२० चैत्र, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको दानापुर तालको पर्यटन प्रबर्द्धनका लागि प्रवचन कार्यक्रम गरिएको छ। कञ्चन सूचना तथा सञ्चार केन्द्र, कञ्चन ४ रुपन्देहीको आयोजना तथा समयमाई सामुदायिक बन उपभोक्ता समूह, कञ्चन १ दानापुरको समन्वयमा सो कार्यक्रम भएको हो।
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2024-04-02/115043677d70ed67d-b6f3-4eea-9f96-fe73cb56ab59.jpeg)
कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले पर्यटनको सम्भावना बोकेका कञ्चनका हरेक पर्यटकिय स्थलहरुको प्रबर्द्धनका लागि लेखनकलामा सिप भएकाहरुले लेख्ने पर्ने बताउनु भएको छ। कुनै बिकासको दिगोपनका लागि शिक्षा अनिवार्य रहेकोले कञ्चनलाई हरेक क्षेत्रमा शैक्षिक हबको बिकास गर्न सकिने बताउदै प्रवक्ता तुलाचनले पत्रकारिताको माधयमबाट दानापुर तालकोबारेमा बिभिन्न लेख रचनाहरु प्रकाशित तथा प्रशारित गरी प्रचार गर्नु पर्नेमा जोड दिनु भयो। राम्रोलाई राम्रो र नराम्रोलाई राम्रो बनाउन सकिने सकारात्मक सुझावहरु सहितको लेख लेखेर सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउन सकेमात्र त्यो क्षेत्रको बिकासलाई गति दिन सकिने उल्लेख गर्दै प्रवक्ता तुलाचनले पर्यटकिय क्षेत्र र आउने पर्यटकहरुको सुरक्षा, सरसफाई र आयश्रोतको ब्यबस्थापन गर्नु जरुरी रहेको बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-04-02/115055315a0021532-93c3-46ac-9742-fef2ddcc07ac.jpeg)
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा साहित्यकार सुन्दर बासीले कुनै पनि बस्तुको अध्यन तथा त्यसको आत्मसात गर्नु पुर्व आलोचनात्मक दृष्टिकोणका साथ हेरिनु पर्ने बताउनु भयो। हामीले लेख्ने लेख, कविता, निवन्ध लगायत साहित्यिक श्रृजनाले समाजलाई कुन दिशातर्फ लैजाने भन्ने योजनामा आधारित रहनु पर्ने साहितयकार बासीले बताउनु भयो। साहत्यि लेखन आफ्नो सन्तुष्टीका लागि वा समाजको भलोका लागि गरी दुई तरिकाको हुने भन्दै साहित्यकार बासीले कुनै पनि लेख लेख्दा तथ्य र सत्यमा आधारित भएर लेखिने लेख ऐतिहासिक पनि हुन सक्ने भएकोले आफ्नो आत्म सन्तुष्टीका लागि भन्दा पनि समाज रुपान्तरणलाई प्राथमिकता दिने लेख तथा रचनाहरु श्रृजना गर्नु महत्वपुर्ण हुने बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-04-02/1151066861eb3feec-b7f6-4dcb-aa9d-c1515d113bd0.jpeg)
कार्यक्रममा वडा नं. १ का कार्यबाहक वडा अध्यक्ष लेखनाथ ढकालले समाजको मुख्य सचेतक भनेको नै सत्य र तथ्यमा आधारित भएर लेख्ने पत्रकारहरु नै भएको बताउनु भयो। यसैगरी कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले आजका युवा तथा किशोर किशोरीहरुलाई समाजमा हुने बिभिन्न खराव कृयाकलापहरुबाट टाढा राख्न चुनौती रहेको बताउनु भयो। पछिल्लो समय किशोर किशोरीहरुमा देखिएको दुर्ब्यसनीका कारण समाजमा बढिरहेको आत्महत्या, मनोसामाजिक समस्या, चोरी, बिभिन्न खोले हिंसाहरुको न्युनिकरणका लागि पनि बिभिन्न सञ्चार माध्यमहरुबाट उत्प्ररणात्मक समचार तथा श्रजनाहरु प्रकाशित गरिनु पर्नेमा सञ्जालका अध्यक्ष नेपालीले जोड दिनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-04-02/115223284626399d3-a25a-461f-9db0-91167880c6ed.jpeg)
कार्यक्रममा समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर थापाले दानापुरतालको प्रचार प्रसारमा सहयोग पुग्नेगरी सञ्चालन गरिएको प्रबचन कार्यक्रमप्रति धन्यवाद बयक्त गर्नु भएको थियो।
कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै कञ्चन सूचना तथा सञ्चार केन्द्रका प्रवन्धक तथा कञ्चन खवरका प्रधान सम्पादक जगी लाल थापाले औपचारिक कार्यक्रमका समाचारहरु बाहेक पनि कञ्चन खवरबाट बचिार प्रधान समाचार, लेख तथा रचनाहरु समेत प्रकाशित गर्दै आइरहेको जानकारी गराउनु भयो। कञ्चन खवरबाट बिशेषगरी नदेखिएका र नलेखिएकाहरुको समाचारलाई बढी प्रथमिकता दिदै आइरहेको उल्लेख गर्दै पत्रकारितालाई समाजको सफा ऐनाको रुपमा प्रयोग गर्दै आस्थाको पत्रकारितामा बढी जोड दिदै आइरहेको प्रवन्धक थापाले बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-04-02/115246558f33d873d-6352-42fd-ab68-6a6a73e67992.jpeg)
समयमाई सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा भएको कार्यक्रममा दानापुर तालबारे संचालन गरिएको लेखन प्रतियोगितामा पुरस्कृत आशिष उपाध्यायले पनि बोल्नु भएको थियो। उक्त प्रतियोगितामा १२ जनाले सहभागिता जनाएका थिए। प्रतियोगीहरु मध्ये उत्कृष्ट २ जनालाई कञ्चन सूचना तथा सञ्चार केन्द्र अंकित ल्यापटप ब्याग र नगद ५ सय रुपैया सहित सम्मान तथा पुरस्कार दिइएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-04-02/11525738720a8ffcb-c4f2-413f-8746-4c4b7871aa3d.jpeg)
कञ्चन सूचना तथा सञ्चार केन्द्रका प्रवन्धक तथा कञ्चन खवरका प्रधान सम्पादक जगी लाल थापाको अध्यक्षता कञ्चन खवरका भिडियो सम्पादक लक्षमण सुनारको संचालनमा सम्पन्न कार्यक्रममा समयमाई सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारी, कञ्चन साथी सञ्जाल, रुद्रपुर साथी सञ्जाल, गजेडी साथी सञ्जाल, बिधार्थी तथा प्रतियोगीहरुको सहभागिता रहेको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-04-02/11531351592a90934-eb32-47c9-bf2a-d1207d184f9a.jpeg)