२७ पुस, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आ.व. २०७८/०७९ मा निर्माण कार्य शुरु गरेको फिटनेश सेन्टर (जिमहल)को शुक्रवार पालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको छ।
करिब २५ लाख रुपैयामा निर्माण सम्पन्न भएको फिटनेस सेन्टर र उक्त सेन्टरमा प्रयोग हुने सामाग्रीहरु हस्तान्तरण गर्दै अध्यक्ष ढकालले कुनै पनि सार्वजनिक बस्तु तथा स्थलहरुको संरक्षण र उपयोगितालाई बढी जोड दिनु पर्ने बताउनु भयो।
अध्यक्ष ढकालले राज्यले लगानी गरेको कुनै पनि क्षेत्रको संरक्षण र उपयोग अनिवार्य रहने बताउदै राज्यको ध्यान सबैतिर जान नसक्ने भएकोले ती क्षेत्र र स्थलहरुको संरक्षणको जिम्मा नजिकको स्थानीय संघसंस्थालाई लगाई त्यसको अपनत्व पनि तिनै संघसंस्थालाई बनाउने उद्धेश्यका साथ जिम हलको जिम्मा दिइएको अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले युवाहरुलाई समाजमा उत्पन्न भएका बिभिन्न बिकृति र बिसंगती तथा लागु औषध दुर्ब्यसनीमा टाढा राख्न पनि फिटनेस सेन्टरको महत्वपुर्ण भुमिका रहन सक्छ भन्ने उद्धेश्यका साथ यस वडामा जिमहलको रुपमा फिटनेस सेन्टर निर्माण गरिएको बताउनु भयो।
यसैगरी गाउपालिकाका प्रवक्ता चित्र तुलाचनले युवाहरुलाई बिभिन्न खेलकुदको माध्यमबाट समाज रुपान्तरण अभियानमा जोड्न आवस्यक रहेको बताउनु भयो। जिमहलको बाटो भएर आवत जावत गर्ने हरेक ब्यक्तिहरुले जिमहलको नियमित प्रयोग गरी युवाहरुमा शारिरीक र मानसिक रुपमा स्वस्थ र समाजको हरेक समृद्धिका लागि सदैव तत्पर रहेको देख्न र अन्य ठाउहरुमा कञ्चनको उदाहरण प्रस्तुत गर्न पाइएको अवस्थामा मात्र फिटनेस सेन्टर तथा जिमहलको उपयोगिताको अर्थ हुने प्रवक्ता तुलाचनले बताउनु भयो।
रुद्रपुरका युवा क्लवका अध्यक्ष लाल बहादुर थापाको अध्यक्षता तथा सचिव प्रकाश क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सुशिला थापा, वडा नं. ४ का वडा सदस्यहरु तुल बहादुर गुरुङ्ग, श्रमिाया नेपाली, कुल बहादुर श्रीस, स्थानीय लगायतको सहभागिता रहेको थियो भने क्लवका दृष्टि रानाले स्वागत गर्नु भएको थियो।
आज नै सोही कार्यक्रममा जिमहलको निर्माण कार्य सम्पन्न भई जिमहलमा प्रयोग हुने फिटनेस सामग्रीहरुको हस्तान्तरण स्थानीय रुद्रपुर युवा क्लवलाई हस्तान्तरण गरिएको हो।