२७ पुस, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ मा लागुऔषध दुर्ब्यसनी न्युनिकरण तथा ट्राफिक नियमको पालना सम्बन्धी एक दिने सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्र सम्पन्न भएको छ।
अभिमुखीकरण कार्यक्रमको शुभाम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जवसम्म मानविय सोंचमा सकारात्मक धारणाको बिकास हुन सक्दैन तवसम्म सभ्य समाजको कुनै पनि परिकल्पना गर्न नसकिने बताउनु भयो। मानविय बिकासका लागि त्यो समुदायको शैक्षिकस्तरमा बृद्धि हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले शैक्षिकस्तर बृद्धिका लागि उचित शिक्षा दिक्षा आवस्यक रहने बताउनु भयो। जवसम्म त्यो समाजमा उचित शिक्षाको बिकास हुदैन त्यो समाज तथा समुदायमा बिभिन्न बिकृति र बिसंगती तथा लागुऔषध दुर्ब्यसनी समेत बढ्ने उल्लेख गर्दै अध्यक्ष ढकालले समुदायमा हुने लागुऔषध दुर्ब्यसनी न्युनिकरणका लागि अभिभावक, बिद्यालय र समाजका अगुवाहरुको सहकार्य र समन्वय अनिवार्य रहने बताउनु भयो।
वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले लागुऔषध दुर्ब्यसनीको न्युनिकरणका लागि प्रहरी प्रशासन र स्थानीय तहको एकलो प्रयासले मात्र सम्भव नहुने बताउनु भयो। समुदायका हरेक हरेक सचेत नागरिक र अगुवा तथा अभिभावकहरुको सहयोग बिना र उनिहरुसंगको समन्वय र सहकार्य विना समाजको कुनै पनि बेथिति, बिकृति र दुर्ब्यसनीको अन्त्य गर्न असम्भव हुने वडा अध्यक्ष पौडेलले बताउनु भयो। सवारी चालक, सह चालक, सवारी धनीहरुमा ट्राफिक नियमबारे सही रुपमा जानकारी हुनु पर्ने र त्यसको सही पालना गरेमात्र सडक दुर्घटना समेत न्युनिकरण हुने वडा अध्यक्ष पौडेलले उल्लेख गर्नु भयो।
लागुऔषध दुर्ब्यसनी न्युनिकरण सम्बन्धी सचेतना दिदै ईलाका प्रहरी कार्यलय रुद्रपुका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले पछिल्लो समयमा कञ्चन लागुऔषध दुर्ब्यसनीको मुख्य केन्द्र बनिरहेको सन्दर्भमा त्यसको न्युनिकरणका लागि समुदायसंग समन्वय गर्नु आवस्यक रहेको बताउनु भयो। लागुऔषध दुर्ब्यसनीले गर्दा उसको घर परिवार, छिमेक, टोललाई नै अशान्ती र असाधारण परिस्थिती समेत सृजना गर्ने भएकोले समुदायमा आफ्नै गाउका वा घरका कुनै पनि ब्यक्ति तथा अपरिचित ब्यक्तीहरुबाट हुने शंकास्पद कृयाकलाप थाहा पाउनासाथ प्रहरीलाई जानकारी गराउन प्रहरी निरीक्षक शाहीले आग्रह गर्नु भयो।
यसैगरी आज नै भएको ट्राफिक नियम पालना सम्बन्धी सचेतना दिदै ईलाका प्रहरी कार्यालय रुद्रपुरका ट्राफिक प्रमुख तथा प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर पुनले कुनै पनि सवारी चालक तथा सहचालकले सावरी साधन चलाउनु भन्दा पहिले ट्राफिक नियमको आधारभुत ज्ञान अनिवार्य जानकारी हुनु पर्ने बताउनु भयो। सवारी धनीले पनि सवारी चालक अनुमती प्राप्त गरेका चालकहरुलाई मात्र आफ्नो सवारी साधनको जिम्मा दिनु पर्ने उल्लेख गर्दै प्रहरी सहायक निरीक्षक पुनले सवारी साधन चलाउदा कुनै पनि मादक पदार्थको सेवन गर्न नहुने बताउनु भयो। कुनै पनि सवारी साधन चलाउदा सडकको दायाँ र बायाँ राखिएका ट्राफिक नियमहरुको पालना गरी बिस्तारै गाडी हाँक्न आग्रह गर्नु भएको थियो।
ईलाका प्रहरी कार्यलय रुद्रपुरको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं. ५ को सहकार्यमा भएको कार्यक्रममा टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधि, आमा समूह, महिला समूह, युवा क्लवका अध्यक्ष तथा प्रतिनीधि, स्थानीय संघ संस्थाका प्रतिनीधि, सवारी चालक, सहचालक, सवारी धनी तथा स्थानीय लगायतको सहभागिता रहेको थियो । ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी नायब निरीक्षक धर्म कुमार खड्काले गर्नु भएको थियो भने कञ्चन ५ उत्तर भैसाही स्थित चित्रकुटीमा कार्यक्रम भएको थियो।