२८ माघ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसले आफ्नो १७ औं स्थापना बर्षको सन्दर्भमा शनिवार खुल्ला रक्तदान एवम् बृहत स्वास्थ्य शिविर सम्पन्न गगरेको छ । नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखासँगको सहकार्यमा खुल्ला रक्तदान तथा आयुष मेडिकल हलको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सम्पन्न गभएको हो ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-11/002612962IMG_0025.jpg)
रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुले रगत दान गर्नु भएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सदस्य तथा कञ्चन उपशाखाका उपसभापति हेमा बेल्वासेले जानकारी दिनुभएको छ ।
यस्तै शनिवार नै भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ५०० जनाले स्वास्थ्य जाँच गराई सेवा लिएका थिए। शिविरमा जनरल फिजिसियन, हाडजोर्नी, मेरुदण्ड, नशा तथा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग तथा प्रसूति, दाँत लगायत स्वास्थ्य जाँच गरी निःशुल्क औषधी तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-11/002718252IMG_0032.jpg)
कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको उच्च शैक्षिक सेवालाई गाउँ गाउँ सम्म पुर्याएर समाजलाई बुद्धिजिवीकरण बनाउनमा हरैया बहमुखी क्याम्पसले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनु भयो। समाजलाई शिक्षाका हरेक क्षेत्रबाट सवल र पहुँचको आधार निर्माण गर्न क्याम्पसको भुमिका सामान्य नरहेको उल्लेख गर्दै क्याम्पसले रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गरे आफ्नो सामाजिक उत्तरदायित्व समेत पुरा गर्दै आइरहेको प्रति गर्व गर्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-11/002734281IMG_0003.jpg)
उपाध्यक्ष थापा मगरले गाउँपालिकाकै एकमात्र उच्च शैक्षिक संस्था हरैया बहुमुखी क्याम्पसका हरेक गतिविधिहरुको नियमित अवलोकन गरिरहेको र आफू त्यसबाट गौरवान्वित भएको बताउदै क्याम्पसको बृहत्तर हितका लागि पालिका सधैँ तयार रहेको समेत उल्लेख गर्नुभएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-11/002753528f9a91ad0-3ccc-47ac-9c1e-20a30eddf561.jfif)
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष टेकबहादुर गुरुङ्ग, प्रवक्ता चित्रलाल तुलाचनले अवको हरेक बिधार्थीहरुको मनमा आफुले प्राप्त गरेको शिक्षालाई स्वदेशमै बसेर केही गर्छु भन्ने भावनाको बिकास गर्न आवस्यक रहेको बताउनु भयो। कितावी ज्ञानसंगसंगै आफुले हासिल गरेको शिक्षालाई कसरी जिवनोपयोगी बनाउने र आत्मनिर्भरताको आधारहरु कसरी तयार गर्ने भन्नेबारे ब्यबहारिक ज्ञान समेत दिन आवस्यक रहेको प्रवक्ता चित्र तुलाचनले उल्लेख गर्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-11/002809295IMG_0029.jpg)
क्याम्पस सञ्चालक समितिका अध्यक्ष चुरामणी शर्माको अध्यक्षतामा संचालन गरिएको रक्तदान तथा स्वास्थ्य शिविरमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष शेर बहादुर श्रीस, सदस्य पुष्पराज शर्मा लगायतको आतिथ्यता रहेको थियो। हरैया बहुमुखी क्याम्पस जनसम्बन्ध तथा सूचना व्यवस्थापन इकाईका संयोजक दीपक भुसालको स्वागत तथा लेखापाल कपिलमणी पौडेलको सञ्चालनम सम्पन्न कार्यक्रममा बिधार्थी शिक्षक, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, अभिभावक तथा स्थानीयहरुले आफ्नो स्वास्थ्य जाँच तथा रक्तदान गरेका थिए।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-11/002826668IMG_0033.jpg)
क्याम्पसले हरेक फागुन ३ गते क्याम्पसको १७औँ वार्षिकोत्सव तथा क्याम्पस सभाको रुपमा मनाउदै आएको छ।