२३ पुस, कञ्चन
हरैया बहुखी क्याम्पस, कञ्चन ३ हरैया रुपन्देहीमा क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यान सम्बन्धी अििभमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाको एकमात्र गौरवको शैक्षिक संस्थाको रुपमा रहेको हरैया बहुमुखी क्याम्पस उच्च शिक्षाका लागि उपयुक्त क्याम्पसको रुपमा बिकास भइरेको बताउनु भयो। स्थापनाकाल देखि नै क्याम्पसको शिक्षण क्रियाकलापमो कुनै दोष लगाउनु पर्ने ठाउको सृजना नगरी गुणस्तरिय शिक्षामा ठूला ठूला शहरमा संचालित क्याम्पसहरुको तुलनामा अव्वल बन्दै गइरहेको अध्यक्ष ढकालले बताउनु भयो। विश्व विद्यालय प्राप्त हुने हरेक अनुदान र गुणस्तर सुनिश्चितताका लागि पुरा गर्नु पर्ने सबै मापदण्डहरुलाई अक्षरशः पुरा गर्नमा पालिकाले के कस्तो सहयोग गर्नु पर्ने हो ती सबै पालिकाको क्षमता अनुसार सहयोग गर्ने अध्यक्ष ढकालले प्रतिवद्धता ब्यक्त गर्नु भयो।
कार्यक्रमका बिशिष्ट अतिथि तथा पालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफु क्याम्पस ब्यबस्थापन समितिको अध्यक्ष हुँदा क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यानका लागि प्रकृयाको शुरुवात गरेको भन्दै पालिकाको अध्यक्ष भएपछि पनि क्याम्पसलाई आर्थिक तथा भौतिक रुपमा पालिकाको क्षमता अनुसार आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने प्रचलनको नीतिगत रुपमा शुरुवात गरेको बताउनु भयो।
यसैगरी कार्यपालिका सदस्य तथा गाउँपालिकाका प्रवक्ता चित्र तुलाचनले उच्च शिक्षाका लागि संचालन भएको पालिकाको एकमात्र शैक्षिक संस्था रुपमा रहेको हरैया बहुमुखी क्याम्पसले आफुृलाई गुणस्तर शिक्षा दिनमा अव्वल सावित भएका छौं भनेर बिश्व विद्यालय आयोग समक्ष बिश्वस्त तुल्याउने प्रयासले अव पालिकाको मात्र नभई देशकै एक प्रतिस्थित क्याम्पसको रुपमा स्थापित भएको अनुभव ब्यक्त गर्नु भयो। ग्रामिण क्षेत्रमा रहेर पनि उच्च शिक्षाका लागि बलियो र बिश्वनियता कायम गर्दै गर्दा विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकालागि आवस्यक पुर्वाधार, जनशक्ती, प्रशासनिक अभिलेखिकरण र यस क्याम्पसबाट अध्ययन पुरा गरेका बिधार्थीहरुको अवस्था के कस्तो छ र उनिहरुले कहाँ के उपलब्धी हासिल गरे भन्ने कुराको तथ्यांक र मापदण्ड पुरा गर्न आवस्यक रहेको बताउदै प्रवक्ता तुलाचनले क्याम्पसलाई रुपन्देही मात्र नभएर देशकै नं. १ क्याम्पसको रुपमा बिकास गर्न सबै पक्षको सहकार्य र समन्वय हुनु जरुरी रहेको बताउनु भयो।
बिश्व बिद्यालय अनुदान आयोगबाट क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यानका लागि आवस्यक पुर्वाधार, मापदण्ड र जनशक्ती र क्याम्पस र सरोकारवालाले निर्वाह गर्नु पर्ने भुमिका लगायत बिषययमा विश्व विद्यालय अनुदान बिभागका उपनिर्देशक नारयण प्रसाद भण्डारीले सहजिकरण गर्नु भएको कार्यक्रममा पव्लिक क्याम्पस संघका केन्द्रिय उपमहासचिव तथा यज्ञोदय बहुमुखी क्यामपसका क्याम्पस प्रमुख टंक प्रसाद पौडेल, क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी शर्मा लगायतले समेत बोल्नु भएको थियो।
सामाजिक सम्बन्ध तथा सूचना व्यबस्थापन ईकाई समितिका संयोजक दीपक भुसालको अध्यक्षता, क्याम्पस प्रमुख प्रकाश खनालको स्वागतमा सम्पन्न कार्यक्रममा क्याम्पस ब्यबस्थापन समितिका उपाध्यक्ष लेखनाथ पौडेलले कार्यक्रमको औचित्यता र त्यसको आवस्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। क्याम्पस सभा सदस्य, जनप्रतिनीधि, अभिभावक, शैक्षिक तथा अगुवा अभियान्ता, बिभिन्न राजनैतिक दलका प्रतिनीधि, बिभिन्न बिद्यालका अध्यक्ष तथा प्रधानाध्यापक, बिधार्थी, पुर्व बिधार्थी समाजका प्रतिनीधि लगायत सरोेकारवालाहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा क्याम्पसका कार्यलय सहायक कपिलमणी पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो।