४ माघ, गैडहवा
रुपन्देहीको गैडहवा गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता आज बिहिवारदेखि शुरु भएको छ। खेलकुद प्रतियोगिता संचालन गर्नुको मुख्य उद्धेश्य बिधार्थीहरुका लागि शिक्षासंगसंगै खेलकुद क्षेत्रमा समेत गैडहवाको प्रदर्शनलाई उत्कृष्टता प्रदान गर्ने अभ्यासको शिलशिला भएको गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भएको छ।
प्रतियोगिताको शुभारम्भ गर्दै पालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पालिका भित्र रहेका हरेक शैक्षिक संस्थाहरुको शिक्षण सिकाईलाई प्रभावकारिता प्रदान गर्न र शिक्षाकमा गुणस्तरियता ल्याउन कितावी ज्ञानसंगसंगै खेलकुद पनि अनिवार्य रहेको बताउनु भएको छ।
शारीरिक र मानसिक रुपमा स्वस्थ र तन्दुरुस्ती भएका बिधार्थीहरुले मात्र आफुलाई अनुशासित, सभ्य र असल ब्यबहार देखाउने र तिनै बिधार्थीहरुबाट शैक्षिक कृयाकलापलाई अझ प्रभावकारी रुपमा सहजै ग्रहण गर्ने अध्यक्ष पौडेलले बताउनु भयो।
बिद्यालय शिक्षालाई प्रभावकारी तथा गुणस्तरिय बनाउन नियमित रुपमा खेलकुद संचालन गर्न सकेमात्र जसरी प्रतियोगितामा जित हासिल गर्न खेलाडी खेलाडी बिच एकता, सहकार्य, समन्वय र धैर्यताको प्रयोग गरिएको हुन्छ त्यसरी नै हरेक सिकाईहरुमा बिधार्थीहरुले सहनहिलता, धैर्यता र एकाग्रता हुने अध्यक्ष पौडेलले बताउनु भएको थियो। अध्यक्ष पौडेलले खेलकुदको माध्यमबाट अभिभावकहरु समक्ष बिधार्थीहरुद्वारा पालिकाको बिकास र समृद्धिको सन्देश समेत प्रवाह गर्ने बिश्वास ब्यक्त गर्नु भएको थियो।
यसैगरी गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले खेलकुदको माध्यमबाट एक बिद्यालयको अनुभव अर्को बिद्यालयले सिक्न पाउने र एक आपसमा हुने आदान प्रदानले पालिकाको हरेक बिकास र योजनामा साझेदार गर्न सकिने बताउनु भयो। पालिकाको बिकासमा के कसरी गर्ने भन्नेबारे योजना निर्माण गर्दा समेत पालिकाका अगुवा र बौद्धिक वर्गहरुको समेत राय सुझाव लिन सकिएको खण्डमा पालिकाको हरेक योजनाहरु सफल र दीगो हुने समेत निवर्तमान अध्यक्ष केवटले जोड दिनु भएको थियो।
यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले पालिकामा संचालित बिभिन्न शैक्षिक संस्थाहरुले खेलकुद र शैक्षिक क्षेत्रमा गरेको मेहनत र लगानीको प्रतिफलका छायाँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा देखिने बताउनु भएको थियो। यो प्रतियोगिता हारजितको मात्र तुलना नभई कुन बिद्यालयले आफ्ना बिधार्थीहरुलाई के कतिको अनुशासन र ब्यबहारिक ज्ञानको समेत शिक्षण कृयाकलाप संचालन गरिरहेका छन भन्ने कुराको समेत मुल्यांकन र तुलना हुने प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनु भयो।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष विजय शर्मा र वडा नं.८ का वडा अध्यक्ष भुवन बहादुर रानाले बिद्यालय तहबाटै खेलकुदमा राम्रो प्रशिक्षण गराउन सकिएको अवस्थामा मात्र जिल्लास्तरिय प्रतिस्पर्धाहरुमा बिधार्थीहरुले राम्रो प्रदर्शन गर्न सक्ने बताउनु भएको थियो। पालिका र बिद्यालयमा प्राप्त श्रोत साधनहरुको अधिक्तम उपयोग गरेर बिधार्थीहरुलाई हरेक खेलहरुमा दक्षता हासिल गराउनु पर्ने बताउदै खेलकुदको माध्यमबाट बिधार्थीहरुलाई अनुशासन र सभ्यता समेत सिकाउनु पर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका वसिउल्लाह मुलिमान, नेकपा एमालेका रामचन्द्र यादव, जनमत पार्टीका रामदेव यादव, लोसपाका रामकिसुन नायकले बिधार्थीहरुलाई पुर्व अभ्यास र पुर्वाधार बिना बिधार्थीहरुसंग प्रतिफल खोज्नु भनेको आकाशको तारा आँगनमा बसेर हात थाप्नु सरह भएको बताउनु भएको थियो। आजको हारले भोली जितको गोरेटो तयार गर्नु भएको भन्दै वक्ताहरुले सफलताले भोलीका दिनहहरुका लागि थप उत्साह र उर्जा दिलाउने भएकोले सफलता प्राप्त गर्ने हरेक बिधार्थीहरुले आफुलाई सदैव अव्वल बनाउन शिक्षक र अभिभावकको सल्लाह सुझावहरुलाई आत्मसात गर्नु पर्ने बताउनु भएको थियो।
पालिकाका युवा, खेलकुद तथा शिक्षा शाखाका प्रमुख माधवराज पौडेलको अध्यक्षतामा शुभारम्भ भएको प्रतियोगितामा पाचौं राष्ट्रपति रनिङ्ग प्रतियोगिता २०८० संचालन उपसमितिका संयोजक तथा जिवनज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक अमरजित यादवले प्रतियोगिताको औचित्यताबारे प्रकाश पार्नु भएको थियो भने सूर्यपुरा माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामजी आचार्यले स्वागत गर्नु भएको थियो। यस्तै जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक संजय कुमार यादवको संचालनमा शुभारम्भ गरिएको प्रतियोगिताको उद्घाटन शत्रमा बिधार्थीहरुद्वारा मार्चपास र विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
वडा नं. ८ को कार्यलय परिसर देनिगर खेलमैदानमा संचालन भएको प्रतियोगितामा २३० पदकका लागि निजी र संस्थागत गरी ३७ बिधालयका बिधार्थीहरुले सहभागिता जनाएको पाचौं राष्ट्रपति रनिङ्ग प्रतियोगिता २०८० संचालन उपसमितिका संयोजक अमरजित यादवले जानकारी दिनु भएको छ।यही माघ ७ गते आइतवार सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन शत्रमा बिद्यालय ब्यबस्थापन समितिहरुको तर्फबाट जनकल्याण माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिश्वम्भर गुप्ताले समेत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।