२७ पुस, कञ्चन
बिहिवार ईलाका प्रहरी कार्यालय रुद्रपर रुपन्देहीको आयोजना तथा कञ्चन गाउपालिका वडा नं. ४ रुपन्देहीको सहकार्यमा कञ्चन ४ का चालक, सहचालक, टेम्पु चालक, टोल बिकास संस्थाका प्रतिनीधि, आमा समूह, महिला समूह तथा क्लवका प्रतिनीधिहरुलाई ट्राफिक नियमको पालना र लाागु औषध दुर्ब्यसनी न्युनिकरण सम्बन्धी एक दिने सचेतनामुलक अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता गर्दै ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले लागुऔषध दुर्ब्यसनी न्युनिकरण गर्न समाजका अगुवा, टोल विकास, आमा समूह, महिला समूह र क्लवहरुको मुख्य भुमिका रहने बताउनु भयो। दुर्ब्यसनी न्युनिकरणका लागि आफ्नो टोल छिमेकमा शंकास्पद ब्यक्तिहरुको असाधारण गतिबिधी देख्नासाथ प्रहरी प्रशासनलाई जानकारी दिने र परिवारका आफ्ना छोरा छोरीहरुको फरक ब्यबहार देखाएमा नम्र ब्यहार र बोलीबाट सम्झाई बुझाई गर्ने र उनिहरुको कृयाकलाप तथा संगतको बिशेष निगरानी गर्नु पर्नेमा प्रहरी निरीक्षक शाहीले जोड दिनु भयो।
लागु औषध दुर्ब्यसनीमा लागेका व्यक्तीहरुबाट घर परिवार र समाजमा समेत शान्ती सुरक्षामा खलल पुर्याउने, घरको आर्थिक र सामाजिक प्रतिष्ठामा असर पुर्याउने उनिहरुको ब्यक्तिगत रुपमा मानसिक असर समेत पुग्ने भएकोले समयमै आफ्ना छोराछोरीहरुको दैनिक कृयाकलापको नियमित निगरानी गर्न प्रहरी निरीक्षक शाहीले आग्रह गर्नु भयो।
यसैगरी कार्यक्रममा प्रहरी सहायक निरीक्षक तथा ट्राफिक प्रमुख कृष्ण बहादुर पुनले सडकमा सवारी साधन चलाउदा सडकको दायाँ र बायाँ राखिएका ट्राफिक नियम सम्बन्धी संकेतहरुको बिशेष पालना गर्न आग्रह गर्नु भयो। बिशेषगरी जाडोको समयमा बाक्लो हुस्सु र बादलकाका कारण सडक र सडकमा गुडिरहेका सवारी साधनहरु राम्रोसंग नदेखिने हुँदा दुर्घटनाको बढी जोखिम हुने भएकोले फोकस लाइट बालेर बिस्तारै सवारी साधन चलाउनु पर्ने ट्राफिक प्रमुख पुनले बताउनु भयो।
ट्राफिक प्रमुख पुनले आफुले चलाउन जानेछु भनेर चालक अनुमती पत्र विना गाडी चलाउदा ट्राफिक नियमको जानकारी नहुँदा दुर्घटना हुनसक्ने र त्यस्ता व्यक्तिहरुलाई कडा कार्वाही हुने बताउदै सकेसम्म सावरी धनीहरुले पनि चालक अनमुती पत्र नभएका कोही कसैलाई पनि सवारी साधनको जिम्मा दिन आग्रह गर्नु भयो।
यसैगरी कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चनलाई सुरक्षित यात्राको क्षेत्र र शुन्य लागुऔषध दु्रब्यसनी क्षेत्र बनाउन प्रहरी प्रशासन र जनप्रतिनीधिले मात्र सम्भव नहुने भएकोले सबै क्षेत्रका सभ्य नगारिकहरुसंगको संयुक्त पहल, समन्वय र सहकार्यले मात्र सम्भव हुने बताउनु भयो। यस्तै कार्यपालिका सदस्य सुशिला थापाले पालिकालाई राम्रो बनाउन, आफैबाट आफ्नै घरबाट शुरुवात गर्दै छिमेक, टोल र वडा हुदै पालिकालाई सभ्य नागरिकहरुको गाउ र पालिका बनाउन सकिने बताउनु भयो।
कञ्चन ४ को वगिया बजार स्थित दलित महिला संघको सभाहलमा सम्पन्न कार्यक्रममा चालक, सहचालक, टेम्पु चालक, टोल बिकास संस्थाका प्रतिनीधि, आमा समूह, महिला समूह तथा क्लवका प्रतिनीधिहरुको सहभागिता रहेको थियो।