२७ पुस, कञ्चन
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा रुपन्देहीको आठौं साधारण सभा तथा चौथो अधिबेशन शुक्रवार सम्पन्न भएको छ। अधिबेशनले तुल बहादुर थापाको सभापतित्वमा ९ सदस्यिय कार्य समिति सर्बसम्मत निर्वाचित गरेको छ।
अधिबेशनले उपसभापतिमा हिमा बेलवासे, सचिवमा शसिधर सापकोटा, कोषाध्यक्ष राम बहादुर थापा, सह सचिवमा उमा ढकाल र सह कोषाध्यक्षमा दुर्गासिंह भण्डारीलाई सर्बसम्मत निर्वाचित गरेको छ। यस्तै सदस्यहरुमा खैसरा राना, सुशिला थापा, पोमनाथ ज्ञवाली, कल्पना गिरी र बिश्व थारुलाई निर्वाचित गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य तथा निर्वाचन मण्डलका संयोजक सावित्री थापाले जानकारी दिनु भएको छ।
यसैगरी अधिबेशनबाटै प्रकाश खनालको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति समिति निर्वाचित गरेको छ। लेखा समितिको सदस्यहरुमा हरि बहादुर थापा र पदम आचार्य रहनु भएको छ।
कार्यक्रमको उद्घाटन तथा नव निर्वाचित कार्य समितिलाई बधाई दिदै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले निःस्वार्थ रुपमा मानविय सेवामा समर्पित गराउने एकमात्र स्वतन्त्र संस्था नेपाल रेडक्रस सोसाइटीले संचालन गरेका हरेक मानविय कार्यहरुको प्रशंसा गर्नु भयो। संस्थाको स्थापना र संस्थाको नेतृत्व गर्नु ठूलो बिषय नभई त्यस संस्थाले संचालन गर्ने हरेक कृयाकलापहरुले समाजमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा नै महत्वपुर्ण रहने उल्लेख गर्दै पालिकाले पालिका भित्र संचालन गर्ने हरेक कार्यहरु पालिकाको समृद्धिसंग जोड्ने गरी संचालन गर्ने भएकोले ती कार्यहरुमा स्थानीय संघसंस्थाहरुसंगको सहकार्य र समन्वय अत्यन्त आवस्यक पर्ने अध्यक्ष ढकालले जोड दिनु भयो।
यसैगरी कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले रेडक्रसको मुल्य मान्यतालाई आत्मसात गरी बिभिन्न सामाजिक उत्तरदायित्व बहन गर्नु अनिवार्य रहेको उल्लेख गर्नु भयो। नेपाल रेडक्रस सोसाइटीको लामो समयदेखि आवद्ध भएर आफ्नो क्षमताले भ्याएसम्म मानविय सेवामा उत्प्रेरित हुदै आइरहेको उल्लेख गर्दै वडा अध्यक्ष सापकोटाले रेडक्रसको कञ्चन उपशाखा स्थापना भएपछि बिभिन्न समयमा देखा परेको बिभिन्न आपत र विपदमा निरन्तर लागि परेको स्मरण गर्दै सो कार्यक्रको स्रहाना समेत गर्नु भयो।
यसैगरी कञ्चन गाउपालिकाका प्रवक्ता चित्र तुलाचनले कुनै पनि स्थानीय तह होस या प्रदेश र संघमा स्थापित बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको कृयाशिलता र उनिहरुले संचालन गर्ने बिभिन्न सामाजिक उत्तरदायित्वका बिभिन्न कार्यहरुको उपलब्धीले त्यो क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यमा देखिने सुचाङ्कको आधार देखा पर्ने बताउनु भयो। बिश्वभर देखा परेको कोरोना महामारीको समयमा रेडक्रसक्रमीहरुको सेवाभावको सक्रियताको उच्च मुल्यांकन गर्दै प्रवक्ता तुलाचनले बाढी पहिरो, आपत र विपदहरुमा जहाँ आहत त्यहाँ राहत भन्ने नारा सहित मानविय सेवा खट्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको नव निर्वाचित नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना समेत ब्यक्त गर्नु भयो।
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सभापति गंगालाल पौडेलको सभापतित्व तथा सचिव तुल बहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा उपसभापति हिमा बेलवासेले स्वागत गर्नु भएको थियो। आगामी २ बर्षका लागि गठन हुने नयाँ कार्य समिति निर्वाचनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको प्रतिनीधिको रुपमा आउनु भएका जिल्ला सदस्य सावित्री सोमरेले नव निर्वाचित नयाँ कार्य समितिलाई सपथ ग्रहण गराउनुको साथै प्रमाण पत्र प्रदान गर्नु भएको थियो। निर्वाचन समितिमा भुवन कुमार गौतम र लोकनाथ भट्टराई सदस्य रहनु भएको थियो।
सभाले सोसाइटीका सभापति गंगालाल पौडेलद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन, कोषाध्यक्ष शसीधर सापकोटाद्वारा प्रस्तुत सोसाइटीको आर्थिक प्रतिवेदन तथा सचिव तुल बहादुर थापाद्वारा प्रस्तुत संस्थागत कार्य प्रगती प्रतिवेदन समेत सर्बसम्मत अनुमोदन गरेको छ।
नव निार्वचित समितिले प्रेस सल्लाहकार समितिको संयोजकमा कञ्चन खवर डटकमका प्रबन्ध सम्पादक जगी लाल थापालाई सदस्यहरुमा रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्य र आशिका ज्ञवलाीलाई मनोनयन गरिएको सोसाइटीका नव निर्वाचित सचिव शसिधर सापकोटाले जानकारी दिनु भएको छ। हरैयाको होटल द संस्कारमा सम्पन्न भएको अधिबेशनबाट निर्वाचित कार्य समितिले सोसाइटीको महिला सशक्तीकरण उप समितिमा सुमित्रा बुढाथोकी र रामकली थारुलाई मनोनयन गरिएको छ।