१२ माघ, कञ्चन
क्रिएटिभ लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुल कञ्चन ४ अस्नैया रुपन्देहीको १६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। स्कुलले बिद्यालय स्थापनाको १६ औं बार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक तथा सामुदायिक बिद्यालयमा अध्ययनरत १० जना बिपन्न तथा जेहेन्दार बिधार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ।
न्यानो कपडा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कुनै पनि समाजको बिकास हुन त्यस समाजका हरेक ब्यक्तिहरु सचेत हुन आवस्यक रहेको र उचित शिक्षालेमात्र हरेक नागरिकलाई सचेत बनाउने उल्लेख गर्नु भयो। जहाँ शिक्षाको गति तिव्र र गुणस्तरिय हुन्छ त्यहा बिकासका हरेक गतिहरु पनि तिव्र र गुणस्तरिय हुने वडा अध्यक्ष खत्रीले बताउनु भयो।
फरक प्रसंगमा संक्षिप्त बिचार ब्यक्त गर्दै वडा अध्क्ष खत्रीले पालिकाको सिमित बजेटबाट वडाका हरेक बिकासहरुलाई सन्तुलित रुपमा संचालन गर्नु पर्ने अवस्था आइरहेको पालिकाबाट हुने हरेक बिकास योजनाहरुमा स्थानीयको अपनत्व र निगरानी अनिवार्य रहेको बताउनु भयो। वडामा आउने सिमित बजेटलाई पनि दिगो र देखिने योजनामा लगानी गर्न सकिएको अवस्थामा मात्र त्यसको महत्व बढ्ने भएकोले वडाको बिकाससंगसंगै खेलकुद, दैवि प्रकोप लगायत क्षेत्रमा लगानी गर्नु पर्ने भएकोले वडाको बिकासमा वडावासीहरुसंगको सहकायर्य र समन्वय आवस्यक रहने र जनप्रतिनीधिहरुको नजर नपुगेको ठाउ र कमजाोरीहरुमा सकारात्मक सुझावको अपेक्षा समेत वडा अध्यक्ष खत्रीले गर्नु भएको थियो।
यसैगरी कार्यपालिका सदस्य सुशिला थापाले यस विद्यालयले पठनपाठन संगसंगै अतिरिक्त क्रियाकलापमा निकै राम्रा विद्यार्थी उत्पादन गरेकोले बिद्यालयको शैक्षिक कृयाकलापलाई प्रभावकारी बनाउन अभिभावक, बिधार्थी, शिक्षक र बिद्यालय प्रशासनको समेत निगरानी र समन्वय आवस्यक रहने बताउनु भएको थियो ।
प्याब्सनका केन्द्रिय सदस्य लेखनाथ पौडेलले सामुदायिक विद्यालय र सस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण राज्यको फरक रहेको बताउनु भयो। संस्थागत बिद्यालयहरुका लागि बजेट होइन तर स्थानीय तहमा सामुदायिक विद्यालय सरह हेर्ने नजर एक हुनु पर्ने भन्दै पौडेलले पालिकामै कुहेर वा मिति गुज्रेर जाला तर संस्थागत बिद्याालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याडमा स्थानीय तहले बिभेद गर्दै आइरहेको प्रति आक्रोस ब्यक्त गर्नु भयो । सामुदायिक विद्यालय सरह नै अब्बल जनशक्ति उत्पादनमा टेवा पुर्याउदै आइरहेको निजी बिद्यालयहरुरुको सामन्य सुझावको समेत सुनुवाई नहुने उल्लेख गर्दै पौडेलले कञ्चन शिक्षा समितिमा संस्थागत बिद्यालयहरुको सहभागिता रहेता पनि हाम्रो मागहरु सम्बोधन नभइरहेको गुनासो ब्यक्र गर्नु भएको थियो।
बिद्यालयका प्रबन्ध निर्देशक ओम बहादुर सारुको अध्यक्षता तथा प्रधानाध्यापक हेम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ठाकुर गौतम, दुर्गा राजकोटी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो।
बिद्यालयका शिक्षिका दुर्गा रानाको स्वागतमा भएको कार्यक्रममा बिधार्थीहरुद्वारा बिभिन्न नृत्य तथा खेलहरु प्रदर्शन गरिएको थियो भने सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक तथा सामुदायिक बिद्यालयमा अध्ययनरत बिपन्न परिवारका विपन्न बिधार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक प्रेम बहादुर राजकोटीले जानकारी दिनु भएको छ।