२८ पुस, तिलोत्तमा/जगी लाल थापा
गरिमा टोल बिकास संस्था, तिलोत्तमा १० बेवरा रुपन्देहीको आयोजामा खिचडी तथा सांस्कृतिक महोत्सव गरिएको छ। शुक्रवार सम्पन्न भएको महोत्सवमा थारु साहित्य, कला, संस्कृति, भेषभुषा र परम्पराको संरक्षण र सम्बर्द्धनका लागि सबै समुदाय बिच आपसी समन्वय र सहकार्य आवस्यक रहेको वक्ताहरुले बिचार ब्यक्त गरेका छन।
महोत्सवका प्रमुख अतिथि तथा कार्यक्रमका मुख्य प्रायोजक तेज बहादुर गुरुङ्गले आफ्नो भाषा धर्म, कला, संस्कृतिको संरक्षण आफैबाट शुरु नगरेसम्म आफ्नो पहिचान र अस्तित्व पुस्तान्तरण नहुने बताउनु भयो। हामीले आफ्नो कला, संस्कृति र परम्पराको जगेर्ना र पुस्तान्तरणका लागि भड्किलो र पश्चिमा संस्कृतिलाई महत्व र प्राथमिकता दिन नहुने प्रमुख अतिथि गुरुङ्गले जोड दिनु भयो।
यसैगरी तिलोत्तमा १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक, बहुसांस्कृतिक रुपमा सम्पन्न देशका हरेक हरेक जाती र समुदाय आपसमा एक घरको एकै परिवार सरह बसेकै कारण नेपाल साझा फुलवारी भएको बताउनु भयो। साझा फुलवारीको संरक्षणले मात्र बगैचाको गरिमा बढ्ने उल्लेख गर्दै वडा अध्यक्ष घिमिरेले कला र संस्कृति भनेको हाम्रो अमुल्य गहना भएको बताउनु भयो।
तलोत्तमा १० बेवरामा संचालन भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष व्यासमुन चौधरीले थारु समुदाय तराइको रैथाने र भुमिपुत्र भएकोले आफ््नो भुमि र भुमिसंग जोडिएको जातिय, भाषिक, कला र संस्कृतिको संरक्षण र प्रर्बद्धनका लागि राज्यले उपेक्षा गर्दै आइरहेको गुनासो ब्यक्त गर्नु भएको थियो।
महोत्सवमा बिभिन्न आमा समूह, महिला समूह तथा स्थानीय संघ संस्थाहरुद्वारा थारु संस्कृति झल्किने झांकी, डेलवा, झर्रा, झुमरा, रेकर्ड डान्स, पहिरन लगायत प्रदर्शनी र प्रतियोगिता समेत गरिएको गरिमा टोल बिकास संस्थाका झांकी व्यबस्थापन उपसमितिका संयोजक रिता कुमारी चौधरीले जानकारी दिनु भएको छ।
महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न कृष्ण बिहारी चौधरी, बद्री थारु, दिनेश कवँर सदस्य रहेको मञ्च ब्यबस्थापन उप समिति, गुरुदेव गौण संयोजक र महादेव थारु सह संयोजक रहेको खेल संचालन उपसमिति, मनोज चौधरी संयोजक रहेको आर्थिक उप समिति, सन्नु चौधरी संयोजक रहेको अतिथि सत्कार उपसमिति र महेश यादव संयोजक, विनोद चौधरी र पंडोही चौधरी सदस्य रहेको स्वयम सेवक परिचालन उपसमिति गठन गरिएको महोत्सवका सह संयोजक अशोक कुमार चौधरीले जानकारी दिनु भएको छ।
गरिमा टोल बिकास संस्थाका अध्यक्ष राजेश यादवको अध्यक्षता, सचिव महेश यादवको स्वागत तथा संचारकर्मी राज चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको झांकी ब्यबस्थापन उपसमितिका सह संयोजक गणेश चौधरीले जानकारी दिनु भएको छ।