१८ फागुन,रुपन्देही
जेसीआई कञ्चनको आयोजनामा युवा लक्षित २ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।
तालिमको उद्घाटन गर्दै कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङले सिकाइ जीवनको अन्तिम घडी सम्म सिकेर नसकिने कुरालाई इङ्गित गर्नु भयो । अबको नेतृत्व युवाहरूले कुशलतापूर्वक निर्वाह गर्न तम्तयार रहनु पर्ने बताउदै वडा अध्यक्ष टेक बहादुर गुरुङ्ग जेसीआई कञ्चनले तालिमको माध्यमबाट व्यक्तिगत र व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानलाई कञ्चन गाउँपालिकाले मूल्याकंन गरिरहेको बताउँदै आगामी दिनहरूमा सहकार्य र सदाचारका साथ स्थानीय सरकार कञ्चन गाउँपालिका वडा नं. २ जेसीआई कञ्चनसँग सधै साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
कञ्चन गाउँपालिका वडा नं. २ मा कृयाशिल युवा क्लब, सामाजिक क्षेत्रमा योगदान पुर्याउने संघ(संस्थाका पदाधिकारीहरूलाई लक्षित गरी संचालन गरिएको तालिको अध्क्षता गर्दै जेसीआई कञ्चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली (सन्देश)ले युवाहरू भविष्यको कर्णधार मात्र नरहेर वर्तमानमा ऊर्जावान समय समाज रुपान्तरणका लागि खर्चिनु पर्ने, समाजको अपेक्षा र कुशल नेतृत्वकर्ताको आवश्यकतालाई मध्यनजर गरी तालिम सञ्चालन गरेको बताउनु भयो। विभिन्न कार्यक्रम, गोष्ठी, समारोहमा प्रयोग हुने खादा, माला र मायाको चिनो दिने परम्परा लगायतका अनावश्यक फजुल खर्च कटौती तथा निस्तेज गरि स्थानीय उत्पादनलाई प्रयोग गर्ने प्रतिबद्धता समेत जेसीआई कञ्चन वर्ष २०२४ का अध्यक्ष जेसी ज्ञवालीले व्यक्त गर्नुभएको छ। साथै जेसीआई कञ्चनले आगामी दिनहरूमा जिवन उपयोगी तथा उद्यमशिलता सम्बन्धी तालिमहरु सञ्चालन गर्दै जाने अध्यक्ष जेसी ज्ञवालीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा जेसीआई कञ्चनका पूर्व अध्यक्ष राधिका चौधरी, अध्यक्ष प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष जेसी बाबुराम पौडेल, पूर्व अध्यक्ष तथा जेसीआई नेपाल २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल र कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य रञ्जना थारूले तालिमको पूर्ण सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो।
जेसीआई बुटवलका पूर्व अध्यक्ष तथा प्रमुख प्रशिक्षक जेसी राजिब गौतम र प्रशिक्षक तथा जेसीआई नेपाल क्षेत्र घ का तालिम संयोजक जेसी गणेश पाण्डे सिसिमले दिनुहुने प्रशिक्षणमा कञ्चन गाउँपालिका वडा नं. २ का युवा क्लब तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने संघ(संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको छ।
जेसीआई कञ्चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशको अध्यक्षता, महासचिव जेसी प्रकाश उपाध्याय पौडेलको सञ्चालनमा शुरु भएको तालिमको उद्घाटन सत्रमा जेसीआई आस्थापाठ उपाध्यक्ष जेसी भवी क्षेत्री कार्की र कार्यकारी उपाध्यक्ष जेसी निरोज पौडेलले स्वागत गर्नु भएको थियो। तालिम वडा नं. २ स्थित बगही सामुदायिक सभाहलमा संचालित तालिम भएको भोलि सम्पन्न हुनेछ।