२४ पुस, कञ्चन
थारु कल्याणकारी सभा, कञ्चन ईकाई समितिको आयोजनामा संचालन हुने तिन दिने माघी मेलाको पहिलो दिन खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज सम्पन्न भएको खुल्ला रक्तदान र्काक्रममा ६२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।
.रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका नवराज ढकालले आफ्नो जातिय भाषा, कला संस्कृति र परम्परालाई आफ्नो गौरवको पर्वको रुपमा मनाउदै गर्दा समाजको हित हुने कार्य सबैभन्दा ठूलो पर्व मनाउनु सरह भएको बताउनु भएको छ। थारु कल्याणकारी सभाले माघी पर्वको अवसरमा विविध कार्यक्रम सहित मानविय सेवाका लागि सञ्चालन गरिएको रक्तदान सबैभन्दा ठूलो पुण्यदान भएको अध्यक्ष ढकालले बताउनु भयो । बहुभाषिक, बहुजातिय, बहुधार्मिक तथा बहु संस्कृतिले सु सम्पन्न हाम्रो देशको गौरवमय परिचय नै विविधताको साझा फुलवारी भएको समेत अध्यक्ष ढकालले बताउनु भयो।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको थियो। यसैगरी आज नै हरैया फार्मेसीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी ६२ जनाको निःशुल्क सुगर तथा हेमोग्लोविन परिक्षण समेत गरिएको थियो।
यसैगरी आधारभुत बिद्यालय तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता समेत आजै सम्पन्न भएको छ। प्रतियोगितामा भैसाही माध्यमिक बिद्यालय प्रथम, हिमालय आधारभुत बिद्यालय द्वितिय, हरैया मँधयमिक बिद्यालय तृतिय भएको छ भने बालकल्याण आधारभुत बिद्यालय सान्त्वना भएको छ। कञ्चनका १२ बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता कञ्चन ५ को वडा कार्यालय परिसर भैसाहीमा सम्पन्न भएको सभाका सचिव बिष्णु थारुले जानकारी दिनु भएको छ।
तिन दिन सम्म संचालन हुने मेला अवधीभर हरैया फार्मेसीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने थारु कल्याणकारी सभाका अध्यक्ष पुर्णवासी थारुले जानकारी दिनु भएको छ। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष सांस्कृतिक तथा सांगेतिक प्रस्तुती रहने समेत आयोजकले जनाएको छ।
सभाका अध्यक्ष पुर्वावासीको अध्यक्षतामा सम्पन्न मेलाको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो। मेलामा थारु संस्कृतिसंग सम्बन्धित कला, झांकीहरु प्रस्तुत हुने छ।