२ माघ, कञ्चन
कञ्चन जेसिजको सोमवार ५ पद हस्तान्तरण भएको छ। कञ्चन जेसिज बर्ष २०२४ का लागि नव निवार्चित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सह महामन्त्री तथा प्रतिनीधि सभा सदस्य बद्री प्रसाद पाण्डेले देश र जनताको पक्षमा जोखिम उठाउनुको बिकल्प नभएको उल्लेख गर्नु भएको छ।
नेपाली कांग्रेसका प्रभावशाली युवा नेताको रुपमा रहनु भएका सहमहामन्त्री पाण्डेले अव सबै दलका अघिल्लो पुस्ताका नेतृत्वहरुले अव देश र जनताको लागि संरक्षक र अभिभावकिय ओहोदामा बसेर देशलाई संकटबाट पार लगाउन युवाहरुको काँधमा आफ्नो जिम्मेवारी सुम्पिएर जोखिम उठाउन आग्रह गर्नु भएको हो। जसरी जेसिजमा आवद्ध युवाहरुले एक ब्यक्ति, एक पद, एक कार्यकाल र एक बर्ष भन्ने विधिको शासन पद्धतीमा आफ्नो नेतृत्व क्षमता प्रस्ततु गरेका छन त्यसरी नै हरेक राजनैतिक दलहरुले पनि आफुले नेतृत्व गर्ने पाएको अवसरलाई सोही समयमा नेतृत्वदायी क्षमतालाई अव्वलता कायम गर्नु पर्ने र आफु नमर्दासम्म एउटै पदमा चप्किरहने प्रवृतिको अन्त्य नभएसम्म देशले समृद्धिको बाटो लिन नसक्ने सांसद पाण्डेले उल्लेख गर्नु भयो।
राजनैतिक दलका अघिल्लो पुस्ताका नेतृत्वहरुले देश र जनताको भविष्यका लागि दुरदर्शिता प्रदर्शन गर्न नसकेकै कारण देशको अवस्था आर्थिक रुपमा झन झन कमजोर हिुदै विपन्नता तर्फ उन्मुख भएको सहमहामन्त्री पाण्डेले चिन्ता ब्यक्त गर्दै आलोचनाले देश नबन्ने र दलहरु बिच भएइरहेको तिक्तताको अन्त्यगरी हरेक दलभित्र रहेको अनुभव, क्षमता र योजनाहरुलाई देशमै युवाहरुका लागि रोजगारको सृजना गर्न सक्ने बृहत योजनाको खाका कोर्नुको कुनै किल्प नभएको बताउनु भयो। यसैगरी व्यबस्था परिवर्तनका लागि संगै सडक र सडनमा संघर्ष गरिरहेका दलहरुले संविधान निर्माणको क्रममा आफ्नो कर्तव्य र जिम्मेवारीलाई भन्दा अधिकारलाई बढी प्रथमिकता दिएकै कारण देशका लागि योगदान गर्नु पर्छ भन्ने भावना लोप हुन लागिरहेको सांसद पाण्डेले बताउनु भयो। अव अधिकारसंगसंगै देशभक्ती भावनको बिकास गर्ने देशको लागि पुरा गर्नु पर्ने कर्तव्य र जिम्मेवारीलाई समेत उल्लेख गर्नेगरी संविधानको पुनःलेखनको मुल्यांकन गर्नु पर्ने सांसद पाण्डेले बताउनु भयो।
युवाहरु बैदेशि रोजगारको शिलशिलामा बिदेशमै पलयान भइरहेको सन्दर्भमा बिद्यालय तहमा शिक्षण गर्ने शिक्षकहरुले मेहनत गर्ने सिप भएकाहरुका लागि स्वदेशमै सम्भावना रहेको भन्ने उदाहरणका लागि आफ्नो शिक्षण पेशाको अवकाश पछि बांकी जिवन कृषि, उद्योग तथा उत्पादनमुलक कार्यमा लाग्नु पर्ने सुझाव समेत सांसद पाण्डेले बताउनु भयो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको समृद्धि र सन्तुलित बिकासका लागि युवाहरुसंगको सहकार्य र समन्वय अनिवार्य रहेको बताउनु भयो। यसैगरी कञ्चन गाउपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले देशको मेरुदण्ड भनेकै युवाहरु भएकोले युवाहरुलाई आफु पद र सत्तामा जाने भर्याङ्ग नबनाई देश बिकासमा समेत युवाहरुको सहभागिता हुने योजना बनाउन आवस्यक रहेको निवर्तमान अध्यक्ष क्षेत्रीले बताउनु भयो।
नेपाल जेसिज बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र घ का निरुपित उपाध्यक्ष सन्दिप अग्रहरीले जेसिज भनेको एक विश्वविद्यालय हो जस्ले युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलता तथा विश्व बन्धुत्व भावनाको बिकास गराउने १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवाहरु एकिकृत गर्दै आएको बताउनु भयो। यस्तै लुम्बिनी प्रदेश सभाका पुर्व सभासद फकरुद्धिन खाँनले युवाशक्तीमा भएको सृजनशिलता र केही गर्छु भन्ने हुटहुटीलाई समाज रुपान्तरणको अभियानमा जोड्न आवस्यक रहेको बताउनु भयो।
यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बिष्णु पोख्रेलले जतिवेला युवाको खाँचो हुन्छ त्यतिवेला युवाहरुको प्रयोग होइन जहिले पनि जहाँ पनि जसरी नि देशको हरेक बिकास योजना र उद्यमशिलतामा जोड्नु कुनै बिकल्प नभएको बताउनु भएको छ। यसैगरी कञ्चन जेसिजका निरुपित उपाध्यक्ष गाण्ेश सापकोटा, कञ्चन जेसिज बर्ष २०२२ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष राजन शर्मा, मातृ शाखा सैनामैना जेसिज बर्ष २०२४ का अध्यक्ष्ँ शिशिर ज्ञवाली लगायतले जेसिजमा आवद्ध हरेक युवाहरु समाज रुपान्तरणका एक सशक्त अभियान्ता, देशभक्त, देशका लागि सवल र सक्षम नेतृत्वकर्ता, उद्यमशिलताका प्रयायवाची र लगनशिल अनि पदका लागी नभई आफ्नो काम र सृजनशिलतामा बढी ध्यान केन्द्रित गर्ने युवा भएको बताउनु भयो।
कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२३ का अध्यक्ष बुद्धि प्रसाद रेग्मीले नव निर्वाचित अध्यक्ष धनपति ज्ञवालीलाई बर्ष २०२४ को नेतृत्व हस्तँन्तरण गर्नु हुदै बर्ष २०२३ मा आफ्नो नेतृत्वमा रहेर नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा अत्याधिक मत प्राप्त गरी देशैभर कञ्चनलाई चिनाउने इतिहास रच्न सहयोग गर्ने बोर्ड पदाधिकारी, पुर्व अध्यक्ष, शाखा अध्यक्ष तथा सम्पुर्ण शुभेच्छुकहरुलाई धन्यवाद सहित मायाको चिनो समेत प्रदान गर्नु भएको थियो।
यसैगरी कञ्चन जेसिज बर्ष २०२४ को पद ग्रहण गर्दै कञ्चन जेसिजले नेतृत्व गर्दै संचालन गरिरहेको कार्यक्रमहरुको निरन्तरतासंगै कञ्चन जेसिजको नयाँ ईतिहास कायम गर्न जेसिजलाई कञ्चनको समृद्धिसंग जोड्न बिभिन्न सरकारी तथा गैरसकारी भगिनी संस्थाहरु, जेसिजका निवर्तमान तथा पुर्व अध्यक्ष तथा पदाधिककारी, समाजका अगुवा तथा शुभेच्छुकहरुसंगको सहकार्यलाई आत्मसात गर्दै जाने प्रतिवद्धता जनाउनु भएको छ।
पद हस्तान्तरणकै क्रममा अध्यक्ष ज्ञवालीले कोषाध्यक्षमा जेसि दिपा थारु, महासचिवमा प्रकाश पौडेल र कानुनी सल्दाहकारमा खेम बहादुर क्षेत्रीलाई मनोनयन गर्नु भएको छ। कञ्चन जेसिज बर्ष २०२४ का लागि कार्यकारिणी उपाध्यक्षमा निरोज पौडेल र समिर ढकाल, उपाध्यक्षमा गोविन्द आचार्य, रामनाथ गौतम, झरना आचार्यर र नारायण न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको छ। यस्तै सचिवमा डिम प्रसाद बराल, सहकोषाध्यक्षमा अमृत खडका निर्वाचित हुनु भएको छ भने अध्यक्ष ज्ञवालीले अध्यक्ष सल्लाहकारमा बर्ष २०२० का अध्यक्ष बाबुराम पौडल र बोर्ड डाईरेक्टरको रुपमा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेललाई मनोनयन गर्नु भएको छ।
कञ्चन ४ को क्रिस्टल क्राउन पार्टी प्यालेसमा भएको कार्यक्रमको पहिलो चरणको कार्यक्रमको अध्यक्षता बर्ष २०२३ का अध्यक्ष बुद्धी प्रसाद रेग्मीले गर्नु भएको थियो भने संचालन महासचिव नारायण शर्माले गर्नु भएको थियो। यस्तै पद हस्तान्तरण पछिको औपचारिक तथा शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता बर्ष २०२४का नवनिर्वाचि अध्यक्ष धनपति ज्ञवालीले गर्नु भएको थियो भने महासचिव प्रकाश पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो।
पद हस्तान्तरण कार्यक्रममा कार्यक्रम संयोजक तथा कानुनी सल्लाहकार खेम बहादुर क्षेत्रीले कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यकारीणी उपाध्यक्ष निरोज पौडेलले र जेसिजको आस्था पाठ, बर्ष २०२३ का उपाध्यक्ष सुवास पौडेलले जेसिजको मिसन, भिजन पाठ गर्नु भएको थियो भने नेपाल जेसिज बर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष तथा कञ्चन जेसिज बर्ष २०२२ का अध्यक्ष राजन शर्माको जीवन स्तुतिपाठ गर्नु भएको थियो।