(सन् २०२१ को डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा ‘प्रजातन्त्र सम्मेलन’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा पूर्वाग्रहवस रूस र चीनजस्ता देशहरू आमन्त्रित थिएनन् । बरु, संरा अमेरिकाले नै स्वीकार्दै आएको चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरिएको थियो । यसबाट संरा अमेरिका प्रजातन्त्रको नाममा संसारलाई अझ विभाजित र विशेषतः चीनको आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्न उद्यत रहेको देखिएको छ । यसै पृष्ठभूमिमा चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको छ । यसमा प्रजातन्त्र, प्रजातन्त्रको नाममा संरा अमेरिकाले गरिरहेका गतिविधि र संरा अमेरिकाकै प्रजातन्त्रको क्षयीकरणबारे विश्लेषण गरिएको छ । प्रस्तुत छ, सो आलेखको नेपाली अनुवाद – प्रकाशक)
भूमिका
प्रजातन्त्र सबै मानव जातिको साझा मूल्य हो । त्यो सबै राष्ट्रको अधिकार हो† केही देशको विशेषाधिकार होइन । प्रजातन्त्रले विविध रूप लिन्छ र त्यसको कुनै एकै आकारको निश्चित ढाँचा छैन । संसारका विविध राजनीतिक व्यवस्थालाई एउटै फित्ताले नाप्नु वा विभिन्न राजनीतिक सभ्यतालाई एकै कोणबाट नाप्नु’ पूर्णतः अप्रजातान्त्रिक हुनेछ । कुनै पनि देशको राजनीतिक व्यवस्था त्यही देशका जनताले स्वतन्त्ररूपमा स्थापना र सञ्चालन गर्नुपर्छ ।
संरा अमेरिकाको प्रजातान्त्रिक प्रणाली त्यहीँको आफ्नै अभ्यासमा आधारित छ । त्यो प्रणाली विशिष्ट छ तर संसारभर त्यो लागु गर्न सकिन्न । संरा अमेरिकाको त्यो प्रणाली आफैँमा पूर्ण पनि होइन । तथापि, आफ्नो प्रजातान्त्रिक प्रणालीका संरचनागत कमजोरी र व्यावहारिक समस्याबिच संरा अमेरिकाले वर्षौँदेखि त्यो प्रणालीलाई ‘प्रजातन्त्रको नमुना’ दाबी गर्दै आएको छ । संरा अमेरिकाले ‘प्रजातन्त्र’ को मकुन्डो लगाएर अरू देशका आन्तरिक मामिलामा लगातार हस्तक्षेप गर्नुका साथै युद्ध थोपेको छ । जसले क्षेत्रीय अस्थिरता र मानवीय सङ्कट निम्त्याएको छ ।
तथ्य र विज्ञहरूको मतका आधारमा तयार पारिएको यो आलेखको मूल लक्ष्य संरा अमेरिकाको प्रजातन्त्रका कमी कमजोरी र दुरुपयोग उजागर गर्नुका साथै अमेरिकाले त्यस्तो प्रजातन्त्र निर्यात गर्दा पु¥याएका हानि प्रकाशमा ल्याउनु हो । संरा अमेरिकाले आफ्नै प्रजातान्त्रिक प्रणाली र अभ्यासमा सुधार गर्ने एवम् अरू देशहरूसँग अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्ने आशा गरिन्छ । त्यसो गर्नु अमेरिकी जनताको मात्र नभई अन्य देशका जनताको पनि हितमा छ । यदि कुनै पनि देशले कसैलाई प्रजातन्त्रको स्तरबारे अ¥होटप¥होट नगरे, आफ्नो राजनीतिक प्रणाली अरूका थाप्लामा नथोपे वा अरूलाई दबाउन प्रजातन्त्रलाई हतियारको रूपमा प्रयोग नगरे सबै देश विविधताबिच बाँच्न र प्रगति गर्नसक्छन् । तब हाम्रो संसार अझ उत्तम ठाउँ बन्नेछ ।
अब्राहम लिङ्कन
के हो प्रजातन्त्र ?
प्रजातन्त्र अर्थात् ‘डेमोक्रेसी’ शब्द प्राचीन ग्रीक भाषाबाट आएको शब्द हो । त्यसको अर्थ ‘जनताको शासन’ वा ‘जनताको सार्वभौमिकता’ हो । शासन प्रणालीको रूपमा बितेका २५ सय वर्षभन्दा अघिदेखि विविधरूपमा प्रजातन्त्रको अभ्यास हुँदै आएको छ । जस्तैः प्राचीन एथेन्सका नागरिकहरू प्रत्यक्ष प्रजातन्त्रको अभ्यास गर्थे भने आधुनिक समयमा प्रतिनिधिमूलक सरकारको अभ्यास भइरहेको छ । प्रजातन्त्र भनेको मानव जातिको राजनीतिक अग्रगतिको परिणति हो ।
प्रजातन्त्र भनेको सजावट वा प्रचारबाजीको विषय होइन । बरु जनताले सामना गरिरहेका समस्याको समाधान गर्न प्रयोग गरिने माध्यम हो । कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको मूल्याङ्कन गर्न त्यो देश त्यहीँकै जनताले चलाएका छन् वा छैनन् भन्ने कुरा हेर्न जरुरी छ । मताधिकारका साथै जनताले विस्तृत सहभागिताको अधिकार पाएका छन् वा छैनन् भन्ने कुरा हेर्न जरुरी छ । चुनावताका कस्ता वाचा गरिन्छन् र पछि ती वाचामध्ये कति पूरा गरिए भन्ने कुरा हेर्न आवश्यक हुन्छ । त्यो देशको कुन प्रणाली र कानुनले कस्तो राजनीतिक प्रक्रिया र नियम बनाएको छ, हेर्न आवश्यक छ । सबभन्दा महत्वपूर्ण कुरा त ती प्रणाली र कानुन वास्तवमै कार्यान्वयनमा छ वा छैन, हेर्न जरुरी छ । शक्तिको अभ्यास गर्ने नियम र पद्धति प्रजातान्त्रिक छ वा छैन, हेर्न जरुरी छ । महत्वपूर्ण कुरा त त्यस्तो शक्ति वास्तवमै जनताको अनुगमन र नियन्त्रणमा राखिएको छ वा छैन, हेर्न आवश्यक छ ।
गतिशील प्रजातन्त्रमा सम्पूर्ण पद्धति संस्थागत हुन जरुरी छ । त्यस्ता सबै पद्धतिमा जनताको पूर्ण सहभागिता हुनुपर्छ । ती पद्धतिले प्रक्रिया र परिमाण दुवै आधारमा प्रजातन्त्र सुनिश्चित गर्नुपर्छ । त्यसमा दुवै प्रक्रियागत र मौलिक प्रजातन्त्र निहित हुनुपर्छ । दुवै प्रत्यक्ष र अप्रत्यक्ष प्रजातन्त्र निहित हुनुपर्छ । त्यो पद्धतिले जनताको प्रजातन्त्र र राज्यको चाहना दुवै सुनिश्चित गर्नुपर्छ । यदि चुनावको बेलामा मात्र जनतालाई सम्झने र मतदान गरिसकेपछि जनतालाई बिर्सने, यदि चुनावको बेलामा मात्र ठूल्ठूला वाचा गर्ने र आश्वासन दिने तर पछि केही पनि नगर्ने वा यदि मत चाहिँदासम्म जनतालाई रिझाउने अनि चुनाव सकिएपछि उपेक्षा गर्ने हो भने त्यस्तो प्रजातन्त्र असल प्रजातन्त्र होइन ।
कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको मूल्याङ्कन र निक्र्योल त्यही देशका जनताले गर्नुपर्छ† कोही आफूलाई ठुलो ठान्ने अल्पसङ्ख्यक बाहिरियाबाट हुने होइन ।
संसारमा शतप्रतिशत पूर्ण प्रजातन्त्र कुनै पनि छैन न त संसारका सबै देशको लागि एउटै राजनीतिक प्रणाली नै ठीक हुनसक्छ । कुनै पनि देशको आफ्नै इतिहासको आधारमा प्रजातन्त्रको स्थापना र विकास हुने गर्छ । त्यहाँको राष्ट्रिय परिवेशअनुसार प्रजातन्त्र फल्दै फुल्दै जान्छ । हरेक देशको प्रजातन्त्रको आफ्नै विशिष्ट मूल्य हुन्छ । अन्तर्राष्ट्रिय समुदायले समानता र आपसी सम्मानको आधारमा प्रजातन्त्रबारे संवाद एवम् छलफल गर्नुपर्छ र मानव जातिको प्रगतिमा योगदानको लागि मिलेर काम गर्नुपर्छ ।
भिन्दै बसेको संरा अमेरिकी प्रजातन्त्र र उसका तीन थरी रोग
ऐतिहासिक हिसाबमा हेर्दा संरा अमेरिकामा प्रजातन्त्रको विकास एक कदम अघि बढेको छ । राजनीतिक पार्टी प्रणाली, प्रतिनिधित्वमूलक पद्धति, एक व्यक्ति एक मत, शक्ति पृथकीकरणले युरोपमा सामन्ती तानाशाही व्यवस्थालाई निषेध ग¥यो र सुधार गर्दै गयो । फ्रान्सका विख्यात लेखक एलेक्सी डे टोकुभेल्ला (Alexis de Tocqueville) ले आफ्नो पुस्तक ‘अमेरिकामा प्रजातन्त्र’ (डेमोक्रेसी इन अमेरिका) मा यो कुराको चर्चा गरेका छन् । अमेरिकी स्वतन्त्रताको घोषणा (डिक्लेरेसन अफ इन्डिपेन्डेन्स), अधिकारपत्र (द बिल अफ राइट्स), उन्मूलनवादी आन्दोलन, नागरिक अधिकार आन्दोलन र सकारात्मक कदमले अमेरिकी प्रजातन्त्रको अग्रगति उजागर गर्छ । अब्राहम लिङ्कनको भनाइ ‘जनताले जनताको लागि जनताद्वारा गरिने शासन’ भन्ने सिद्धान्त संसारभर प्रसिद्ध छ ।
तथापि, वर्षौँदेखि संरा अमेरिकाको प्रजातन्त्र अलग बन्दै जानुका साथै क्रमशः क्षयीकरण हुँदै गएको छ । प्रजातन्त्रको मूल मर्म र त्यसको वास्तविक स्वरूपबाट त्यो क्रमशः स्खलित बन्दै गएको छ । पैसाको राजनीति, पहिचानको राजनीति, राजनीतिक दलहरूबिचको भैmझगडा, राजनीतिक ध्रुवीकरण, सामाजिक विभाजन, जातीय द्वन्द्व र धनी–गरिबबिचको बढ्दो दूरीजस्ता समस्या अझ विकराल बन्दै गएको हो ।
संरा अमेरिकाले अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बहानाको रूपमा प्रजातन्त्रको दुरुपयोग गर्ने, ती देशमा राजनीतिक अराजकता मच्चाउने र सामाजिक अस्थिरता फैलाउने गरेको छ । प्रजातन्त्रको नाममा विश्व शान्ति बिथोल्नुका साथै अरू देशमा स्थायित्व र सामाजिक सद्भावमा दखल पु¥याउने गरेको छ । त्यसैकारण, संरा अमेरिका र अन्य देशका धेरै मानिस ‘संरा अमेरिकामा अझै पनि प्रजातन्त्र छ र ?’ भन्दै आश्चर्यमा पर्ने गरेका छन् । संसारले संरा अमेरिकी प्रजातन्त्रको वर्तमान अवस्थालाई गहनरूपमा नियाल्न जरुरी छ । त्यस्तै, संरा अमेरिका आफैले पनि आत्मसमीक्षा गर्नु उपयुक्त हुन्छ ।
१) अमेरिकी शैलीको प्रजातन्त्र “पैसाको राजनीतिक खेल” बनेको छ
अमेरिकी शैलीको प्रजातन्त्र पैसाबाट चल्ने धनीमानीको खेल बनेको छ । त्यो अमेरिकी प्रणाली जनताको प्रजातन्त्रभन्दा आधारभूतरूपमा फरक छ ।
आजभन्दा एक सय वर्षअघि ओहायोका रिपब्लिकन दलका सांसद मार्क हानाले अमेरिकी राजनीतिबारे भनेका थिए, “राजनीतिमा दुई वटा कुरा महत्वपूर्ण छन् । पहिलो पैसा । दोस्रो के हो, मैले बिर्सेँ ।” त्यसयता एक सत्न्दा बढी वर्ष बितिसकेको छ । अमेरिकी राजनीतिमा आज पैसा भनेको मुद्रामात्र रहेन । बरु पैसा अपरिहार्य कुरा बन्दै गएको छ । उदाहरणको लागि सन् २०२० मा सम्पन्न संरा अमेरिकाको राष्ट्रपतीय चुनाव र संसदीय चुनावमा १४ अर्ब अमेरिकी डलर (१४ खर्बभन्दा बढी नेपाली रुपियाँ) खर्च भयो । सन् २०१६ को चुनावको तुलनामा त्यो दोब्बर हो भने सन् २००८ को तुलनामा त्यो तेब्बर खर्च हो । वास्तवमा ती चुनाव संरा अमेरिकी इतिहासकै सबभन्दा महँगा चुनाव मानिन्छन् । राष्ट्रपतिको चुनावमा पनि ६ अर्ब ६० करोड अमेरिकी डलर खर्च भयो भने संसदीय चुनावमा अहिलेसम्मको सबभन्दा बढी ७ अर्ब अमेरिकी डलर खर्च भयो ।
पैसाको राजनीति अमेरिकाको चुनाव, संसद् र सरकारका सबै प्रक्रियामा भित्रसम्म पसिसकेको यथार्थ अमेरिकी जनताले सामना गर्नुपरेको एउटा तथ्य हो । खासमा जनतासँग राजनीतिक सहभागिताका निश्चित अधिकारमात्र छन् । आर्थिक असमानताले राजनीतिक असमानता निम्त्याएको छ । मनग्य पैसा भएको मान्छेले मात्र अमेरिकी संविधानले दिएको प्रजातान्त्रिक अधिकार उपभोग गर्न पाउँछन् । पैसाको राजनीति अमेरिकी समाजको ‘हटाउनै नसकिने ट्युमर’ बन्दै गएको छ । संरा अमेरिकामा प्रजातन्त्र एउटा मजाकको विषय बन्दै छ ।
संरा अमेरिकाका एक जना सिनेटरले सही बोलेका छन्, “संसद्ले वाल स्ट्रिट
(अमेरिकी व्यापारिक क्षेत्र) लाई होइन, वाल स्ट्रिटले संसद्लाई नियमन गरेको छ ।” तथ्याङ्कअनुसार संरा अमेरिकी संसदीय चुनावका ९१ प्रतिशत विजेताहरू ठुलो आर्थिक सहयोग पाएका उम्मेदवारहरू हुन्छन् । ठुल्ठुला कम्पनी, धनीमानीहरूका साना समूह र विभिन्न स्वार्थ समूहहरूबाट प्राप्त चन्दा नै चुनावमा खर्च हुने पैसाको मूलस्रोत बन्ने गर्छ । अनि, जनप्रतिनिधि कहलिएका मान्छेहरू चुनावमा जितेपछि प्रायशः चुनाव जित्न आफूलाई मद्दत गर्नेहरूकै स्वार्थ पूरा गर्नतिर लागेका हुन्छन् । उनीहरूले जनताको आवाज बोल्दैनन्, बरु निश्चित स्वार्थ समूहका मानिसहरूका कुरा बोलेका हुन्छन् ।
सन् २०२० मा बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयको सार्वजनिक नीतिका प्राध्यापक तथा पूर्वश्रममन्त्री रोबर्ट रिचले ‘भत्केको एउटा प्रणालीलाई हामीले कसरी बनायौँ’ (द सिस्टम, हु रिग्ड इट, हाउ वी फिक्स्ड इट) प्रकाशित गरे । उनको बुझाइमा बितेका चार दशकयता मुट्ठीभर अल्पमतले अमेरिकी राजनीतिक प्रणालीलाई अपहरण गरेको छ । राजनीतिक दललाई दिइने चन्दा लगभग ‘कानुनी घुस’ बनेको छ । त्यस्तो चन्दा दिएर धनीले धेरै राजनीतिक आवरणमा लुक्ने मौका पाएका छन् । सन् २०१८ को मध्यावधि चुनावमा मुख्यतः अमेरिकी जनसङ्ख्याको सबभन्दा धनी ०.०१ प्रतिशतबाट प्राप्त ठूलो परिमाणको राजनीतिक चन्दाले चुनाव प्रचारको कूल खर्चको ४० प्रतिशतभन्दा बढी धान्यो । पैसाको राजनीति र दबाब समूहको राजनीतिले सर्वसाधारण जनताको आवाजलाई ओझेलमा पारेको छ । खास जनताको आवाजलाई मुट्ठीभर स्वार्थसमूहले छायामा पारेको छ । धनीमानीले आफूसँग भएको शक्ति आफैलाई धनी बनाउन प्रयोग गर्छन् । अनि सर्वसाधारण अमेरिकी जनताको हितलाई पूर्णतः बेवास्ता गर्छन् ।
सन् २०२० को सेप्टेम्बर २३ मा ‘हार्वर्ड ल टुडे’ लाई दिएको अन्तर्वार्तामा हार्वर्ड कानुन विश्वविद्यालयका प्राध्यापक म्याथ्यु स्टेपसनले भने, “कुनै पनि कोणबाट संरा अमेरिका स्वच्छ सरकारको विश्व नेता होइन । अरू कतिपय देशमा भ्रष्टाचार मानिने, दबाब दिने र चुनावमा पैसा खर्च गर्नेजस्ता निश्चित अभ्यासलाई संरा अमेरिकामा संविधानले नै रक्षा गरेको छ ।”
रोमको संसद्
क) गहिरो समस्यामा अल्झेको व्यवस्था
संरा अमेरिकाले आफूलाई ‘चुचुरोको सहर’ र ‘प्रजातन्त्रको प्रकाश पुञ्ज’ भन्दै आएको छ । उसले आफ्नो स्थापनाकालमा प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्न त्यो राजनीतिक प्रणाली बनाएको दाबी गर्ने गरेको छ । तथापि, आजको संरा अमेरिकामा प्रजातन्त्रको अवधारणाले चमक गुमाउँदै गएको छ । आफ्नै शैलीको अमेरिकी प्रजातन्त्र आज पैसाको राजनीति, धनीमानीको शासन, राजनीतिक धु्रवीकरण र काम गर्न नसकेको पद्धतिको कारण गम्भीररूपमा थला परेको छ ।
ख) नाममा “एक व्यक्ति एक मत”, व्यवहारमा “मुट्ठीभर धनीमानीको शासन”
संरा अमेरिका धनीमानीवर्गको प्रभुत्वमा चल्ने अलग्गै खालको देश हो । त्यहाँको राजनीतिक बहुलवाद देखाउने दाँतमात्र हो । धनीमानीवर्गको सानो सङ्ख्याले राजनीतिक, सैनिक र आर्थिक क्षेत्रमा प्रभाव जमाएको छ । उनीहरूले नै राज्यका संरचना र नीति निर्माण प्रक्रिया तथा जनमतको परिचालनमा नियन्त्रण जमाएका छन् । व्यापारिक समुदायमा पनि उनीहरूकै प्रभाव छ । उनीहरूले नै सबै खालका सुखसुविधा उपभोग गरेका छन् । विशेषतः सन् १९६० को दशकयता डेमोक्रेटिक र रिपब्लिकन दलहरूले पालैपालो शासन गरेर ‘बहुदलीय व्यवस्था’ लाई नाममात्रको बनाएका छन् । सर्वसाधारण मतदाताको लागि कुनै तेस्रो दल वा कुनै स्वतन्त्र उम्मेदवारलाई मतदान गर्नु भनेको मत खेर फाल्नु जस्तै भएको छ । त्यसकारण, मतदाताहरूलाई डेमोक्रेटिक वा रिपब्लिकन उम्मेदवारमध्ये एक जना चुन्नुपर्ने बाध्यता छ ।
डेमोक्रेटिक–रिपब्लिकनको दुश्मनीको बेला राजनीतिमा सर्वसाधारण जनताको सहभागितालाई ज्यादै साँघुरो घेरामा सीमित राखिएको हुन्छ । सर्वसाधारण मतदातालाई मतको निम्ति मात्र सम्झिइन्छ र मतदानपछि उनीहरूको कतै स्मरण गरिन्न । अधिकांश जनतालाई चुनावको समयमा दबुमा कलाकारहरूले अभिनय गरेजस्तो अभिनयमात्र गर्न लगाइन्छ । त्यसले संरा अमेरिकी राजनीतिक अभ्यासमा ‘जनताले सरकार’ बनाउन असम्भव प्रायः बनाएको छ ।
म्यासेचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक, राजनीतिक टिप्पणीकार र सामाजिक अभियन्ता नोम चोम्स्कीले संरा अमेरिकी व्यवस्थालाई ‘वास्तवमै अस्तित्वमा रहेको पुँजीवादी प्रजातन्त्र’ भनेका छन् । जहाँ जनताको धन र नीति निर्माणमा उनीहरूको भूमिकाबिच सापेक्षिक सम्बन्ध छ । धन र आम्दानी कम भएका ७० प्रतिशत तल्लो तहका जनताको जस्तोसुकै नीतिमा पनि कुनै प्रभाव छैन । उनीहरूलाई सजिलै मताधिकारबाट वञ्चित गरिएको हुन्छ ।
म्यासेचुसेट विश्वविद्यालयका प्राध्यापक प्रराय ला राजाको ‘द एटलान्टिक’ मा प्रकाशित एउटा लेखमा अमेरिकाको आजको शासन व्यवस्था रूपमा प्रजातान्त्रिक भए पनि वस्तुतः प्रजातान्त्रिक नभएको बताएका छन् । उम्मेदवारी दर्ता प्रक्रियामा नै धनीमानी, चर्चित मान्छे (सेलिब्रिटी), सञ्चारमाध्यममा देखिने व्यक्ति र अभियन्ताहरूले प्रभाव पार्ने गर्छन् । सुरुसुरुका धेरै मतदाताले त गल्तीवश नै आफ्नो विचार र सोचात्न्दा भिन्न सोचाइ राख्ने उम्मेदवारलाई मतदान गर्छन् ।
स्रोत : अमेरिकाको प्रजातन्त्र !
नेपाली अनुवाद : सुशिला