६ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चन गाउापालिका वडा नं. ४ ले आफ्नो वडाका टोल बिकास संस्थाका पदाधिकारीहरुका लागि अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।
वडाका १६ वटा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रममा वडा सचिव चक्रपाणी पौडेलले टोल बिकास संस्थाको गठन, काम कर्तव्य र अधिकारको बारेमा सहजिकरण गर्नु भएको थियो।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले वडाको हरेक बिकास तथा योजनाहरुलाई पारदर्शी तथा गुणस्तरिय र दिगो बनाउन टोल बिकास संस्थाहरुको मुख्य भुमिका हुने बताउनु भयो। जनप्रतिनीधि तथा कर्मचारीहरुको नजर सबै क्षेत्रमा पुग्न नसक्ने भएकोले आफ्नो गाउ र टोलमा के गर्ने, के भइरहेको छ, त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे आवस्यक सुझाव टोल बिकास संस्थाका पदाधिकारीहरुले दिएको अवस्थामा मात्र बार्षिक योजना तथा कार्यक्रम संचालन गर्न सहज हुने वडा अध्यक्ष खत्रीले बताउनु भयो।
यसैगरी वडा सदस्य तथा कार्यपालिका सदस्य सुशिला थापाले टोल बिकास संस्था भनेको स्थानीय तहमा नजिकको जनप्रतिनीधि सरह भएको बताउनु भयो। टोल विकास संस्थासंगको सहकार्य र समन्वयमा वडाको समुचित बिकास गर्न सहज हुने भन्दै कार्यपालिका सदस्य थापाले कञ्चन गाउँपालिकालाई समृद्ध बनाउने मुख्य दायित्व टोल बिकास संस्थाहरुको पनि हुने उल्लेख गर्नु भयो।
अभमिुखीकरण कार्यक्रममा सहजिकरण गर्दै वडा सचिव पौडेलले समदुायमा शान्ती, सुरक्षा र अमनचयन कायम गर्न सहयोग गर्ने, सामुदायिक सदभाव, सहिष्णुता र भाइचाराको विकास गर्न टोल बिकासको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । टोल बिकास संस्थाको कुनै काम छैन भन्ने टोल विकास संस्थाका पदाधिकारीहरुले टोलमा हनुे परम्परागत जात्रा मेला, पर्व तथा समारोहको व्यबस्थापनमा सहयोग तथा टोलमा रहेका सार्वजनिक तथा ऐलानी जग्गा सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूवाृधारहरुको संरक्षण गर्न र अतिक्रमण हुन नदिनुटोल बिकास संस्थाको मुख्य जिम्मेवारी रहने वडा सचिव पौडेलले बताउनु भयो।
कार्यक्रममा वडा सचिव पौडेलले घरेलु हिंसा, यौनजन्य हिंसा, मानव तस्करी, बाल आश्रम, तथा बाध्यात्मक श्रम, छाउपडी लगायतका सामािजक अपराध तथा खरावीहरुको अन्त्य गर्न जनचेतना अभिबृद्धि गर्ने, टोलमा उद्यम बिकाससंग सम्बन्धित कार्यक्रम संचालन गर्न आवस्यक सहजिकरण गर्नु टोल बिकास संस्थाहरुको मुख्य भुमिका रहने बताउनु भयो।
यसैगरी वडा नं. ४ का प्राविधिक कर्मराज शर्माले आफ्नो गाउँ र टोल हुने हरेक कार्यहरुको लागत अनुमानको आधारमा काम भइरहेको छ की छैन भनेर उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरुको निगरानी र अनुगमन गर्नु पर्ने बताउनु भयो।
वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १६ टोल बिकास संस्थाका ३२ जनाको सहभागिता रहेको थियो।