१६ फागुन, कञ्चन
नेपाल मगर संघ स्थापना भएको ४२ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ, कञ्चनले विविध कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ। संघको ४२ औं स्थापना दिवसको सन्दर्भ पारेर नेपाल मगर संघ कञ्चनले अन्तरकृया, रक्तदान, हाजिरी जवाफ प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, चम्चा दौड, छेलोफाल, रसी तानातान, निवन्ध प्रतियोगिता संचालन गरेको थियो।
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-28/005755480428695381_122109474932219257_6327807282224325098_n.jpg)
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कुनै पनि बिकासको दिगोपन र साझेदारी हुन शैक्षिक चेतनासंगसंगै राजनैतिक चेतनास्तर बृद्धि हुन जरुरी रहेको बताउनु भएको छ। यदि हामीमा राजनैतिक चेतना छैन भने शैक्षिक स्तरले मात्र हाम्रो भाषा, साहित्यय,कला र संस्कृतिको सम्बर्द्धनमा हाम्रो भुमिका कमजोर बन्ने उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले के कारणले हाम्रो पहिचानलाई जिवन्त राख्न सकेको अवस्था छैन भन्ने कुराको ज्ञान राजनैतिक चेतनाको स्तरले निर्धारण गर्ने बताउनु भयो। उपाध्यक्ष थापा मगरले हाम्रो भाषा, साहित्य, भेषभुषाको संरक्षणका लागि पुस्तान्तरण गर्नुको बिकल्प नभएको उल्लेख गर्दै हामीले हाम्रो पहिचान प्रति गर्व गरि त्यो गर्वको अनुभुती नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कार्यको थालनी आजैबाट शुरु गरौं उपाध्यक्ष थापा मगरले भन्ने भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-28/005807925428693848_122109177452219257_6343919073741626092_n.jpg)
यसैगरी नेपाल आदीवासी जनजाती महासंघ, समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्र तुलाचनले बिश्वमा अनेक जात जाती, भाषा, संस्कृति धर्म र साहित्य कला भएका समुदाय रहेको उल्लेख गर्दै नेपलका करिब १२५ भन्दा बढी जातीको आफ्नै भाषा, साहित्य, कला र संस्कृति भएकै कारण उनिहरु बिशिष्टीकृत जातीमा उल्लेखित भएको बताउनु भयो। नेपाल आफैमा फरक फरक फुलहरुको साझा बगैचा हो। उक्त बगैचाको संरक्षण गर्नु पनि हामी आफैको हो अध्यक्ष तुलाचनले भन्नु भयो। कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहनु भएका तुलाचनले यहाँ बोलिने भाषा, कला र संस्कृतिको माध्यमबाट कञ्चनलाई पर्यटन क्षेत्रको समेत प्रबर्द्धन गर्न सकिने र भाषा, कला र संस्कृतिलाई ब्यबसायिक बनाउन सके आर्थिक उपार्जनसंगै संरक्षणमा पनि निकै महत्व राख्ने बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-28/005826982428673588_122109475016219257_2784646010968635626_n.jpg)
यसैगरी कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चनमा रहेका बुहभाषी, बहुसंसस्कृति र परमपराको जगेर्ना गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहेको बताउनु भयो। स्थानीय भाषाको जगेर्ना गर्न सकेमात्र त्यो स्थानीय तहको समेत फरक पहिचान हुने वडा अध्यक्ष खत्रीले बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-28/005847587428694763_122109177356219257_1397904441890732945_n.jpg)
कार्यक्रममा कञ्चन गाउपालिकाका जेष्ठ नागरिकको रुपमा १०५ बर्षिय हरिकला थापालाई सम्मन गरिएको थियो। यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका नेपाल सरकारको विभिन्न तहहरुमा कार्यरत मगर समुदायका राष्ट्रसेवक कर्मचारीहरु बरिष्ठ बैज्ञानिक तथा राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद खुमलटारका प्रमुख डा. अमर बहादुर पुन, सब इन्जिनियर झक बहादुर थापा, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, कृषि अधिकृत सन्तोष थापालाई सम्मन गरिएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-28/005907952428698137_122109174686219257_610758482465704704_n.jpg)
यसैगरी कार्यक्रममा नेपाल मगर संघ, जिल्ला कार्य समितिका सदस्य भैरब बहादुर थापा, नेकपा माअोवादी केन्द्र कञ्चनका अध्यक्ष पुष्पराज शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा लोक दोहोरी गायिका करिश्मा राना मगरको बिशेष प्रस्तुती रहेको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-28/005929292428697417_122109177170219257_3638637979688631923_n.jpg)
नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचा मगरको अध्यक्षता, उपाध्यक्ष थम बहादुर सिंजालीको स्वागत तथा धनसिंह रानाको संचालनमा भएको कार्यक्रममा लोकदोहोरी तर्फ वडा नं. ३ प्रथम, रसी तानातानमा हिमालय सामुदायिक बकिास केन्द्र प्रथम भएको थियो। हिमालय सामुदायिक बिबकास केन्द्रको खेलमैदान कञ्चन ४ दियो खेलमैदानमा भएको कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्र, किर्तिपुर काठमाण्डौका प्रमुख महाविर पुनद्वारा लिखित महाविर पुन, सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक समेत बिक्रीका लागि प्रदर्शनीमा राखिएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-28/005947906429577975_122109475040219257_322940953401686157_n.jpg)
कार्यक्रममा कञ्चन १ सुन्दर नगरको सोरठी, कौराह, घाँटु लगायत सांस्कृतिक नृत्य तथा झांकी प्रस्तुत गरिएको थियो।