौतिक परिस्थितिहरू हुन् । यस्ता भौतिक परिवर्तनहरू नभएसम्म खालि विभिन्न पक्ष र पार्टीहरूको इच्छामा भर परेर क्रान्ति हुँदैन । व्यक्ति, पार्टी र गुटको मात्रै इच्छाले क्रान्ति हुन असम्भव हुन्छ । यी माथिका सबै भौतिक परिवर्तनको परिस्थितिलाई क्रान्तिकारी परिस्थिति भनिन्छ । तर व्यक्तिले मात्रै क्रान्ति सम्पन्न हुँदैन ।
तब क्रान्तिको निम्ति अरु कुन कुन सर्तहरूको आवश्यकता छ ? क्रान्तिको निम्ति भौतिक परिस्थितिसँगसँगै मनोगत परिस्थितिको खाँचो पर्ने हुन्छ । मनोगत परिस्थितिको अर्थ हो, क्रान्तिकारी जनताको गतिविधि क्रान्तिकारीवर्गको क्षमतासँग गाँसिएको हुन्छ । त्यो क्षमता त्यस पुरानो सरकारलाई छिन्नभिन्न गर्न पुग्दो मात्रामा बलियो होस् । किनभने, त्यो पुरानो सरकार सङ्कटको समयमा पनि त्यसलाई नभत्काएसम्म त्यो कहिले पनि ‘पतन’ हुन्न । क्रान्तिको परिस्थिति भए पनि क्रान्तिको मनोगत परिवर्तनको अभाव हुनाले क्रान्ति सफल हुन्न । यसबारे लेनिनले १८५९–१८६१ को जर्मनीको र १८७९–१९०० र १९०५ को रुसको उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
के उत्ताउला क्रान्तिकारीहरूले लेनिनका उक्त विचारहरूमा आवश्यक ध्यान पु¥याएका छन् ? लेनिनले प्रस्ट शब्दमा भनेका छन्, क्रान्ति ‘बनाउन’ सकिन्न । क्रान्तिहरू इतिहासको वस्तुगत अर्थात् पार्टीहरूको र वर्गहरूको इच्छामा निर्भर नभई, परिपक्व सङ्कटहरू उथलपुथलबाट विकसित हुन्छन् । सङ्गठन नभईकन जनतामा इच्छाशक्तिको एकता हुन्न । एक केन्द्रित राज्यको बलियो आतङ्कवादी सैनिक सङ्गठनको विरोधमा सङ्घर्ष गर्नु गा¥हो र लामो हुन्छ ।
क्रान्तिको ‘जबरजस्त’ परिस्थिति छ भन्ने उत्ताउला धारणाबारे छलफल गर्न बाँकी नै छ । तर, क्रान्तिकारी परिस्थिति भएको बेला क्रान्तिकारीहरूको के कस्तो कर्तव्य हुन्छ त ? क्रान्तिकारी परिस्थिति भएको अनुभव हुनासाथै क्रान्तिकारीहरूको कर्तव्य हुनेछ –
क) जनताको अगाडि क्रान्तिकारी परिस्थितिको अस्तित्वलाई छर्लङ्ग्याउनु,
ख) यसको आकार र गहिराइलाई सम्झाउनु,
ग) सर्वहारावर्गको क्रान्तिकारी चेतना र क्रान्तिकारी सङ्कल्पलाई जगाउनु,
घ) त्यसलाई क्रान्तिकारी गतिविधितर्फ जान मद्दत पु¥याउनु,
ङ) त्यस उद्देश्यको निम्ति क्रान्तिकारी परिस्थितिको अनुकूल सङ्गठनलाई कायम गर्नु ।
माथिका सबै कुरालाई ध्यान दिँदा दिँदै पनि संसारका मजदुर आन्दोलन र क्रान्तिहरूको सफलता र असफलताका कारणहरूलाई एक एक गरेर केलाउनुपर्छ, आफ्नो स्थितिसँग दाँजेर पूरै छलफल गर्नु आवश्यक छ । हतपतमा लिइएको निर्णय र उत्ताउलो ठम्याइलाई अस्वीकार गर्ने दृढता र विपरीत सम्भावनालाई ध्यानमा राखेर त्यसबाट जोगिने दृष्टिकोणको विकास गर्नैपर्छ । चौथो महाधिवेशन र माले भनिने झापा गुटमा यही कुराको अभाव छ ।
अरु पनि विभिन्न देशका मजदुर आन्दोलन, विद्रोह र क्रान्तिको अध्ययन गर्दै र त्यसबाट सिक्दै अगाडि बढ्दै जाने आवश्यकतालाई अनुभव गर्दछ । त्यस ऐतिहासिक नारालाई सम्झौँ – ‘संसारका मजदुर एक होऔँ !’
समाप्त
स्रोत : ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’