६ फागुन, कञ्चन
रुद्रपुर साथी सञ्जाल कञ्चन ४ रुपन्देहीको आयोजनामा किशोर किशोरीहरुको लागि जिवन उपयोगी सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको समन्वयमा संचालित उक्त तालिमको समापन वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले गर्नु भएको हो।
तालिमको समापन गर्दै वडा नं. ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केशर बहादुर खत्रीले तालिम पश्चात गाउँ गाउँमा गएर समाजमा हुने बिकृृति र बिसंगती बिरुद्ध एक भएर लाग्न आफ्नै समूहका साथीहरुलाई प्रेरित गर्नु पर्ने उल्लेख गर्नु भयो। आफुभन्दा अगाडीका दाजु तथा दिदिहरुले कुलतको बाटो अपनाएता पनि अवको पुस्ताको सुन्दर भविष्यका लागि हामी सबै एक भएर लाग्नु पर्नेमा जोड दिदै वडा अध्यक्ष खत्रीले अवको पुस्तालाई असल नागरिक बनाउन सचेत किशोर किशोरीको भुमिका, काम र कर्तब्य प्रति जिम्मेवार बनाउदै जानु पर्ने वडा अध्यक्ष खत्रीले उल्लेख गर्नु भयो।
यसैगरी सुनगाभा सामुदायिक बिकास केन्द्रका कर्यकारी निर्देशक गोपल बहादु के.सी.ले कुनै कुनैपनि सिप सिक्नुमात्रा ठूलो कुरा नभएको बतााउनु भएको छ। आफुले पाएको ज्ञानलाई ब्यबहारमा नउतारेसम्म कुनै औचित्य नहुने बताउदै कार्यकारी निर्देशक के.सी.ले आफु वा आफ्नो अगाडी हुने हरेक हिंसा तथा बिकृति र बिसंगती बिरुद्ध प्रतिकार गर्ने क्षमता हरेक भाईबहिनीहरुले राख्नु पर्ने बताउनु भयो।
यस्तै कार्यपालिका सदस्य सुशिला थापाले आफु पनि सुनगाभा सामुदायिक बिकास केन्द्रले सञ्चालन गरेको दौंतरी समूहमा रहेर काम गर्दा गर्दै आफुलाई परिवर्तनको सम्वाहकको रुपमा स्थापित गर्न सकेको बताउनु भयो। यदि सुनगाभा सामुदायिक बिकास केन्द्रमा आवद्ध भएकै कारण आफुले ब्यक्तीत्व र नेतृत्व बिकास गर्न सक्षम भएको कार्यपालिका सदस्य थापाले बताउनु भयो।
कार्यक्रममा वडा नं. ४ का वडा सचिव चक्रपाणी पौडेलले जिवन केका लागि जिउने भन्नेबारे आफैले आफैलाई प्रश्न गरेर उत्तर खोज्ने प्रयास गर्न सकेमात्र जिवनमा सिकिने हरेक सिकाईहरुको महत्व रहने बताउनु भयो। जिवनोपयोगी सिप सम्बनधी तालिम पश्चात प्रशिक्षार्थीहरुले समुदायमा हस्तान्तरण गर्नु पर्ने समेत वडा सचिव पौडेलले जोड दिनु भयो।
रुद्रपुर साथी सञ्जालका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुको तफैबाट निरुता परियार र मानस पुनले समेत आफुले सिकेको शिपलाई आफ्नो ब्यबहारिक जिवनमा उपयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो कार्यक्रममा कञ्चन खवरका जगी लाल थापाले समेत किशोर किशोरीहरुको सशक्तीकरणका लागि साथी सञ्जालले समुदायमा संचालन गरेका सचेतनामुलक कार्यक्रमहरुले सकारात्मक प्रभाव पादै गइरहेको समेत बताउनु भएको थियो।
कार्यक्रममा प्रशिक्षक प्रदिप केवट, वडा सदस्यहरु श्रीमाया नेपाली, तुल बहादुर गुरुङ्ग, कुल बहादुर श्रीस, सुनगाभा सामुदायिक बिकास केन्द्रका पुर्व अध्यक्ष तारा बहादुर काउचा लगायतको उपस्थिती रहेको कार्यक्रममा रुद्रपुर साथी सञ्जालका बिष्णु सुनारले स्वागत गर्नु भएको थियो।
३५ जना सहभागिता रहेको तालिमको समापन कार्यक्रमको संचालन सञ्जालका सचिव लक्ष्मण सुनारले गर्नु भएको थियो भने यही फागुन ४ गते देखि सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्ेदहीको कार्यलयमा तालिम संचालन भएको थियो।