२३ माघ, भैरहवा
नेपाल मजदुर किसान पार्टी स्थापना स्वर्ण वर्षको अवसरमा मंगलबार भैरहवा बहुमुखी क्याम्पसमा नेपाल क्रान्तीकारी बिधार्थी संघ, प्रारम्भिक कमिटि भैरहवा बहुमुखी क्याम्पसले पुस्तक प्रदर्शनी गरेको छ।
नेपाल मजदुर किसान पार्टी, जनवर्गीय संगठन र पार्टी आबद्ध प्रकाशकहरूले प्रकाशन गरेका ४५ प्रकारका पुस्तक प्रदर्शनीमा राखिएको नेपाल क्रान्तिकारी विद्यार्थी संघ भैरहवा क्याम्पस प्रारम्भिक समितिका अध्यक्ष सुग्रिम साहनीले बताए ।
क्याम्पसका विद्यार्थीहरूले अभिरूची पूर्वक अवलोकन गरिएको उक्त प्रदर्शनीमा "मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी", "समाज विकासको एक झलक", "मार्क्स र एन्गेल्सको जीवनी", "स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा", "जेलका चिठीहरू", "हजुरबाका चिठीहरू", "नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका खोटा विचार", "सय वर्षपछिको भक्तपुर", "रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन", "नेपाल भारत सम्बन्ध र भारत", "शिक्षामा नवउदारवाद", "फिडेल क्याष्ट्रोको जीवनी" लगायत पुस्तकहरू अधिक बिक्री भएको जनाइएको छ ।
प्रदर्शनीमा पुस्तक खरिद गर्ने पाठकहरुका लागि मुल्यको २५ प्रतिशत छुट उपलब्ध गराएको नेक्राबिसंघ भैरहवा बहुमुखी क्याम्पसका ईकाई कमिटिका अध्यक्ष साहनीले जानकारी गराएका छ। प्रदर्शनीमा बिधार्थी, प्राध्यापक तथा स्थानीयहरुले अवलोेकन तथा पुस्तक किनेका थिए।