#हरिबहादुर श्रेष्ठ
स्तालिनले यो लेख १९१३ को सुरुमा लेखेर सिध्याउनुभयो र प्रोस्मेश्चेनीमा ‘जातीय प्रश्न र समाजवादी प्रजातन्त्र’ शीर्षकमा १९१३ को ३, ४ र ५ अङ्कमा छापियो । त्यो लेख लेनिनले सा¥है मन पराउनुभयो र महत्वपूर्ण पनि मान्नुभयो । लेनिनले त्यसलाई जातीय समस्याबारे बोल्शेविक सिद्धान्त र कार्यक्रमको जग मान्नुभयो ।
१९१३ फेब्रुअरीको बिचमा क्राकोमा पार्टीको केन्द्रीय अधिवेशन भयो । त्यसमा ड्युमाका बोल्शेविक प्रतिनिधिहरूले पनि भाग लिएका थिए । त्यसबेला लेनिन र क्रुप्सकाया त्यही बस्नुहुन्थ्यो । क्राकोमै लेनिन र स्तालिनले एक आपसमा नजिकैबाट अध्ययन गर्ने मौका पाउनुभयो । जातीय प्रश्नबारे दुवैजना छलफल गर्नुहुन्थ्यो र बुद्धिचाल पनि खेल्नुहुन्थ्यो ।
अधिवेशनपछि स्तालिन रुस फर्कनुभयो र प्राब्दाको प्रकाशन र निर्देशनमा लाग्नुभयो । २३ फेब्रुअरी १९१३ को दिन सेन्ट पिटसवर्गको पार्टी समितिले कालाश्निकोभ भन्ने भवनमा एक सभा बोलाएको थियो । गुप्तचरहरू सभामा घुसिसकेका थिए । त्यसो त गुप्तचरहरू जाल फैलाउनमा जार प्रसिद्ध थियो । ती गुप्तचरहरूलाई छलेर उम्कन स्तालिनले अनेक छल गर्नुभएको थियो, तर सफल हुनु भएन र पक्राउ पार्नुभयो । उहाँ ४ वर्षको निम्ति टुरुखान्सजस्तो टाढा दुर्गम इलाकामा निकालिनुभयो । पहिले उहाँ कोस्तिनो भन्ने ठाउँमा राखिनुभयो तर धेरैचोटि भाग्नुभएकोले उहाँलाई त्यसपछि अत्यन्त जाडो ठाउँ उत्तरी सुमेरुको कुरिका भन्ने ठाउँमा सारियो ।
१९१४ मा पहिलो विश्व युद्धको सम्भावना बढ्दै गयो । बेलायत, फ्रान्स र रुस एक साम्राज्यवादी गुट थियो । रुस चाहिँ युक्रेन, पोल्यान्ड र बाल्टिक प्रदेश हत्याउन र आधा टर्की लिएर भूमध्यसागर जाने बाटो कब्जा गर्न चाहन्थ्यो । रुस, अष्ट्रिया र हङ्गेरीको गैलेशिया भन्ने प्रदेश पनि लिन चाहन्थ्यो ।
जर्मनी, बेलायत र फ्रान्सको उपनिवेश हत्याउन चाहन्थ्यो । विश्वको बजारमा जर्मनीको मालसामानले बेलायती सामानलाई धकेल्दै थियो । त्यसकारण, बेलायत पनि जर्मनीलाई ध्वस्त पार्न चाहन्थ्यो र टर्की, इराक र प्यालेस्टिन कब्जा गरेर मिश्रमा आफ्नो जग बलियो बनाउन चाहन्थ्यो ।
१८७०–७१ को लडाइँमा जर्मनीले फ्रान्सको आलसास र लोरेन प्रान्त हात पारेको थियो । आलसास र लोरेख प्रान्त कोइला र फलामको निम्ति नामुद थियो । त्यसकारण, फ्रान्स त्यसलाई फिर्ता लिन चाहन्थ्यो । दुवै साम्राज्यवादी गुटका देशहरू अरू कमजोर देशहरूमाथि हमला गरेर आफ्नो उपनिवेश बनाएर र सामान बेच्ने बजार बनाउन चाहन्थे । अगस्त १९१४ को दिन जर्मनीले रुससँग लडाइँको घोषणा ग¥यो । ३ अगस्तको दिन उसले फ्रान्समाथि र ४ अगस्तको दिन बेल्जियममा धावा बोल्यो । त्यसै दिन बेलायतले जर्मनीमाथि हमला ग¥यो । ६ अगस्तको दिन अष्ट्रिया र हङ्गेरीले रुसमाथि धावा बोले ।
११ अगस्तको दिन फ्रान्स र बेलायत मिलेर अष्ट्रिया र हङ्गेरीमाथि हमला गरे । पछि इटालीचाहिँ जर्मनी–अष्ट्रिया गुटबाट अलगियो र टर्कीचाहिँ जर्मनी–अष्ट्रिया–हङ्गेरी गुटमा लाग्यो । युद्धमा जापान, अमेरिका र अरू देशहरू पनि सामेल भए । साम्राज्यवादी युद्ध वास्तवमा लुटपाट गर्ने एक सबभन्दा ठुलो हुलहुज्जत थियो ।
स्तालिन संसारको परिस्थिति, पार्टी र लेनिनबाट अलग पारिनुभयो । निर्वासनको ठाउँ मस्कोबाट ५–६ हजार माइल टाढा थियो । कुरैका गाउँ भासिलो र झारपाते इलाका थियो । उहाँ एक किसानको घरमा बस्नुभएको थियो । त्यहाँ एक सानो जेल, एक अस्पताल र एउटा पुलिस चौकी थियो । खानेकुरामा त्यहाँ माछा र भुवादार जनावरको मासुमात्र पाइन्थ्यो, गहुँको रोटी पनि मुस्किलले पाइन्थ्यो । स्तालिन त्यहाँ जाल बुनेर माछा मार्नुहुन्थ्यो र सिकार खेल्न कोसौँसम्म हिँड्नुहुन्थ्यो । डेरामा बत्ती थिएन र मैनबत्ती बालेर लेखपढ गर्नुहुन्थ्यो । घरका केटाकेटीले सा¥है दुःख दिन्थे तैपनि उहाँ हरेक दिन केही न केही लेखिहाल्नुहुन्थ्यो । कालापानीको जीवन सा¥है दिक्कलाग्दो त जरुरै थियो, तर सङ्घर्षदेखि उहाँ निरास हुनुहुन्नथ्यो । अरू राजनैतिक बन्दीहरू आपसमा स–साना कुरालाई लिएर झैझगडा गर्थे । स्तालिन त्यस्ता सानातिना झगडामा लाग्नुहुन्नथ्यो र एकान्तमा बसेर आफ्नो काम गर्नुहुन्थ्यो । त्यसबेला लेनिन स्विट्जरल्यान्डमा हुनुहुन्थ्यो ।
स्तालिन र लेनिन हजारौँ माइल टाढा भए पनि चिठीपत्रबाट सम्पर्क कायमै थियो । लेनिनले साम्राज्यवादी युद्धको विरोध गर्नुभयो । साम्राज्यवादी युद्धलाई मजदुरवर्गले गृहयुद्धमा फेरि दिने सिद्धान्त अघि सार्नुभयो । मुखले समाजवादी र कामले साम्राज्यवादी नीतिको समर्थन गर्ने दोस्रो इन्टरनेसनलका समाजवादी–साम्राज्यवादी नेताहरूलाई पनि लेनिनले उदाङ्याइदिनुभयो । स्तालिनले उहाँको युद्ध र शान्ति, गृहयुद्ध र क्रान्तिको नीतिको समर्थन गर्नुभयो । १९१५ को एक दिन कालापानीमा निकालिएका बोल्शेविकहरूको एक बैठक भयो । मोनास्टिस्कोये गाउँमा भएको त्यस बैठकमा उहाँले कामेनेभजस्ताको हुतिहारा बयानको निन्दा गर्नुभयो ।
बोल्शेविक पार्टीले स्तालिनलाई कालापानीबाट मुक्त गर्ने निर्णय लियो । तर, मेलिनोवस्कीजस्ता विश्वासघातीहरूले पार्टी निर्णयलाई सरकारसम्म पु¥याइदियो । त्यसकारण, स्तालिनमाथि सरकारले अझ कडा पहरा दिन थाल्यो र स्तालिन एचिन्स भन्ने ठाउँमा सारिनुभयो । पुलिस उहाँको छायाजस्तै पछि लाग्न थाल्यो तर रुसमा क्रान्तिको लहर फैलिरहेको थियो ।
युद्धमा रुस हार्दै गयो । सरकारले किसानहरूलाई सिपाहीँ बनाउँदै गयो । त्यसले खेती उत्पादन घट्न थाल्यो । देशको सबै पुँजी हातहतियार, फौजी सामान र रसदमा खर्च गरियो । त्यसबाट अरू औद्योगिक उत्पादनको काम पनि रोकियो । मालसामानको भाउ बढ्दै गयो । बेकारी समस्या चकिंँदै गयो । जनतामा करको बोझ र अत्याचार बढ्नाले असन्तोष फैलिंदै गयो ।
९ जनवरी १९१७ को दिन सेन्टपिटसवर्ग, मस्को, बाकू र अरू सहरहरूमा हडताल सुरु भयो । सेन्टपिटसवर्गको त्यस जुलुसमा सिपाहीहरूले पनि भाग लिए । १८ फेबु्रअरीको दिन पिटसवर्गको पुतिलोप कारखानाका मजदुरहरूले जुलुसमा भन्ने नारा लगाए ‘युद्ध मुर्दावाद’ ‘जारतन्त्र मुर्दावाद’ र ‘हामीलाई रोटी देऊ !’
२६ फेब्रुअरीदेखि राजनैतिक हडताल र प्रदर्शन सुरु गरियो । मजदुरहरूले पुलिसहरूको हातहतियार खोसे र भिड्न थाले । पुलिस र मजदुरहरूको बिचमा गोली हानाहान भयो । राजनैतिक हडताल एक विद्रोहमा फेरियो । बोल्शेविक पार्टीले नारा दियो – जार सरकारलाई उल्टाइदेऊ । अस्थायी सरकार बनाऊ । जनताको प्रजातान्त्रिक सरकार स्थापना गर, जमिनदारहरूको जग्गा जफत गर र किसानहरूलाई बाँड । सरकारले जनतालाई गोली हान्न आदेश दिँदा सेनाले गोली हान्न अस्वीकार ग¥यो । २७ फेब्रुअरीको दिन ६० हजार सेना जनतासँग मिल्न आए । मजदुर र सिपाहीहरू मिलेर जार सरकारका मन्त्रीहरूलाई गिरफ्तार गरे । जेलमा थुनिएका क्रान्तिकारीहरूलाई जेलबाट छुटाए । सेनाले जनविरोधी पुलिसमाथि नियन्त्रण ग¥यो र जारतन्त्र पल्टियो । मजदुरवर्गले पार्टीहरू कब्जा ग¥यो र अस्थायी सरकार बनायो । रुसमा पुँजीवादी क्रान्ति सफल भयो ।
मार्च महिनामा स्तालिन कालापानीबाट फर्कनुभयो र स्विट्जरल्यान्डमा लेनिनलाई तार पठाउनुभयो । १२ मार्चको दिन उहाँ रुसको राजधानी पिटसवर्ग पुग्नुभयो । पार्टीको केन्द्रीय समितिले उहाँलाई प्राब्दा चलाउने जिम्मा दियो । बोल्शेविक पार्टीका महत्वपूर्ण नेताहरू टाढा–टाढाका जेल र कालापानीबाट फर्कँदै थिए । अस्थायी सरकार लेनिनलाई देशभित्र आउन बाधा दिइरहेको थियो । पार्टी भूमिगत अवस्थामा भित्रबाट बाहिर निस्क्यो । त्यसपछि स्तालिन पुँजीवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने काम गर्न थाल्नुभयो । मोलोतोभ र अरू साथीहरूसँग मिलेर उहाँले लेख्नुभयो ‘‘मजदुर र सिपाहीहरूको सोभियत प्रतिनिधिहरूले अरू ठाउँका सोभियत (प्रतिनिधिसभा) हरूसँग सम्बन्ध राखेर मजदुर र सिपाहीँहरूको प्रतिनिधिहरूको केन्द्रीय सोभियतसँग जोड्नुपर्छ र त्यसलाई जनताको क्रान्तिकारी शक्तिको अभिन्न अङ्गको रूपमा बलियो बनाउनुपर्छ । ’’ ‘युद्ध’ भन्ने लेखमा उहाँले भन्नुभयो कि अस्थायी सरकारले सत्ता हातमा लिए पनि युद्धको साम्राज्यवादी चरित्रमा कुनै फरक आएको छैन र १९१४ देखि १९१७ सम्मको लुटपाट र अन्यायपूर्ण युद्धलाई पुँजीवादी अस्थायी सरकारले पनि कायमै राखेको छ ।
स्तालिनले मोलोतोभ र अरू साथीहरूसँग मिलेर अस्थायी सरकारलाई साम्राज्यवादी सरकार भनेर ‘अविश्वास’ गर्ने सिद्धान्त अगाडि बढाउनुभयो । मेन्सेविक, समाजवादी क्रान्तिकारीहरू र कामेनेभजस्ता अस्थायी सरकारको समर्थन गर्ने अर्धमेन्सेविकहरूलाई ‘रक्षावादी’ भनेर निन्दा गर्नुभयो । ३ अप्रिल १९१७ को दिन लेनिन विदेशबाट रुस फर्कनुभयो ।
२४ अप्रिल १९१७ को दिन बोल्शेविक पार्टीको सातौँ सम्मेलन भयो । सम्मेलनमा लेनिनले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने सिद्धान्त अघि सार्नुभयो । स्तालिनले रुसी जातिको थिचोमिचोबाट अरू जातिका जनतालाई स्वतन्त्र गर्न र समानताको आधारमा जातीय राज्यहरू बनाउन अधिकार दिने सिद्धान्त अघि सार्नुभयो । त्यस सिद्धान्तले विभिन्न जातिहरूको बिचमा मजदुर एकता बलियो हुन्थ्यो र अन्तर्राष्ट्रिय पुँजी र सङ्कीर्ण राष्ट्रवादमाथि मजदुर आन्दोलनले विजय प्राप्त गर्न सक्दथ्यो । कामेनेभ, राईकोभ, जिनोवियव,प्याताकोभ, बुखारिनजस्ता चमेराहरूले लेनिन र स्तालिनको सिद्धान्तको विरोध गरे पनि बहुमत प्रतिनिधिहरूले समर्थन गरे । पार्टीले केन्द्रीय समितिको एक राजनैतिक ब्युरोको व्यवस्था ग¥यो । राजनैतिक ब्युरो (समिति) अध्यक्ष मण्डल वा कार्यकारिणी समितिजस्तै थियो । मे १९१७ मा स्तालिन राजनैतिक समितिको सदस्य चुनिनुभयो । त्यसबेलादेखि उहाँ पिटसवर्ग (पट्रोग्राड) मा लेनिनसँग बसेर काम गर्नुभयो । लेनिनकै रेखदेखमा उहाँ क्रान्तिकारी आन्दोलनको खफिस हुँदै जानुभयो । प्राब्दा र सोल्दासकाया प्राब्दा (‘सत्य’ र ‘सैनिक सत्य’) जस्ता अखबारहरूको सम्पादन र पेट्रोगाडका चुनावहरूको निर्देशन पनि गर्दै जानुभयो ।
१८ जून १९१७ को दिन स्तालिनले लेनिनसँग मिलेर अस्थायी सरकारको विरोधमा पेट्रोग्राडका ४ लाख मजदुरहरूको एक जुलुसको आयोजना गर्नुभयो । २० जूनको दिन स्तालिन सोभियतहरूको राष्ट्रव्यापी महाधिवेशनको कार्यकारिणी समितिमा चुनिनुभयो ।
३ जुलाईको दिन पनि पेट्रोग्राडमा फेरि मजदुरहरूको जुलुस भयो । पार्टीको नारा थियो– ‘युद्ध, मुर्दावाद’ र ‘सारा सत्ता सोभियतलाई देऊ ।’ प्रदर्शनमा अस्थायी सरकारले गोली चलायो । पेट्रोग्राड मजदुरहरूको रगतले भिजेर रातो भयो । लेनिनमाथि राजद्रोहको मुद्दा चलाइयो । अस्थायी सरकारले लेनिनलाई पक्राउ पुर्जी पठायो । लेनिन फेरि लुकेर काम गर्न बाध्य हुनुभयो । त्यसबेलादेखि पार्टी केन्द्रीय समितिको सबै काम स्तालिनको निर्देशनमा चालु भयो ।
रुसी क्रान्तिको नेतृत्वमा स्तालिन
स्तालिन अब पार्टीको व्यवहारिक गतिविधिको केन्द्र बन्नुभयो । विभिन्न नाउँबाट निस्कने केन्द्रीय पार्टी मुखपत्रहरूलाई निर्देशन दिँदै जानुभयो । २६ जुलाईदेखि ३ अगस्तसम्म पार्टीको आठौँ महाधिवेशन गुप्तरूपले भयो । लेनिन सम्मेलनमा हाजिर हुनुभएन । लेनिनकै निर्देशनअनुसार स्तालिनले स्वेर्दलोब, मोलोतोब र बोर्जेनिकित्ससँग मिलेर महाधिवेश अगाडि बढाउनुभयो । जुलाईको गोली काण्डदेखि देशको परिस्थिति फेरिसकेको थियो र स्तालिनले राजनैतिक रिपोर्टमा भन्नुभयो, “क्रान्तिको शान्तिमय सिलसिला टुङ्ग्यो, एक शान्तिविहीन, भिडन्त र विद्रोहको सिलसिला सुरु भएको छ ।” त्रात्सकीवादीहरूले पश्चिममा सर्वहारा क्रान्ति भएपछि मात्रै देश समाजवादतर्फ अगाडि बढ्नसक्छ भन्ने सिद्धान्त अगाडि सारे । स्तालिनले लेनिनको सिद्धान्तलाई अगाडि बढाउनुभयो, “यो कुरो सम्भावनाबाट पर छैन कि रुस नै समाजवादको बाटोमा लाग्ने पहिलो देश हुनेछ । हामीलाई युरोपले मात्रै बाटो देखाउन सक्नेछ भन्ने पुरानो विचारलाई त्याग्नुपर्छ । माक्र्सवाद कोरा सिद्धान्त र रचनात्मक दुई किसिमको हुन्छ । म रचनात्मक माक्र्सवादको पक्षमा छु ।” स्तालिनको वाक्य एक भविष्यवाणी बन्यो । रुस समाजवादको बाटोमा लाग्ने पहिलो देश बन्यो । अस्थायी सरकारलाई बलपूर्वक उल्टाइने छ, किसानवर्गको सहयोगबाट सर्वहारावर्गले सत्ता छिन्नेछ । बैठकले बैङ्क र कलकारखानालाई राष्ट्रियकरण गर्ने र किसानहरूलाई जग्गा दिने नीति स्वीकार ग¥यो । बुखारिनले किसानहरूसँगको मित्रताको विरोध ग¥यो । स्तालिनले गरिब किसानलाई मजदुरवर्गको साथी र क्रान्तिका सहयोगी हुन् भनेर भन्नुभयो । कामेनेभ, राइकोव, ट्राटस्कीहरू लेनिनलाई अदालतमा हाजिर गराउने पक्षमा थिए । पुँजीपतिवर्ग र अस्थायी सरकार लेनिनलाई मार्ने षड्यन्त्र गर्दै थिए । स्तालिनले हाजिर हुन जाने विचारको चर्को विरोध गर्नुभयो । सोभियत जनता, पार्टी र मानव जातिको निम्ति स्तालिनले लेनिनको ज्यान जोगाउनुभयो । बैठकले माथिदेखि तलसम्मका पार्टी समितिको चुनाव गर्ने, वर्गीय सङ्गठनहरूले पार्टीलाई रिपोर्ट दिने, बहुमतको अनुशासन मान्ने, माथिल्लो समितिको निर्णय तल्लो समितिले मान्ने, दुई पार्टी सदस्यको सिफारिसमा सदस्यता दिनेजस्ता जनवादी केन्द्रीयताको नीतिलाई स्वीकार ग¥यो । पार्टी बैठकले मेजरायोन्सी, उसका साथीहरू र उसका नेता ट्राटस्कीलाई पार्टीमा भर्ना ग¥यो । त्यस बैठकले पास ग¥यो – “साथीहरू, नयाँ लडाइँको निम्ति तयारी गर । दृढता, बहादुरी र शान्तिपूर्वक, नभड्किकन, आफ्नो शक्ति बटुल र आफ्नो लडाकु दल बनाऊ । मजदुर र सिपाहीँहरू, पार्टी झन्डाको मुनि जम्मा होऊ !”