११ पुस, कञ्चन/दिनेश प्रसाद लोध
लुम्बिनी होटल संघ नेपालको आयोजनामा लुम्बिनीमा हुने सडक खाना महोत्सव सञ्चालन हुदैछ। यही पुस १५ गते (३१ डिसेम्बर २०२३) लुम्बिनीमा सडक खाना महोत्सवको हुने भएको हो ।
उक्त महोत्सव लुम्बिनी होटल संघ नेपाल प्रमुख आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोग रहने र महोत्सवको अन्तिम तयारी हुँदासम्म अन्य संघ संस्था र निकायहरुको समेत सहयोग रहने लुम्बिनी होटल सघका अध्यक्ष गोबिन्द ज्ञवाली जानकारी दिनु भएको छ।
आज लुम्बिनीमा भएको पत्रकार सम्मेलनमा लुम्बिनी होटल संघ नेपालको अध्यक्ष गोविन्द ज्ञवालीले खान पिनलाई सांस्कृतिकको अभिन्न अंगको रुपमा लिई महोत्सवलाई स्थानीय खानाका परिकारहरुका साथै लुम्बिनीमा रहेका अन्तर्ष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका खानाका परिकारहरुको समेत स्टलको रुपमा रहने जानकारी दिनु भएको छ। महोत्सवमा लुम्बिनीमा रहेका अन्तर्ष्ट्रिय विहारहरु समेतको सहभागितामा विविध अन्तराष्ट्रिय परिकारहरुको सहित महोत्सवलाई सांस्कृतिक महोत्सवको रुपमा स्थापित गर्न स्थानीय थारु समुदाय, मुिस्लम समुदाय, पश्चिमी तराईका ब्रामण समुदाय, नेवारी समुदाय, गरुङ्ग, मगर समुदाय आदिका खानाका परिकारहरुको साथै पाल्पाको झिनिया रोटी ,बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामि मिठाइ इम्रिति लगायतका खानेकुरा साथै महोत्सवमा नौमति, पञ्चेबाजा, भगडा नाच, बिरहा, थारु झुमराका साथै आधुनिक पप÷डिजे गीत संगीतको प्रस्तुति रहने संघका अध्यक्ष ज्ञवालीले जानकारी दिनु भएको छ।
महोत्सवबाट पर्यटन पर्वद्धनका लागि लुम्बिनी साँस्कृतिक तथा सडक खाना महोत्सव सडक मै खाँउ सडक मै रमाऔ भन्ने मुल नाराका साथ लुम्बिनीमा आएका पर्यटकलाई खाना तथा विविधि संस्कृतिक रुपमा सु सम्पन्न छ भन्ने चिनाउने र देखाउने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष ज्ञवालीले उल्लेख गर्नु भएको छ। महोत्सवले पर्यटकहरुलाई लुम्बिनीको विविध साँस्कृतिकसंग परिचित गराउनुका साथै खाना पर्यटनको पनि विकास गर्दै पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धन गर्नमा सहयोग गर्ने अध्यक्ष ज्ञवालीले बिश्वास ब्यक्त गर्नु भयो ।
विविध भाषा, जाती, धर्म, संस्कृति, रहन सहन र परम्पराले लुम्बिनी प्रदेश भरिपुर्ण रहेको सन्देश दिन र विविध जातजाति धर्म साँस्कृतिकको खानालाई विश्व भर परिचित गराई पर्यटन प्रबद्र्धन गराउने उद्धेश्यले संचालन गरिने महोत्सवले यस क्षेत्रमा प्रचलनमा रहेका विविध पौराणिक खानाको संरक्षण र प्रर्वद्धन गर्दै बजारीकरण गर्नमा थप सहयोग हुने आयोजकले जनाएको छ।
महोत्सवमा थारु, मधेसी, खाना, थाई, चाईनिज कन्टिनेन्टल, ब्राह्मण, मगर, गुरुङ्ग, थकाली लगायत १० देखि १५ विभिन्न जात जातिका खानाका परिकार एकै ठाँउमा चाख्न पाईने व्यवास्था गरिएको अयोजक लुम्बिनी होटल संघ नेपालले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। महोत्सवमा लुम्बिनी आउने पर्यटकहरुका लागि लुम्बिनीका होटलहरुमा कोठा भाडामा १५ प्रतिशत छुटको समेत ब्यबस्था गरिएको संघका अध्यक्ष ज्ञवालीले जानकारी दनु भएको छ। महोत्सवमा करिब ३० देखि ४० हजार पर्यटकहरु आएर लुम्बिनीको सडकमा रमाउने र सडकमै खाना खाई आनन्द लिने आयोजकले जनाएको छ।
संघका अध्यक्ष गोविन्द ज्ञवालीकोअध्यक्षता तथा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा
संघका बरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, उपाध्यक्ष शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरण प्रसाद कण्डेल, सचिब भुपेन्द्र गुरुङ लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। सह