२१ माघ, कञ्चन/लक्ष्मण सुनार
विश्व क्यान्सर दिवसको अवसरमा दारी ग्याङ्ग रुपन्देहीको आयोजनामा श्री लुम्बिनी ज्ञाननिकेतन मा.वि. कन्चन ५ गरगरे रुपन्देहीमा मुख, दाँत, गीँजा परीक्षण शिविर तथा मुखको क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी एवम कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले हामी सामाजिक प्राणी भएकोले समाजमा जन्मे पछि आफ्नो समाजमा केही न केही काम गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्नु आवस्यक रहेको बताउनु भयो। अध्यक्ष ढकालले मर्ने बेलामा मैले के गरे र के पाएं भन्दा पनि यो समाजका लागि के योगदान दिन सकेँ जसले अरुको हित गर्न सक्यो भन्ने कुरा जिवनको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनु भयो। आफ्नो जीवनलाई सार्थक बनाउन जति सकिन्छ त्यति सामाजिक काम गर्नु पर्नेमा जोड दिदै अध्यक्ष ढकालले हामीले गरेका असल कर्महरु कहिलै खेर नजाने उल्लेख गर्नु भयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद शर्माले बिद्यालयमा दन्त शिविरको आयोजना गरेर बिधार्थी तथा अभिभावक र सरोकारवालाहरुको स्वास्थ्य सेवा पुर्याएकोमा दारी ग्याङ्गलाई धन्यवाद दिनु भएको थियो ।
त्यसैगरी दारी ग्याङ्गका संस्थापक अध्यक्ष प्रदिक गैरेले दारी ग्याङ्गको पृष्ठभुमि बताउदै दारी पाल्न पाल्ने, दारी पाल्न मन पराउने वा दारी नआएको सबै मिलेर समाजमा सकारात्मक, रचनात्मक कार्यहरुलाई अगाडि बढाई संस्थाले समाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको बताउनु भयो।
आधुनिक समाज डेण्टल केयर प्रा.लि. का माधव सापकोटा र डाक्टर सपन कुवँरले विश्वमा ९.६ मिलियन मानिसमा मुखको क्यान्सर देखा परेको क्यान्सर शरिरको कुनै पनि अंगमा लाग्न सक्ने भएकोले विश्वमा मुखको क्यान्सरबाट मृत्यु हुनेको संख्या दोस्रो रहेको जानकारी गराउनु भएको थियो । वक्ताहरुले रोग नलाग्नु दिनु नै रोगको पहिले उपचार भएको समेत बताउनु भएको थियो।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेल, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको समेत आतिथ्यता रहेको थियो भने SI GOLOBAL को सहयोगमा सम्पन्न भएको शिविरमा आधुनिका समाज डेण्टल केयर प्रा. लि.ले प्राविधिक सहयोग गरेको थियो ।
दारी ग्याङ्ग रुपन्देहीका अध्यक्ष भरत पौडेलको अध्यक्षता, दारी ग्याङ्ग कन्चनका प्रतिनिधि कुमार क्षेत्रीको स्वागत र प्रदिप कोइरालाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो।