९ माघ, कञ्चन
यही आइतवार माघ ७ गते देखि कञ्चन गाउँपालिका वडा नं. ४ का महिलाहरुका लागि सञ्चालित ३ दिने उद्घोषण तालिम आज मंगरवलार सम्पन्न भएको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोग र कञ्चन सुचना तथा सञ्चार केन्द्र कञ्चन ४ रुपन्देहीको आयोजना र कञ्चन साथी सञ्जालको समन्वयमा सञ्चालित तालिम सम्पन्न भएको हो।
तालिमको समापन गर्दै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले तालिमले महिलाहरुको सशक्तीकरणका लागि सहज पुर्याउने बताउनु भयो। उद्घोषण तालिमले महिलाहरुको बोल्ने कलाको बिकास हुनुको साथै उनिहरुको नेतृत्व र ब्यक्तित्व बिकासमा सहयोग पुग्ने वडा अध्यक्ष खत्रीले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले कञ्चन ४ का महिलाहरुको आर्थिक रुपमा सवल बनाउन बिभिन्न सिप तथा ब्यबसायिक तालिम सञ्चालन गर्दै आइरहेको र गाउँपालिका र वडाबाट प्रदान गरेका तालिमहरुलाई ब्यबसायिक रुपमा उपयोग गर्नु पर्नेमा जोड दिनु भयो।
यस्तै कार्यक्रमका बिशिष्टि अतिथि तथा कार्यपालिका सदस्य सुशिला थापाले महिलाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गर्न उनिहरुभित्र रहेका अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उपर्युक्त वातावरण सृजना गर्न आवस्यक रहेको बताउनु भयो। आफुसंग क्षमता भएपनि अभिब्यक्त गर्ने तरिका र माध्यम भएन भने पनि आफु सधै पछि परिने भएकोले पनि वडा नं. ४ का महिलाहरुको बोल्ने कलाको बिकास गर्ने उद्धेश्यका साथ उद्घोषण तालिम संचालन गरिएको कार्यपालिका सदस्य थापाले बताउनु भयो।
यसैगरी वडा सचिव चक्रपाणी पौडेलले तालिमले आफु भित्र भएको क्षमतालाई निखारता प्रदान गर्न सहज बनाउने बताउनु भयो । महिलाहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सवल र अव्वल बनाउन पालिकाले महिलाहरुको सशक्तीकरणका लागि बिभिन्न सिप मुलक तथा व्यबसायिक तालिमहरु सञ्चालन गर्दै आइरहेको र तालिम लिइसकेपछि तलिमको सही रुपमा सदुपयोग गरी ब्यबसायिक र आत्मनिर्भर बन्न सकेमत्र पालिकाको लगानी बालुवामा पानी नबन्ने वडा सचिव पौडेलले बताउनु भयो।
कार्यक्रममा वडा सदस्य श्रीमाया नेपाली र गैडहवा गाउँपालिकाका प्रेस संयोजक दिनेश घिमिरेले तालिमबाट सिकेका सिपहरुलाई ब्यबहारमा उतार्न आफै नै अग्रसर हुन अत्याव्यसक हुने बताउनु भएको थियो। वहाँहरुले तालिम माध्यम मात्र हुने तर त्यही माध्यमलाई अवसरको रुपमा ग्रहण गर्नुपर्ने बताउनु भएको थियो।
प्रशिक्षाथीहरुको तर्फबाट दुर्गा राना, पुजाबम घताने, गितामाया श्रीस, सृजना भारती, शान्ती माया थापा, खगीसरा काउचा, जमुना सुनार, सरु क्षेत्री, पार्वती चौधरी खत्री, अम्बा सलामी लगायतले महिलाहरुको सशक्तीकरणका लागि सञ्चालन गरिएको उद्घोषण तालिमबाट आफ्नो मनमा लागेका कुराहरुलाई निर्धक्कताका साथ अभिब्यक्त गर्ने कलालाई सहज र सरल रुपमा सिक्न अवसर दिएकोमा कञ्चन गाउँपालिका वडा नं. ४ लाई धन्यवाद दिएका थिए।
प्रशिक्षार्थीहरुको तर्फबाट दुर्गा आमा समूहका अध्यक्ष राधादेवी अस्लामीको अध्यक्षता तथा कल्याणकारी आमा समूहका सचिव शान्ती पुाको स्वागतमा सम्पन्न कार्यक्रममा श्रृजना प्राविधिक आमा समूहका सचिव शान्ती बि.क.ले धन्यवाद ज्ञापन ब्यक्त गर्नु भएको थियो। यसैगरी तालिम संचालनका कार्यक्रम संयोजक तथा कञ्चन साथी सञ्जालका कोषाध्यक्ष समिक्षा रानाले तालिमलाई सफल रुपमा सम्पन्न गर्न सहभागी पठाई सहयोग गर्ने कञ्चन ४ का महिला तथा आमा समूह, आर्थिक रुपमा सहयोग गर्ने वडा नं. ४ को कार्यालय, श्रोत ब्यक्तीहरु गोविन्द आचार्य, प्रतिमा गौतमलाई आगामी दिनमा समेत हरेक पक्षमा सहयोगको अपेक्षा गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो।
कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट संगम आमा समूहका दुर्गा थापाले सञ्चालन गर्नु भएको थियो। तालिममा गोविन्द आचार्य र प्रतिमा गौतमले प्रशिक्षण दिनु भएको थियो।तालिममा कञ्चन ४ का २० महिला तथा आमा समूहका ५८ जना सचिव र सहसचिवहरुको सहभागिता जनाएका थिए।