२५ पुस, कञ्चन
राष्ट्रिय कवि भुपि शेरचन स्मृति प्रतिस्ठान बुटवलले शारिरीक तथा बौद्धिक अपाङ्गता भएका कञ्चनका ७० जना बिधार्थीहरुलाई न्यानो कपडा प्रदान गरेको छ। कञ्चन गाउँपालिकाको समन्वय तथा बन्धन शेरचन, होम कुमारी शेरचन, प्रताप तुलाचन र सोनी तुलाचनको संयुक्त सहयोगमा बिधार्थीहरुलाई उक्त न्यानो कपडा प्रदान गरिएको हो।
न्यानो कपडा वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभाका पुर्व सभासद भरत कुमार शाहले बिधार्थीहरुलाई उनिहरुले बुझ्नो सरल र स्नेही भाषा र बोलीमा ब्यबहारिक शिक्षा दिन सकियो भनेमात्र सहज रुपमा शिक्षा हासिल गर्न सक्ने बताउनु भयो। शिक्षा बिना कुनै पनि परिवर्तन र बिकासको कल्पना गर्न नसकिने भएकोले बिद्यालय तहबाटै उनिहरुले हासिल गर्ने शिक्षामा अनुशासन र नैतिकताको आधारभुत ज्ञान दिनु पर्नेमा पुर्व सभासद शाहले जोड दिनु भयो।
यसैगरी वडा नं.४ का केशर बहादुर खत्रीले शारिरीक तथा बौद्धिक अपाङ्गता भएका बिधार्थीहरुलाई पढाउन तथा लेखाउन सामान्य शिक्षकको क्षमताभन्दा बाहिर भएकोले उनिहरुको अभिब्यक्त गर्ने तरिका र भाव बुझ्न सक्ने शिक्षक तथा अभिभावकले मात्र सही समयमा सही शिक्षा दिन सक्ने बताउनु भयो। बौद्धिक तथा शारिरीका अपाङ्गता भएकाहरुलाई उनिहरुको कमजोरीमाथी गलत दृष्टिकोणबाट उनिहरुको मन दुख्नेगरी नाम राख्ने गर्नाले पनि उनिहरुमा अझ पिडा हुने भएकोले उनिहरुलाई दुर्ब्यबहार नगर्न नगराउन वडा अध्यक्ष खत्रीले आग्रह गर्नु भयो।
यस्तै कञ्चन गाउँपालिकाका प्रवक्रा चित्र तुलाचनले अवसर पाएको अवस्थामा शारिरीक तथा बौद्धिक अपाङ्गता भएकाहरुले पनि उनिहरुको क्षमता अनुसारको उपलब्धी हासिल गर्ने बताउनु भयो। आज हेयको दृष्टिले परिभाषित गरिएका फरक क्षमता भएका ब्यक्तिहरु भविष्यमा असाधारण उपलब्धी हासिल गर्ने भएकोले आफु सवालङ्ग छु भन्दैमा आज अपाङ्गता भएकाहरुलाई घृणा र दया नभई उनिहरु भित्र रहेको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने अवसर दिनु आवस्यक रहेको प्रवक्ता तुलाचनले बताउनु भयो।
कार्यक्रममा थकाली सेवा समाज बुटवलका अध्यक्ष लाल बहादुर गौचनले राष्ट्रिय कवि भुपि शेरचन स्मृति प्रतिष्ठानको माध्यमबाट शारिरीक तथा बौद्धिक अपाङ्गता भएका बिधार्थीहरुलाई न्यानो कपडा दिन पाउदा आफु निकै हर्षित र पुण्य कार्य गरेको अनुभुत भएको बताउनु भयो। प्रतिस्ठानबाट न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने बन्धन/होमकुमारी तथा प्रताप/सोनी तुलाचन प्रति समाजका अध्यक्ष गौचनले हार्दिक आभार समेत ब्यक्त गर्नु भयो
राष्ट्रिय कवि भुपि शेरचन स्मृति प्रतिष्ठान बुटवलका उपाध्यक्ष नेपाल तारा गौचनको अध्यक्षतामा न्यानो कपडा बितरण कार्यक्रमको संचालन रुद्रपुर माध्यमिक बिद्यालयका शिक्षक प्रकाश क्षेत्रीले गर्नु भएको थियो । रुद्रपुर माध्यमिक बिद्यालयमा भएको न्यानो कपडा वितरण गर्ने कार्यक्रममा कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भुसाल, जनप्रतिनीधि, बिधार्थी, अभिभावक, स्थानीय अगुवा, शिक्षक तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।