२५ पुस, कञ्चन/गोबिन्द आचार्य
सिकाइ प्रवर्द्धन परियोजना अन्तर्गत ३९० घण्टा अवधिको सिलाई बुनाई तालिम मंगलबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका र रम्भा गाँउपालिका पाल्पाको समन्वय तथा करुणा डचल्याड, जमर्नको अप्रेशनको आर्थिक सहयोग एवं ग्रीन तारा नेपाल, एडवान, रीड नेपालको साझेदारीमा भएको सिकाई बुनाई तालिमको सहजीकरण भने लुम्बिनी पोलिटेक्निक ईन्स्टिच्युट प्रा.ली.ले गरेको थियो ।
तालिमको समापन गर्दै कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले हरेक मानिस भित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजगारको अवस्था सिर्जना हुने बताउनु भएको छ । उहाँले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्न मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो ।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उपाध्यक्ष थापा मगरले बताउनु भयो । साथै स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । वहाँले कञ्चन गाँउपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा रीड नेपालका बोर्ड मेम्बर एंव कार्यक्रमका अध्यक्ष रामेश्वर प्रधानले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रदान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो । साथै महिलाहरुलाई निर्वाहमुखि सिप सिक्न अग्रसर हुन आग्रह गर्दै महिलाको जीवन स्तर अभिवृद्वि गर्न आउँदो दिनहरुमा यस्तै कार्यक्रमहरु संचालन गर्न आँफुले पहल गर्ने कुरामा प्रतिवद्वता जनाउनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले सिलाई बुनाई तालिमबाट आफूले केही सीप सिकेर आफ्नो जीवन चलाउन सहज हुने बताउदै आफुहरुलाई एडभान्स तालिमको पनि व्यावस्थापन गर्दिन आग्रह गरेका थिए । साथै तालिमको आयोजना गरेर केही सिप सिकी स्वरोजगार बन्ने अवसर दिएकोमा प्रशिक्षार्थीहरुले आयोजक संस्थालाई धन्यवाद दिएका छन ।
रीड नेपालका बोर्ड मेम्बर रामेश्वर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा रीड नेपालका प्रबन्धक कपिल प्रसाद पुरीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लुम्बिनी पोलिटेक्निक ईन्स्टिच्युट प्रा.ली.का प्रमुख अजुर्न अर्यालले गर्नुभएको थियो ।
कार्यक्रममा रीड नेपालका शिक्षा अधिकृत मिन प्रसाद रिजाल, जिविकोपार्जन अधिकृत टिकाराम पोखरेल, अरुण अर्याल, जिविकोपार्जन सहजकर्ता हिरालाल चौधरी र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
तालिममा १५ जना कञ्चनका र ४ जना रम्भा गाँउपालिका पाल्पाका गरि जम्मा १९ जना महिलाको सहभागीता रहेको थियो । यही असोज २५ देखि संचालन भएको तालिममा देवी थापाले प्रशिक्षण दिनुभएको थियो ।