१ माघ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले वडा नं. १, ३ र ५ नं. वडामा वडाका जेष्ठ, विपन्न, असाहय, फरक क्षमता भएकाहरुका लागि जाडोमा न्यानो कपडा वितरण गरेको छ। तिन वडाका ३ सय जेष्ठ, विपन्न, असाहय, फरक क्ष्मता भएकाहरुलाई पालिकाको विपद कोषबाट जाडोमा न्यानो कपडा वितरण गरेको हो।
न्यानो कपडा वितरण गर्दै वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष लेखनाथ ढकालले सामान्य नागरिकहरुको अभिभावक भनेकै नजिकको स्थनीय तहको रुपमा रहेको पालिका र वडा कार्यलय भएकोले जाडोको समयमा जेष्ठ, विपन्न, असाहय, फरक क्षमता भएकाहरुलाई सुरक्षित राख्न थोरै भएपनि राहत मिल्न सक्छ भन्ने उद्धेश्यका साथ गाउपालिकाले पालिकाको विपद कोषबाट जाडोमा न्यानो कपडा वितरण गरेको बताउनु भयो।
यसैगरी वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले जाडो समयमा आर्थिक रुपमा कमजोर भएका परिवार, जेष्ठ नागरिक र शारिरीक रुपमा अपाङ्गता भएकाहरुलाई न्यानोको अभावले उनिहरुको स्वास्थ्य समस्या आइपर्ने भएकोले केही भएपनि न्यानोको राहत दिलाउन वडा कार्यालय मार्फत न्यानो कपडा वितरण गरिएको बताउनु भयो।
वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले मौसम परिर्वनसंगै मानविय जिवनको नियमित कृयाशिलतालाई समेत प्रभाव पार्ने र शारिरीक रुपमा अस्वस्थता उत्पन्न हुने भएकोले त्यस्तो अवस्थामा मौसम अनुकुल आफुलाई सुरक्षित राख्ने उपायहरु अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो। जाडो मौसममा विपद ब्यबस्थापन कोषबाट आफ्ना नागरिहरुलाई आर्थिक रुपमा कमजोर भएका परिवार, जेष्ठ नागरिक र शारिरीक रुपमा अपाङ्गता भएकाहरुको जिवन अझै कठिन हुने भएको महसुस गरी थोरै भएपनि राहत दिन जाडोमा न्यानो कपडा प्रदान गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो।
वडा नं. ४ मा यस अघिनै न्यानो कपडा वितरण गरिएको छ भने वडा नं. २ मा न्यानो कपडा वितरण गरिदै छ।