भैरव रिसाल
जजसले जे जे भने पनि यो संसारको थिति मिल्न उत्पादनका साधन र सेवाहरूको सामाजिकीकरण (राष्ट्रियकरण) पछि मात्र कामदारहरूका छोराछोरीले माथिल्लो तहको पढाइ गर्न पाउँछन् । अन्यथा, जति भने पनि भ्यागुतो कान्लामुनिको कान्लामुनि नै हुन्छ । समाजका काम गरी खाने सबै सदस्यहरूको निम्ति उच्च शिक्षाको ढोकासमेत त्यहीबेला खुल्नेछ जब उत्पादनका साधनहरूको राष्ट्रियकरण हुन्छ । पुँजीपतिवर्गबाट आएका नयाँ पुस्ता आत्मकेन्द्रित भावनामा व्यक्तिगत महत्वाकाङ्क्षाहरू सल्बलाइरहन्छन् । त्यस्तै, गरिब परिवार र समुदायबाट आएका कति नयाँ पुस्तामा उत्साह र जाँगर कायम राख्न त्यो राष्ट्रियकरण अनिवार्य हुन्छ । पुँजीपतिवर्गबाट आएका नयाँ पुस्तामा आत्मकेन्द्रित भावना र व्यक्तिगत महत्वाकाङ्क्षा प्रधान गराउने महत्वाकाङ्क्षा र समुदायमा व्यक्तिगत प्रधानताको जगजगी कायम नै रहन्छ । गरिब परिवार र समुदायबाट आएका कति नयाँ पुस्तामा हीनताबोधका साथै सामूहिकता र व्यक्तिगत महत्वाकाङ्क्षा पनि समस्याको रूपमा रहन्छ । यसर्थ, आयको स्रोत सीमित व्यक्तिको कब्जामा रहनुहुँदैन ।
समयमै आलोचना हुनुपर्छ
समतावादी विचारका पक्षपाती संस्था वा राजनीतिक दलहरूका नयाँ पुस्तामा समेत पुरानो समाजको पातलो प्रभाव परेको हुन्छ । त्यसकारण, समाजवादी वा साम्यवादी विचार बोकेका संस्था वा राजनीतिक दलहरू बडो होसियारीका साथ क्रियाशील हुनुपर्छ । समाजवादी समाजमा समेत नयाँ पुस्तामा पुँजीवादी संस्थाले काम गर्ने हुँदा बैठक नै नगरी महत्वपूर्ण निर्णय पनि आफैँले गर्ने बानी हुन्छ । समितिका अरू सदस्यहरूलाई चानचुने सम्झने अरू प्रवृत्ति हुन्छ । त्यो प्रवृत्ति हटाउनैपर्छ । आलोचनाबाट त्यो अघि बढेको आफ्ना समान सदस्यहरूलाई तुच्छ सम्झने, हेप्ने र आफ्नै निर्णय लागु गर्ने जिद्दी गर्ने हुन्छन् । तसर्थ, समयमै आलोचना हुनुपर्छ । आलोचना भएन भने त्यो प्रवृत्तिले झन् बल प्राप्त गर्नेछ । संस्था र सङ्गठनमा विभाजनसमेत ल्याउन सक्नेछ । त्यस्ता महत्वाकाङ्क्षी सदस्यहरूलाई वर्ग शत्रुले छिट्टै आफ्नो हातमा कमजोरीले व्यक्ति वा संस्थाको ठुलो अहित गर्नेछ । यो कुरा देख्दा सानो भए पनि परिणाम नकारात्मक र बृहत् हुनेछ ।
बुझ्न निकै अप्ठ्यारो
समाजवादी समाजमा पनि अनेक वर्गीय, जातीय, धार्मिक र प्रादेशिक तथा साम्प्रदायिक भावनामाथि प्रतिज्ञानीहरूले खेल्ने अवसर पाउनेछन् । आफू कुनै विषयमा ठुलो भन्ने भावना वा म धन्य हुँ, शारीरिकरूपले बलियो पनि छु, धेरै शैक्षिक प्रमाणपत्रहरू प्राप्त गरेको छु भनी समाजलाई थर्काउने संस्था, समाज र राजनीतिक दलका समितिहरूलाई पनि संवेदनशील बनाउनैपर्छ, नत्र गलत प्रवृत्तिका कार्यकर्ताहरूले आत्मआलोचना नगरेमा वा आफ्ना गल्तीको अनुभव नगरेमा त्यस्तालाई समूहबाट अलग गर्नु आवश्यक हुन्छ । नत्र एउटा कुहिएको माछाले सम्पूर्ण पोखरी नै गन्हाउने हुनेछ । समाज र बहुमतलाई अस्वीकार गर्ने वर्गलाई ध्यान दिई निश्चित जातजाति र भाषाभाषीलाई प्राथमिकता दिँदा अनेक समाजवादी समाजहरूमा पनि अनेक जातीय विभेद देखिएको थियो । त्यसैको परिणामस्वरूप देशमै पुँजीवादको पुनस्र्थापना गर्न वर्ग शत्रु र साम्राज्यवादी शक्ति क्रियाशील हुन्छन् । यस्ता मसिना कुरालाई उपेक्षा गर्ने हो भने परिणाम नकारात्मक आउँछ । यो बुझ्न अलि अफ्ठ्यारो छ ।
आफ्नो पार्टीप्रति समर्पण गर्नैपर्छ
समतावादी विचारका पक्षपाती संस्थाहरू वा राजनीतिक दलहरूका नयाँ पुस्तामा समेत पुरानो समाजको कहीँ पातलो, कहीँ बाक्लो प्रभाव परेको हुन्छ । आफूलाई आफ्नो संस्था वा पार्टीप्रति समर्पण गर्नैपर्छ । छलफलमा पूर्ण प्रजातन्त्र हुनुपर्छ । पुरानो धनी र गरिब वा सामाजिकरूपले तल्लो र ठुलो जातको भेदभाव गर्नुहुन्न । हरेक दिन छलफलबाट या फरक मतको बेला बहुमतको निर्णयलाई मान्नैपर्छ । समानतामा अति समानताले यदाकदा निर्णय अघि बढ्न नसक्ने हुन्छ । त्यस्तो बेला माथिल्लो तहको निर्णय पर्खनुपर्ने हुन्छ । तल्लो तह माथिल्लो तहको निर्देशन र नेतृत्वमा चल्ने हुनुपर्छ तर समाजवादी समाजमा समेत नयाँ पुस्तामा पुँजीवादी संस्थाले काम गर्ने हुँदा अनेक बेथिति आउन सक्छ । क्रान्ति वा समाजको परिवर्तन एक व्यक्तिको वा नेतृत्वको इच्छा र आकाङ्क्षाले मात्र हुँदैन । यसका लागि सबै तहको एकमत हुन जरूरी छ । यसो भनेर जबरजस्ती एकमत गराउन पनि हानिकारक हुन्छ । कतिपय खराब कुरा स्वाभाविकजस्तो देखिन्छ । तर, त्यस्तो कुरा स्वाभाविक हुँदैन ।
हात्ती आयो, हात्ती आयो फुस्सा !
क्रान्तिको कुरा गर्न जति सजिलो छ, व्यवहारमा रूपान्तरण गर्न त्यति नै असजिलो र कठिन हुन्छ । सजिलोसँग क्रान्ति हुने भए यो संसारको स्वरूप नै अर्कै हुनेथ्यो होला । यो रहस्य कैयौँ ठुला पार्टीका ठुला नेता आत्मसात गर्न सक्दैनन् । परिणाम क्रान्ति बिथोलिन्छ । क्रान्ति बिथोल्नु भनेको महापाप हो । एकपटक बिथोलिएको क्रान्तिलाई सही बाटोमा हिँडाउन धेरै सूक्ष्म परिश्रम गर्नुपर्छ । क्रान्ति भन्न जति सजिलो छ, गर्न त्योभन्दा धेरै गा¥हो हुन्छ । सजिलोसँग क्रान्ति हुने भए संसारका धेरै मुलुकमा क्रान्ति भइसक्थ्यो तर भएको छैन । यसकारण, नेता र नेतृत्व परिपक्व र दूरदृष्टि भएको हुनुपर्छ । नेतृत्वले अलिकति तलमाथि ग¥यो भने परिणाम अर्कै आउनसक्छ । त्यो परिणाम नचिताएको पनि हुनसक्छ । घाटे वैद्यले ज्येष्ठ नागरिकको प्राण यति बेला जानसक्छ भनेर अनुमान गर्न सक्छ तर क्रान्ति यस प्रकारको अनुमान गर्न सकिँदैन । रूस साम्यवादतिर जाँदै थियो । तर, स्तालिनको विवादास्पद निधनपछि अर्कै बाटो लाग्यो । यो एक पटक सफल भएर सधैँ टिकिरहन्छ भन्ने होइन भन्ने कुराको प्रमाण हो ।
क्रान्तिमैत्री बाटो खोज्नु आवश्यक
नेपाल एकातिर अर्कोको जमिनमा लोभ गर्नेहरूले नेतृत्व गरेको देश र अर्कोतर्फ त्यसो नगर्ने देशको बिचमा छ । यसलाई सर्वसाधारणले सजिलै बुझ्न भने दुई ढुङ्गाबिचको तरूल भन्ने दृष्टान्त दिएको छ । ढुङ्गा र तरूल फरक प्रकृति र स्वभावका भौतिक वस्तु हुन् । यसमा अलिकति मात्रै तल माथि प¥यो भने पनि परिणाम नचिताएको आउनसक्छ । यसर्थ, नेता र नेतृत्व सा¥है गम्भीर, सा¥है विश्लेषण गर्न सिपालु हुनुपर्छ । अन्यथा, माछो माछो भ्यागुतो हुन्छ । नेपाल अस्तिसम्म खाद्यवस्तुमा आत्मनिर्भर थियो । अब अहिले बाहिरबाट खाद्यवस्तु आयात भएन भने भोकभोकै मर्ने अवस्थामा पुगेको छ । यो प्रगति हो कि अगति हो ? गम्भीर भएर सोच्न जरूरी छ । कुनै पनि देशमा खाद्यपदार्थ, पानी, घाम र त्यसको व्यवस्थापन दरिलो तरिकाले भएन भने देशमा आपत्ति आउन सक्छ । यो वस्तुस्थिति कम नेताले मात्र बुझ्छन् । नेता र नेतृत्व आफैँ मात्र गर्ने हुनुपर्छ भन्ने सीमित सोच क्रान्ति विरोधी हो । क्रान्तिमैत्री बाटो खोजेर अगाडि बढ्नु आजको आवश्यकता हो । अन्यथा हात्ती आयो, हात्ती आयो फुस्सा हुनेछ ।