१७ फागुन, कञ्चन
राष्ट्रि खोप अभियानको रुपमा यही फागुन १३ गते देखि सञ्चालन भएको दादुरा रुवेला खोप अभियान कञ्चनमा फागुन २० गते देखि शुरु हुने भएको छ।
९ महिना देखि १५ बर्ष मुनीका करिब १४ हजार बालबालिकाहरुका लागि खोप लगाउन बिशेष अभियानको रुपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ । राष्ट्रिय खोप अभियान पछिको पछिल्लो सर्बेक्षण अनुसार देशभरमा ८४ प्रतिशत बालबालिकाहरुको पहुँचमा खोप पुगेको तथ्यांक रहेको सन्दर्भमा देशभरका ७७ वटै जिल्लमा उक्त खोप लगाइने भएको हो।
आज कञ्चन गाउपालिकाका जनप्रतिनीधि, कर्मचारी र स्थानीय सञ्चारकर्मीहरुका लागि संचालन गरिएको दादुरा रुवेला राष्ट्रिय खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख गौतमले कञ्चनमा संचालन गरिने खोप अभियानबारे जानकारी दिनु भएको हो। रुपन्देहीका १६ स्थानीय तहमध्ये कञ्चन, गैडहवा, सैनामैना लगायत ६ स्थानीय तहमा २० गते देखि खोप संचालन गर्न लागिएको हो। कञ्चनका ३० वटा सामुदायिक बिद्यालय, गजेडी स्वास्थ्य चौकी र गोफलापुर खोपकेन्द्रमा गरी ३२ वटा खोपकेन्द्रमा दादुरा रुवेला खोप खोप लगाउने ब्यबस्था गरिएको स्वास्थ्य प्रमुख गौतमले जानकारी दिदै कञ्चनलाई शुन्य दादुरामुक्त पालिका बनाउने अभियानमा कञ्चनका सम्पुर्ण सरोकारवाला एक भएर लाग्न समेत आग्रह गर्नु भएको छ।
यस्तै स्वास्थ्य शाखा प्रमुख गौतमले दादुरा रुवेला राष्ट्रिय खोप अभियानकै क्रमम नियमित खोप अन्र्तगत पिपिभी, आइपीभी डिपिटी लगायत खोप समेत लगाइने बताउनु भएको छ। बिशेष पर्वको रुपमा लिएर यो राष्ट्रिय खोप अभियानलाई सफल बनाउन वडाका सबै जनप्रतिनीध, कर्मचारी, शिक्षक, सामजका लब्धप्रतिष्ठित ब्यक्तीहरुको तत्परता, सहकार्य र समन्वय आवस्यक पर्ने र सोको लागि स्थानीय सञ्चारकर्मीहरुको सकारात्मक भुमिका अनिवार्य रहने स्वास्थ्य प्रमुख गौतमले बताउनु भयो।
यसैगरी कञ्चन गाउपालिकाका उपाध्यक्ष तथा अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि मौसमी थापा मगरले राष्ट्रिय खोप अभियानलाई हरेक बाबालिकाको पहुँचमा पुर्याउन कही कतैबाट कमजोरी तथा ढिलासुस्ती हुन नदिनका लागि सरोकावालाहरुको सतर्कता र सक्रियता जरुरी हुने बताउनु भयो। बिद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरुलाई बिद्यालयमै गएर खोप लगाइने भएपनि कतिपय बालबालिकाहरु बिद्यालयको पहुँच भन्दा बाहिर रहेकाले उनिहरुलाई समेत खोप लगाउन वडातहबाट वडाका सम्पुर्ण संरचनाहरुको अधिक्ततम प्रयोगगरी व्यापक प्रचार प्रसार गर्न निर्देशन समेत उपाध्यक्ष थापा मगरले दिनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले खोपबाट बञ्चित हुने कुनै पनि बाबालिकाहरु दादुरा रुवेला रोगबाट संक्रमित हुने सक्ने र एक जना दादुरा रुवेला संक्रमित ब्यक्तीले १८ जनालाई रोग सार्न सक्ने सम्भावनालाई रोक्नका लागि अभियानलाई हरेक टोलटोलमा प्रभावकारी रुपमा प्रचार प्रसार गर्नु पर्ने बताउनु भयो।
कार्यक्रम कञ्चन गाउपालिकाको सभाहलमा भएको थियो। यसभन्दा अघि बिद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी र वडागत समन्वय समितिका पदाधिकारीहरुलाई दादुरा रुवेला राष्ट्रिय खोप अभियान सम्बन्धी अभिमुखीकरण संचालन गरिएको थियो।
कञ्चनमा हुने दादुरा रुवेला राष्ट्रिय खोप अभियान सम्बन्धी समय तालिका र खोप केन्द्र