१३ फागुन, कञ्चन
रुद्रपुर साथी सन्जालको १० औं साधारणसभा तथा पाचौं अधिवेशन शनिवार सम्पन्न भएको छ। अधिबेशनले समिक्षा रानाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ।
अधिबेशनबाट उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा लक्ष्मण सुनार, सहसचिव ज्योती सेन्चुरी र कोषाध्यक्षमा निरुता परियार निर्वाचित हुनुृ भएको छ। यसैगरी सदस्यहरुमा पुजा परियार, निशा नेपाली, सोहन रावल, निरुता सुनार, सनम सुनार, मेनुका घर्ति मगर, नेहा थारु, सुजल जङ्ग क्षेत्री, कुमार भण्डारी, जमुना रोमी र विनिता फौदार निर्वाचित हुनुभएको छ।
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-25/000117967428651542_821940796612367_4363373141497129624_n.jpg)
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अध्यक्ष केशर बहादुर खत्रीले सबैभन्दा बढी सम्बेदनशिल उमेर समूह भनेको किशोर किशोरी अवस्था भएको र यो समयमा के सही, के गलत भन्ने कुरा छुट्ट्याउन सक्ने क्षमता कम हुने भएकोले गलत संगतमा पर्न सकिने बताउनु भयो। किशोर अवस्थामा आफन्त तथा अभिभावकहरुको सल्लाह भन्दा साथीको सल्लाह बढी बिश्वास लाग्ने भएकोले धेरै किशोर किशोरीहरु बकिृति र बिसंगतीमा लागेर जिवन बर्बाद बनाएको उदाहरण प्रसस्त भएको बताउदै वडा अध्यक्ष खत्रीले साथी सञ्जालको माध्यमबाट किशोर किशोरीहरुलाई समाज रुपान्तरणको सम्बाहक बनाउन भएका प्रयत्नहरु स्रहानिय रहेको बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-25/000129629428618340_821940889945691_5307863448498499818_n.jpg)
कार्यक्रममा कञ्चन गाउँपालिकाका कार्यापालिका सदस्य शुसिला थापा, सुनगाभा समुदायिक विकास केन्द्रका अध्यक्ष अमृता थापा, सुनगाभा समुदायिक विकास केन्द्र का अनुगमन समिति संयोजक तारा बहादुर काउचा लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-25/000224123428629204_821940656612381_8631184884564842837_n.jpg)
रुद्रपुर साथी सञ्जालका कार्यबाहक अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्जालका सह सचिव पुजा परियारले गर्नु भएको थियो। शिवशक्ती आधारभुत विद्यालयमा भएको कार्यक्रममा सुनगाभा समुदायिक विकास केन्द्र, कञ्चन ४ रुपन्देहीको सहयोग रहेको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-25/000208692428651915_821940833279030_1021088761437660146_n.jpg)