कर्णराज शर्मा, जनस्वास्थ्य निरीक्षक(छैठौं)
नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक–आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस–खस हुने, कान दुख्ने, टाउको दुख्ने, शरीर गल्ने आदि लक्षणहरु भएको खण्डमा सामान्य बोलीचालीको भाषामा रुघा खोकी भनिन्छ ।
रुघा" (common cold), "रुघा" (flu) र "रुघा" (allergy) कसरी लाग्छ ?
Common cold बिभिन्न किसिमको virus जस्तै rhino virus, corona virus आदिले गर्दा लाग्छ l जब यी virus हरुले ग्रस्त भएकाहरु हामी नजिक हाँच्छ्यु गर्छन वा ढोकाको handle वा बेन्च टेबल वा अन्य सामान छुन्छन अनि हामी ति मानिसका नजिक हुन्छौं वा तिनले छोएका समानहरु छुन्छौं तब हामीलाई पनि ति खष्चगक सर्छ । ति virus हाम्रो शरीरमा पुगेपछि हाम्रो रोग प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्छ र ति virus लाई मार्ने वा बाहिर धकेल्ने वा लखेट्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले नाक बन्द हुने, हाँच्छ्यु आउने, खोकी लाग्ने, तापक्रम बढ्ने आदि लक्षण देखा पर्छन ।
समान्यतयाः रुघा लाग्दा के हुन्छ ?
रुघा लाग्दा हाँच्छ्यु (एक चोटीमा लगातार ३ देखि ७ पटकसम्म आउने)
सिगान (पानी जस्तै पातलो बगीरहने निरन्तर, जत्तिखेर पनि)
प्रायः नाक बन्द हुने ।
ज्वरो (आउंदैन, आयो भने १००.४ कट्दैन)
खोकी (प्राय लाग्दैन, लाग्यो भने त्यति समस्याको रुप लिदैन)
घांटी दुख्ने र निल्न गाह्रो पनि हुन सक्छ
नाक–आँखा चिलाउने । यस्तो प्रायः बिशेषगरी नाक वरिपरी र भित्री भागमा हुने गर्छ ।
दुई हप्ता भन्दा लामो समयसम्म हुने र फेरी बारम्बार भैरहने वा प्रत्येक साल एकै खाले मौसममा फेरि देखा पर्ने ।
जाडो मौसममा रुघाखोकीबाट बच्ने उपाय यस्ता छन:
-सावधानी अपनाए रुघाखोकीको संक्रमण फैलिनबाट रोक्न सकिन्छ । यसका लागि चिसोबाट बच्ने ।
न्यानो कपडाहरु लगाउने ।
-जाडो मौसममा अभाव हुने भिटामिन डी लगायतका भिटामिनहरूको सप्लिमेन्ट आवश्यकताअनुसार लिने ।
-खानेकुरामा पनि माछा, अण्डा, दूध र दूधजन्य परिकारहरू, भिटामिन सी प्रशस्त पाउने फलफूलहरू नियमित सेवन गर्ने।
-शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू निष्कासन गर्न प्रशस्त मनतातो पानी मात्र होइन प्रशस्त झोलजन्य पदार्थ पिउने गर्यो भने -रोग प्रतिरोधी क्षमता सक्रिय अवस्थामा रहिरहन्छ र सजिलै रुघाखोकीले सताउन पाउँदैन ।
-यस बाहेक जाडो मौसममा कोठाभित्र हावाको राम्रो आवतजावत हुने प्रबन्ध मिलाउनुपर्छ। झ्याल ढोका ड्याम्मै थुनेर बस्नु हुँदैन ।
-अनावश्यक रूपमा हातले मुख, नाक वा आँखा छुनु हुँदैन। जाडो मौसममा रुघाखोकीको भाइरस सजिलै सर्ने भएकोले भिडभाड भएका ठाउँमा जानु हुँदैन । जानैपर्ने अवस्थामा पनि मास्क लगाउने र कुनै बाहिरी बस्तु छोइसकेपछि हात धुने बानी बसाल्नु पर्दछ ।
जाडो मौसममा प्रतिरक्षा प्रणाली बलियो राख्न प्रशस्त आराम र निन्द्रा पुर्याउनु पर्दछ । जूठो खाँदा पनि रुघाखोकी सर्छ।
-खोक्दा, हाच्छिउँ गर्दा नाक मुख छोप्ने गर्नुपर्छ । नाक मुख छोप्दा पनि सफा रुमाल वा टिस्यूपेपरको प्रयोग गर्ने बानी गर्यो भने यो संक्रमण फैलिने सम्भावना न्यून भएर जान्छ ।
-खोक्दा या हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने ।
-साबुन पानीले मिचीमिची हात धुने ।
-आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाने।
-अनावस्यक रुपमा आँखा, नाक तथा मुखमा हात नलैजाने।
-अरुले प्रयोग गरेका रुमाल याकपडा प्रयोग नगर्ने।
-रुघाखोकी लागेका मानिसहरुसंग भौतिक दुरी कायम राख्ने ।
-पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने ।
-चिसोबाट जोगिने ।
-तातोपानी खाने, बाफ लिने ।
-सामान्य खोकी लागेको समयमा घरेलु औषधिहरु (तुलसीको पातको रस) खाने ।
-इन्फ्लुएञ्जाको भ्याक्सिन लगाउने ।
उपचार कसरी गर्ने ?
कमन कोल्ड र फ्लु
यो भाइरसलाई हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले सजिलै तह लगाउन सक्ने हुनाले उक्त (रोग प्रतिरक्षा) प्रक्रियालाई सजिलो हुने ब्यबहार गर्नु जरुरी हुन्छ । करिब ५ दिन आराम गर्ने, तातो पानी, सुप, तरकारीको रस आदि प्रसस्त पिउने, तातो बाफ लिने, सिगान पुच्छ्दा कपडाको रुमाल प्रयोग नगर्ने, नाक पुच्छ्ने पेपरको प्रयोग गर्ने र डस्टबिनमा फाल्ने गर्नुपर्छ । रुमालमा ति भाइरसहरु २४ घण्टा बस्न सक्छन भने नाक पुछ्ने कागजमा १५–३० मिनट मात्रै । प्रत्येक पटक साबुन पानीले धुने रुमाल तातो पानीमा भिजाएर–निचोरेर गालामा र निधारमा सेक्ने, टाउको दुखे पारासिटामोल दिनको ३–४ पटकसम्म खाने (१० बर्ष मुनिकाले यस्तो बेलामा आइबुप्रोफिन खानु हुँदैन) नाक बन्द भएको छ भने नुन–पानी नाकको एक प्वालमा छिराएर अर्को प्वालबाट निकाल्ने नसके नुन–पानीको बाफ लिने गर्नाले रुघाखोकी निको हुन्छ।। यसो गर्दा पनि भएन भने मेडिकल या अस्पाल जानुपर्छ ।
घांटीमा खकार जमेको जस्तो भए खकारलाई पातलो बनाउने र खोकीले पनि सताउने गरेको छ भने खोकी रोक्ने दबाई लिन सकिन्छ । खोकी लागेमा घरेलु उपचार अपनाउँदा पनि हुन्छ । पाँच दिनसम्म पनि लक्षणहरु कम भएनन् भने स्वास्थ्य सस्था मा डाक्टरलाई भेटेर उपचार गर्नुपर्छ ।
(लेखक कर्ण राज शर्मा रुद्रपुर स्वास्थ्य चौकीका प्रमुख हुनुहुन्छ।)