१ माघ, कञ्चन
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले कञ्चनका जेष्ठ, विपन्न, अपाङ्गता र आर्थिक रुपमा कमजोर भएकाहरुलाई जाडोमा न्यानो कम्वल वितरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीबाट कञ्चन गाउँपालिकालाई प्राप्त न्यानो कम्वल कञ्चन उपशाखाका पदाधिकारीहरुले वडा कार्यालयको समन्वयमा उक्त न्यानो कम्वल बितरण गरिएको हो।
कञ्चनको वडा नं. ५ मा उपशाखाका उसभापति तथा रुपन्देही शाखाका सदस्य हिमा बेलवासे, वडा नं. ३ मा उपशाखाका सचिव शसिधर सापकोटा र वडा नं. १ मा उपशाखाका प्रेस सल्लाहकार जगी लाल थापाले सम्बन्धित वडामा पुगेर कम्वल बितरण गर्नु भएको हो।
वडा नं. ५ मा जेष्ठ, विपन्न, अपाङ्गता र आर्थिक रुपमा कमजोर भएकाहरुलाई जाडोमा न्यानो कम्वल वितरण गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सदस्य तथा कञ्चन उपशाखाका उपसभापति हिमा बेलवासेले हरेक आपत तथा विपद्मा नेपाल रेडक्रस सोसाइटीले जस्तोसुकै कठिन परिस्थितीसंग जुध्दै आहातमा परेका पडितहरुलाई राहत उपलब्ध गराउदै आएको बताउनु भयो। मौसम परिवर्तनसंगै आएको कठाङ्ग्रिी जाडोमा बिशेषगरी जेष्ठा नागरिक, बालबालिका, विपन्न परिवार र फरक क्षमता भएकाहरुलाई चिसोका कारण उनिहरुको स्वास्थ्यमा प्रतिकुलता हुने भएकोले उनिहरुलाई थोरै भएपनि न्यानो बनाउने उद्धेश्यका साथ कञ्चन उपशाखाले न्यानो कपडा उपलब्ध गराइएको उपसभापति बेलवासेले बताउनु भयो। साथै वहाँले न्यानो कपडा वितरण गर्नमा सहजिकरण गर्ने स्थानीय तह अन्तर्गत वडाका जनप्रतिनीधि, कर्मचारी र टोल विबकास संस्थाका प्रतिनीधिहरुलाई धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो।
यसैगरी वडा नं. ३ मा न्यानो कपडा वितरण गर्दै उपशाखाका सचिव शसीधर सापकोटाले कुनै पनि पुण्य कमाउनु छ भने मन्दिरमा भेटी चढाउने भेटीले कुनै विपन्न तथा असाहयहरुलाई एक गास खाना खुवाउने र जाडोमा न्यानो कपडा ओढाएर उनिहरुको आत्मालाई न्यानो बनाउन सके सबैभन्दा ठूलो पुण्य र धर्म हुने बताउनु भयो। सचिव सापकोटाले जेष्ठ नागरिक, विपन्न, असाहय, अनि शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई चिसोमा न्यानो र गर्मीमा शितलता प्रदान गर्न जहाँ आपत, त्यहा राहत भन्ने मुख्य नारा सहित नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले जाडोमा न्यानो कम्वल उपलब्ध गराइएको बताउनु भयो।
यस्तै वडा नं. १ मा न्यानो कपडा वितरण गर्दै उपशाखाका प्रेस सल्लाहकार जगी लाल थापाले मानविय जिवनमा कुनै पनि बेला जुनसुकै आपत र विपद आइपर्ने र ती आपत विपदमा सक्नेले नसक्नेलाई आफ्नो क्षमताले भ्याएसम्म राहत उपलब्ध गराएर मानविय सेवा गर्नु पर्ने बताउनु भयो। जाडो, भुक्षय, बाढी पहिरो, अत्याधिक गर्मी जस्ता प्राकृतिक विपत्तीहरुमा बिशेष जेष्ठ नागरिक, असाहय, विपन्न र शारीरिक रुपमा विपन्न नागरिकहरुलाई समस्या हुने भएकोले मानविय सेवामा समर्पित नेपाल रेडक्रस सासाईटी कञ्चन उपशाखाले जिल्ला शाखाको सहयोग र स्थानीय तहको समन्वयमा कञ्चनमा जाडोमा न्यानो कम्वल वितरण गरिएको बताउनु भयो।