अहिले यो बजारी हिन्दुस्तानमा ‘युनिभर्सिटी’ बदलेर ‘यूनिव्रास्टी’ हुन जान्छ । तपाईँ हिन्दीका विश्वविद्यालयलाई हेर्नुस् । तिनीभन्दा त युनिव्रास्टी कैयौँ गुणा राम्रो छ । अङ्ग्रेजीको लैटर्न हिन्दुस्तानीमा लालटेन भन्न थाल्छ । कारको चेसिस बन्न जान्छ चेसी । स्पैनर बदलेर पाना हुन जान्छ । यसैगरी अरू पनि शब्द छन् । सैनिक जुन तारको मद्दतमा आफ्नो रायफल सफा गर्छन् । त्यसलाई अङ्ग्रेजीमा ‘पुलथु्र’ भनिन्छ । रोमन हिन्दुस्तानीमा यही शब्द ‘फुलत्रु’ बन्न जान्छ । कति सुन्दर शब्द छ । हलिउडको लाइटम्यान एक खास किसिमको दोहोरो ब्लेड कवरको ‘बार्न डोर’ भनिन्छ । हाम्रो बम्बई चलचित्र उद्योगमा यसलाई बदले ‘बाँदर’ गरी दियौँ । कति धेरै राम्रोे शब्द हो यो । यो हिन्दुस्तानी बोलीमा अत्यत ठुलो क्षमता छ । यसमा बढी सम्भावना छ । यो भाषाले अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक शब्दलाई बढी सजिलो गरी आफ्नो बनाउन सक्छ । यो हरेक भाषाका शब्द लिएर त्यसलाई आफ्नो रङ्गमा रङ्गाउन सक्छ । आफैँलाई थप धनी बनाउन सक्छ । संस्कृतको शब्दकोशतिर दौड्नुपर्ने कुनै आवश्यकता पर्दैन ।
मेरो यो भनाइमा मेरो साथीले सोधे, “तर लिपि किन रोमनमा ?” मैले जवाफ दिएँ, “किन भने रोमनको विरुद्ध कसैको कुनै पूर्वाग्रह छैन । यो एकलौटी लिपि हो । जुन भारतका पूरै जनता जान्दछन् । उत्तर, दक्षिण, पूर्व र पश्चिम, हर कुनाका जनता जान्दछन् । तपाईँ पसलको बाहिर यसै भाषामा बोर्ड लेखिएको देख्नुहुन्छ । सिनेमाको पोस्टरको यही भाषा हो । हामी खामको माथि ठेगाना लेख्ने बेला यही लिपि उपयोग गर्छौँ । पोस्टकार्डमा यही भाषा लेखिन्छ । पछिल्लो करिब ३० वर्षदेखि सेनाले पनि यही भाषा उपयोग गरिरहेको छ ।”
मेरो त्यो साथी केही समयसम्म चुप बसे । फेरि थोरै मुस्कुराए र बोले, “कामरेड, युरोपले पनि ऐस्परांतो (एक कृत्रिम सर्वराष्ट्र भाषा) को प्रयोग गरेको थियो । जार्ज बनार्ड शा जस्ता महान् बौद्धिकले आरम्भिक अङ्ग्रेजीलाई लोकप्रिय बनाउने धेरै कोसिस गरे । तर, उनको सारा कोसिस असफल भयो । यसकारण कि भाषाहरू मेसिनजस्तो अघि बढ्दैन । त्यो आफैँले आफ्नो खुट्टा पसार्छ ।”
यो जवाफले मलाई स्तब्ध बनायो । मैले भनेँ, “कामरेड, ऐस्परांतो त्यही राष्ट्रभाषा हो जसलाई हिन्दीका पण्डित केन्द्र बनाइरहेका छन् आफ्नो लेखमा । कुनै संस्कृत शब्दकोशको पानाबाट लिएर । म त त्यो भाषाको कुरा गरिरहेको छु जुन तिम्रो चारैतिर फैलिरहेको छ । त्यो भाषा जुन जनताका बिच उनीहरूको काम र सोचमा ठाउँ लिइरहेको छ ।”
तर, मेरो कुराबाट उनको कुराकानी (राब्ता) मिलेन । मैले तर्क दिइरहेँ । मैले यो पनि भने कि नेताजी सुभाषचन्द्र बोस र नेहरू पनि रोमन हिन्दुस्तानी उपयोगका पक्षपाती थिए । तर, मेरो साथी राजी भएनन् । अब प्रश्न के छ भने म सही थिएँ कि मेरो साथी ? सायद म गलत थिएँ । सायद मेरो सोच काल्पनिक थियो । मेसिनरी जस्तो थियो । जस्तो कि मेरो साथीले भने पनि । मैले त पहिला नै तपाईँलाई भनेको थिएँ । गाँठो सही छ या गलत । किनभने यो गाँठो फुकाउनुमा तपाईँको खुला सोच देखिन्छ । देखिन्छ, तपाईँ स्वतन्त्रतापूर्वक सोच्न सक्नुहुन्छ । मेरो साथीको यो कुरामा कमसेकम प्रशंसा गर्नुपर्छ । तर उनी यसमा गम्भीर भएनन् । किनभने आफ्नो परम्परामा चल्दै आएको सोच । आफ्नो सोच्ने बानीबाट अलग भएर कुनै नयाँ सोच्नु सा¥है गा¥हो हुन्छ होला ।
कुनै पनि देश तबसम्म विकास गर्न सक्दैन जबसम्म ऊ आफैँ आफ्नो निम्ति गम्भीर बन्दैन । आफ्नो हातको सहारामा उसको आँखा खुलोस् । आफ्नो दिमाग र शरीरको आधारमा ऊ सचेत बनोस् । आफ्नो मांसपेसीलाई मजबुत बनाउने अभ्यास गर्न उसले आफैँ सिक्नुपर्छ । उसले आफ्नो समस्या आफैँ पहिचान गर्नुपर्छ । ती समस्या आफ्नै तरिकाले समाधान गर्न आफैँ सिक्नुपर्छ । तर, म चाहे जुनसुकै तर्फ हेर्छु । त्यो पनि स्वतन्त्र भएको २५ वर्ष भइसक्यो । म देख्छु । हामी त्यो चरा समान छौँ । जसलाई धेरै लामो समयसम्म पिंजडामा थुनेपछि छोडिएको होस् । विचरा पंछीलाई थाहा छैन कि स्वतन्त्र भएर के गर्ने हो ? ऊसँग पखेटा छ । तर खुला आकाशमा माथि उड्न डराइरहेको छ । ऊ कैदमा नै रहन चाहेको छ । पिँजडामा नै रहन चाहेको छ ।
व्यक्तिगत र सबै गरेर हामी वाल्टर (जबर) माटोजस्तै छौँ । हामीभित्रको जिन्दगी हाम्रो बाहिरको जिन्दगी अलग छ । हाम्रो सोच र हाम्रो काम एमदम अलग अलग दिशामा छन् । हामी यो स्थितिलाई बदल्न चाहन्छौँ । तर, केही पनि नयाँ गर्न डराउँछौँ । यतिका लामो समयदेखि हामी जे गर्दै आएका छौँ त्यसबाट हटेर केही नयाँ गर्ने हामीभित्र साहस नै छैन ।
मलाई विश्वास छ, यो देशमा केही पुलिस अधिकारी यस्ता पनि होलान् जो आफ्नो मनमा जनतासँग मित्रता बनाउन चाहन्छन्† दुश्मन होइन । उनलाई थाहा होला कि बेलायतमा जनताप्रति पुलिसको व्यवहार नरम छ । तर, अङ्ग्रेजहरूले यहाँका पुलिसलाई त्यसरी तालिम दिएन । उनीहरूले जुन देशलाई उपनिवेश बनाएर राख्यो । त्यहाँ अलगै कथा छ । हिन्दुस्तानका पुलिसलाई जुन तालिम दिइयो । त्यसको अगाडि बाध्यता छ । यो अङ्ग्रेजहरूले नै सिकाएका हुन् । जसको कारण पुलिसहरू आफ्नो कार्यालयभित्र आउने जनतालाई आफैँमा आतङ्कित बनाएका छन् । जति सकिन्छ त्यति नै काम रोक्ने कोसिस गरिन्छ । त्यति नै असहयोगी उपाय लगाउँछन् । यहीँ परम्परा बाँकी कार्यालयहरूमा पनि छ । कर्मचारीदेखि मन्त्रीसम्म, सबैको यही हाल छ । हाम्रा एक युवा निर्माताले एक चलचित्र बनाए । चलचित्र के थियो, एक नयाँ किसिमको प्रयोग थियो । उसले सरकारसँग कुरा ग¥यो । किनभने उसको चलचित्रको करमा छुट मिलोस् । जुन मन्त्रालयमा यसको काम थियो । त्यसको भोलिपल्ट नै नयाँ मन्त्रीको शपथग्रहण हुँदै थियो । मन्त्रीले निमन्त्रणा दिएर निर्मातालाई कार्यक्रममा बोलाए । त्यो कार्यक्रमपछि दुईबिच चलचित्रको कर मिनाहा गर्ने विषयमा कुरा गर्ने काम थियो । निर्माता निकै खुसी थिए । मन्त्रीले जुन सहजतापूर्वक ऊसँग व्यवहार गरे त्यसबाट ऊ सा¥है प्रभावित भयो । जब मन्त्री पदको शपथ लिएर भनिरहेको थियो कि कसरी उनी इमानदारीपूर्वक जनताको सेवा गर्नेछ । ठीक त्यही समय मन्त्रीका सचिव त्यो निर्मातालाई सम्झाइरहेको थियो । कर मिनाहाको लागि मन्त्री र उनका साथीहरूलाई कति घुस दिइन्छ ।
यो कुराबाट त्यो निर्माता यति रिसायो कि यो घटना कसैगरी एक दृश्य आफ्नो चलचित्रमा राख्न चाहन्थे । तर उसको लगानीकर्ताले पहिला नै नोक्सान भोगिसकेका थिए । उनले निर्मातालाई भने कि केही पनि यस्तो उस्तो नगर । मानौँ, यदि त्यो निर्माताले चलचित्रमा यो दृश्य राख्यो भने पनि त सेन्सर बोर्डले चलचित्रलाई पास गर्न दिँदैन । किनभने, यो देशमा एक अलिखित कानुन चल्छ । पुलिस र मन्त्री कहिल्यै भ्रष्ट हुन्न ।
एक अर्को कुरा छ जुन मलाई निकै रमाइलो लाग्छ । जुन मानिस दैनिक यस्ता मन्त्रीको विरुद्ध चिच्याउँछ । उनी आफैँ पनि कुनै मन्त्री नबोलाइकन कुनै कार्यक्रम सम्पन्न गर्दैनन् । मन्त्री आएर उद्घाटन गर्छन् । कहिलेकाहीँ मन्त्री प्रमुख अतिथि र फिल्म स्टार अध्यक्ष हुन्छन् । कुनै न कुनै ख्यातिप्राप्त व्यक्तित्व कार्यक्रममा उपस्थित हुन अपरिहार्य हुन्छ । ठीक उसैगरी जस्तो साम्राज्यवादी परम्परामा हुने गर्दथ्यो ।
पछिल्लो लडाइँको समय मैले बेलायतमा चार वर्ष बिताएँ । म बीबीसीमा हिन्दुस्तानी उद्घोषणको काम गर्थें । त्यो चार वर्ष निकै मुश्किल थियो । त्यसक्रममा मैले कहिल्यै पनि बेलायती मन्त्रिपरिषदका एक सदस्यलाई पनि देखिन । तर, जब भारत स्वतन्त्र भयो । नेताहरू र मन्त्रीहरूबाहेक म अरू कोही देख्दिनँ । हरेक ठाउँमा यहीँ छ । सन् १९३० मा जब गान्धी गोलमेच सम्मेलनमा भाग लिन जानुभयो । त्यहाँ बेलायती पत्रकारहरूसँग भने भारतीय जनता अङ्ग्रेजी शासकको बन्दुक र गोलीलाई त्यस्तै सम्झन्छन् । जस्तो कि दीपावलीको दिन बच्चाहरू पटाकालाई सम्झन्छन् । गान्धीजीले यो कुरा यसकारण भने कि उनले हिन्दुस्तानीहरूको दिमागबाट अङ्ग्रेजहरूको डर निकालेर फ्याँक्नु थियो । गान्धीजीले सिकाए कि अङ्ग्रेज अधिकारीको अगाडि शिर नझुकाउनू । बरु उनीहरूलाई बेवास्ता गर्नू । उनीहरूलाई बहिष्कार गर्नू ।
ठीक यही तरिकाबाट यदि हामी आफ्नो देशमा समाजवाद चाहन्छौँ भने जनताको दिमागबाट पैसा, पद र सत्ताको डर निकाल्नुपर्छ । के हामी यसको लागि केही गरिरहेका छौँ ? विद्यमान समयमा हाम्रो समाजभित्र कसको ज्यादा इज्जत हुन्छ होला ? उसको जोसँग प्रतिभा छ या उसको जोसँग पैसा छ । यस्तो स्थितिमा के हामी कहिल्यै समाजवाद ल्याउनेबारे सोच्न सक्छौँ ? समाजवाद आउन, यसको पहिला हामीले एक विशेष खालको वातावरण सिर्जना गर्नुपर्छ । जहाँ अकुत पैसा कमाउने व्यक्तिलाई सम्मानको दृष्टिबाट नहेरोस् । हामीले यस्तो वातावरण बनाउनुपर्छ कि जहाँ श्रम गर्नेलाई सबैभन्दा धेरै इज्जत हुन्छ । फेरि चाहे त्यो शारीरिक होस् या दिमागले गर्ने मेहनत गर्छ । जहाँ प्रतिभाको, कौशलको, कलाको कदर होस् । यस्तो वातावरण बनाउनको लागि हामीमा नयाँ सोच चाहिन्छ । त्यो साहस चाहिन्छ जसको बलमा हाम्रो सोच्ने पुरानो तरिका टाढा फ्याँक्न सकोस् । के हामी क्रान्तिलाई सम्भाव्य बनाउने स्थितिमा छौँ ?
आजको मितिमा सायद हामीलाई एक मसिहाको जरुरी छ । यस्तो मसिहा जसले हामीलाई साहस दिइयोस्, संस्कार दिइयोस् । जो एक स्वतन्त्र देशको बासिन्दाहरूमा हुनुपर्छ । हामी सबैभित्र साहस उत्पन्न होस् । हामी आफ्नो भाग्य ती मानिससँग जोड्न सकौँ जसलाई शासन गर्न गइरहेको हुन्छ, अर्थात् जनता न कि उनीहरूसँग जो शासन गरिरहेका छन् । हामीमा शोषितहरूको लागि अनुभव होस् न कि शोषकहरूको जस्तै सोच्ने हामीमा समवेदना रहोस् ।
पन्जाबका एक महान् सन्त गुरु अर्जुन देवले भनेका थिए, (म त स्वर्गको व्यक्तिको सेवा गर्छु । म उनकै साथ बोल्छु । म उनकै साथ रहन्छु । म उनको पाइतलाको धुलो आफ्नो अनुहार र निधारमा लगाउँछु । मेरो आशा र मेरा इच्छा सबै यसैबाट नै पूरा हुन्छ ।)
म अपेक्षा गर्छुृ र प्रार्थना गर्छु कि जवाहरलाल विश्वविद्यालयका स्नातकहरूले यसरी नै सफलता हासिल गरुन् । जसरी मेरो र मेरो पिँढीको कसैले हासिल गरेका थिएनौँ । म जहाँ सफल हुन सकिनँ त्यहाँ तपाईँहरूलाई सफलता मिलोस् ।
अनुवाद : विजय
स्रोतः द ललनटप
–समाप्त