#हरिबहादुर श्रेष्ठ
रुसको दक्षिण—पश्चिम भागमा काकेशिया भन्ने एक पहाडी इलाका छ । त्यसलाई काकेशश वा ट्रान्सककेशिया भन्ने चलन छ । काकेशिया मट्टीतेल, रक्सी, गहुँ र सुर्ती खेतीको इलाका थियो । त्यहाँ तिफिलिस भने एक अञ्चल छ । त्यस अञ्चलमा दिदिलियो भन्ने एउटा गाउँ छ । त्यस गाउँमा जुगुशविली भन्ने एक किसान बस्थे । उनी फाटेको जुत्ता सिउने काम गर्थे । पछि उनी तिफलिसकै एक जुत्ता कारखानामा काम गर्न थाले । त्यहाँको चलनअनुसार उनले १३–१४ वर्षकी एक जर्जियाली जातकी केटीसँग बिहा गरे । त्यस केटीको नाम एकातेरिना थियो । तिनी एक किसानकी छोरी थिइन् ।
बाल्य जीवन
एकातेरिना दयामाया भएकी धर्मात्मा महिला थिइन् । तिनीबाट तीनवटा केटाकेटी भए र बच्चैमा खसे । तर, तिनीबाट २१ डिसेम्बर १८७९ को दिन तिफलिसको गोर्की भन्ने सहरमा एक बालक जन्म्यो । त्यस बालकको नाम ‘शोशो’ राखियो ।
आमा एकातेरिना एक विचारवान महिला थिइन् । तिनी शोशोलाई जाने–बुझेका मानिस बनाउन चाहन्थिन् । बाबु जुगुशविली छोराको पढाइमा वास्ता गर्दैनथे । शोशोको गाउँमा कुनै स्कूल थिएन । यसकारण, एकातेरिनाले छोरोलाई ‘गोरी’ भन्ने एक सहरमा लगिन् र १८८८ को कार्तिक–मङ्सिरतिर एक प्राथमिक धार्मिक पाठशालामा भर्ना गरिदिइन् । त्यसबेला शोशो ८ वर्षका थिए ।
शोशो सा¥है मेहनती र पढ्ने केटा थिए । उनी आफूभन्दा ठुलालाई मान्थे । खानपिनको राम्रो बन्दोबस्त नभएकोले उनको जीउ दुब्लो–पातलो थियो । सात वर्षको उमेरमा उनी एकचोटि बिरामी पनि भए । उनकी आमा उनलाई अति माया गर्थिन् । बाबु छोरोलाई जुत्ता सिउने काममै लगाउने चाहन्थे ।
शोशो ११ वर्षको मात्र हुँदा उनका बाबु खसे । शोशोको बाबु मरेपछि आमालाई धेरै दुःख भयो । छोरालाई कसरी हुर्काउने हो भन्ने सा¥है पिर पर्न थाल्यो । एकातेरिनाले लुगा सिउने काम गर्न थालिन् । राति अबेलासम्म लुगा सिएर पैसा कमाउँथिन् । त्यस कमाइबाट हात–मुख जोर्थिन् र छोरालाई पढाउँथिन् । सानो बालक शोशोको नाम पछि जोसेफ राखियो ।
१८९४ मा पाठशालाको पढाइ सिध्याएपछि शोशो तिफलिसको एक धर्मशास्त्रको स्कूलमा भर्ना भए । शोशो अब १५ वर्षका युवक भए । तिफलिस त्यसबेला जर्जियाको राजधानी थियो र गोरीदेखि तिफलिससम्म रेलको बाटो थियो । रलेको बाटो खुलेपछि त्यहाँ औद्योगिक कारखानाहरू खुल्न थाल्यो । खास गरेर बाकुमा तेलका उद्योग सुरु भयो । त्यहाँ पुँजीवादले पाइलो हाले पनि सामन्तवादको चकचकी बाँकी नै थियो । रुसको राजा जारले ट्रान्स्ककेशियालाई एक उपनिवेशको रूपमा थिचोमिचो गरिराखेको थियो ।
त्यो बेला रुसमा औद्योगिक पुँजीवादको विकास भइरहेको थियो । त्यस सँगसँगै मजदुर आन्दोलनको विकास र माक्र्सवादको पनि प्रचार भइरहेको थियो । एकातेरिना छोरालाई एक पुरोहित बनाउन चाहन्थिन् । हाम्रो देशका महन्त वा भिक्षुले जस्तै त्यहाँ पुरोहितले धर्मको शिक्षा दिने काम गर्दथ्यो ।
तिफलिस एक राजधानी भएकोले त्यहाँ धेरै स्कूल र कलेजहरू थिए । लेखक, कवि, कलाकार, नेता र बुद्धिजीवीहरू धेरै थिए । त्यहाँ समाजवाद र क्रान्तिकारी विचारहरू फैलिरहेको थियो । हरेक स्कूल र कलेजहरूमा त्यस्तै राजनैतिक कुराकानी र छलफल हुन्थे । शिक्षक र प्रोफेसर, युवक र विद्यार्थीहरूमा क्रान्तिको विचारधाराले जग हालिसकेको थियो ।
शोशो पढ्ने स्कूलमा पनि समाजवाद र क्रान्तिकारी कुरा गर्ने विद्यार्थीहरूको एक सङ्गठन थियो । त्यहाँ नरोदनिकदेखि माक्र्सवादजस्तो अन्तर्राष्ट्रिय विचारसम्म प्रचार भइरहेको थियो । ती सङ्गठनहरूमा तिनीहरू भित्रभित्र लुकीछिपी छलफल गर्थे, कार्ल माक्र्स र कम्युनिस्टहरूको किताब पढ्थे । १५ वर्षको उमेरमा शोशो पनि त्यस्ता किताबहरू पढ्ने गुप्त सङ्गठनमा भर्ना भए । पछि उनी त्यस गुप्त अध्ययन गोष्ठीको एक नेता भए ।
शोशो १७ वर्ष पुगे । उनी स्कूलको पढाइ लेखाइमा भन्दा देश र जनताको विषयमा बढी पिर लिन्थे । उनले समाजवाद र क्रान्तिको गहिरो अध्ययन गर्न थाले । कार्ल माक्र्सको ‘पुँजी’ र ‘कम्युनिस्ट घोषणापत्र’ र कम्युनिस्ट किताबहरू खुब ध्यान दिएर पढ्न थाले । १६ वर्षको उमेरमा उनी जर्जियाली सामाजिक–जनवादी मजदुर पार्टीको सदस्य भए । सामाजिक–जनवादी मजदुर पार्टीको नाम पछि कम्युनिस्ट पार्टी राखियो । शोशो त्यस पार्टीको गुप्त बैठकहरूमा भाग लिन थाले । स–साना पर्चा लेखेर माक्र्सको सिद्धान्तलाई प्रचार गर्न लागे । माक्र्सको सिद्धान्त र विचारधारालाई माक्र्सवाद भनिन्छ । त्यसैबेला उनले लेनिनको नरोदनिकवादको विरोधमा लेखिएको ‘कानुनी माक्र्सवाद’ र ‘अर्थवाद’ भने लेख पढ्न पाए । त्यसबाट उनी प्रभावित भए र लेनिनसँग सम्बन्ध राख्ने विचार गरे ।
बाल्यवस्थामा स्तालिन
स्कूलबाट निकाला
त्यसबेला रुसमा जार राजाले राज्य गर्दथ्यो । रुसको राजालाई जार भनिन्छ । जार बडो अत्याचारी राजा थियो । उसले आफ्नो देशको जनतालाई दबाइराखेको थियो । अरु जातिहरूलाई टाउको उठाउन दिँदैनथ्यो, किसान, मजदुर र काम गरेर खाने सबै जनतालाई असाध्य चुस्दथ्यो ।
जारले आफ्नो देशका जनतालाई मात्रै सताउँदैनथ्यो । बरु उसले छिमेकी देशमा पनि लुटपाट र चुस्ने काम गर्दथ्यो । सधैँ एक न एक छिमेकी देशमा धावा बोल्थ्यो । सबै सानातिना र निर्बलिया छिमेकी देशहरूलाई खान्थ्यो† लडाइँ गथ्र्याे । धेरै लडाइँ गर्दा आफ्नो देशका सिपाहीँहरू पनि मारिन्थे । सिपाहीँहरू गरिब जनताकै छोराछोरी हुन्थे । यसकारण, गरिब जनता युद्ध र जारलाई मन पराउँदैनथे ।
अर्काको देशलाई खाने, छिमेकी देशका जनतालाई मारकाट चलाउने र चुस्ने सरकारलाई त्यहाँका कम्युनिस्टहरू मन पराउँदैनथे । कार्ल माक्र्स र कम्युनिस्टहरूको किताबमा कसरी धनीहरूले गरिबहरूलाई चुस्छन् भने कुरो लेखिएको हुन्थ्यो । कसरी जारले जनतालाई दुःख दिन्छ भनेर लेखेको हुन्थ्यो । यसकारण, शोशोलाई त्यस्तो किताब खुब मन पर्दथ्यो ।
शोशो रेलमा काम गर्ने मजदुरहरूको सङ्गठनमा गुप्तरूपले काम गर्थे । त्यहीँ उनले राम्रो कम्युनिस्ट शिक्षा पाएका थिए । मजदुरहरू नै उनका पहिला शिक्षकहरू थिए । १८९८ तिर उनी भर्खर १९ वर्षका जवान थिए । दर्शनशास्त्र, राजनैतिक विज्ञान, अर्थशास्त्र, इतिहास, प्राकृतिक विज्ञान र अनेक सैद्धान्तिक र राम्रा राम्रा साहित्यहरू सा¥है चाख लिएर पढन थाले । उनी एक पढेलेखेका माक्र्सवादी बने ।
जार सा¥है जाली राजा थियो । उसले स्कूल कलेज अड्डा–अदालत जहाँ तहाँ गुप्तचरहरू राखेको थियो । शोशो पढ्ने स्कूलमा पनि गुप्तचरहरू थिए । गुप्तचरहरूले जारलाई मन नपराउने मान्छेहरूको नाम र तिनीहरू कामलाई चियो गर्थे । अनि सब कुरा जार र उसका पुलिसहरूलाई उजुर गर्थे । त्यस्ता गुप्तचरहरूले शोशोलाई पनि शङ्का गर्न थाले ।
एकदिन शोशोको कोठामा पुलिस र गुप्तचरहरूले अचानक खानतलासी लिए । खानतलासीमा कार्ल माक्र्सको एउटा पुस्तक भेटाइयो । सरकारले त्यो पुस्तक जफत ग¥यो र २९ मई १८९९ का दिन शोशोलाई स्कूलबाट निकालिदियो । तर, २० वर्षका शोशो अलिकति पनि डराएनन् । उनी फूर्तिसाथ उभिरहे । उनको सिद्धान्त राम्रो छ भन्ने कुरो मनमा थियो । उनी देश र जनताको सेवा गर्थे । उनको विचारमा स्वार्थी भावना थिएन । त्यसैले उनको टाउको सधैँ सिधै रहन्थ्यो । बरु पुलिस र गुप्तचरहरू उनीसँग थरथर काँप्थे । किनभने शोशो जारको गद्दीलाई उल्टाएर फाल्न चाहन्थे । गद्दीलाई पल्टाउने र हुकुमलाई उल्टाउने कामलाई नै क्रान्ति भनिन्छ । शोशो साँचो क्रान्तिकारी थिए । निःस्वार्थी निडर हुन्छ भने कुरो शोशोलाई लागू हुन्थ्यो । उनी मजदुर गोष्ठीहरूमा प्रचारका काम गर्थे, गुप्त बैठकहरूमा भाग लिन्थे । पर्चा लेख्थे र हडतालहरू गर्थे । तिफलिसका उनी एक अगाडि बढेका सर्वहाराको रूपमा चिनिन थाले ।
स्कूलबाट निकालेकोमा शोशोलाई अलिकति पनि चित्त दुखेन । किनभने, अब उनी सानो अबुझ बालक थिएनन् । उनी अब माक्र्सवाद र क्रान्तिको कुरा बुझ्ने भइसकेका थिए । स्कूलबाट निकालेको खबरले उनकी आमा रोइन् । तर, शोशो आमाले चित्त दुखाउनुहोला भनेर कहिले राजनीतिको कुरा गर्दैनथे ।
स्कूलबाट निकालेपछि शोशो विद्यार्थीहरूलाई पढाएर जीविका गर्न थाले । केही दिनपछि एउटा अड्डामा कारिन्दा भए । दिउँसो अड्डाको काम गर्थे र राति क्रान्तिकारी काममा लाग्थे । शोशो त्यसबेला मजदुरहरूको सङ्गठनमा लागे । शोशोले आफ्नो गुप्त नाम स्तालिन राखेतिफलिसको समाजवादी प्रजातान्त्रिक मजदुर सङ्गठनलाई ‘मेशामेह डासी’ भनिन्थ्यो । त्यसका नेताहरू स्तालिन, केत्सीभेलि र त्सुलुकिड्ज थिए । उनी पर्चा छर्ने र रात्रि सभाहरू गर्थे । जारतन्त्रको विरोधमा राजनैतिक जुलुस र प्रदर्शनहरू गर्थे । तर, मेशामेह डासीका केही तत्वहरू आर्थिक मागबारे मात्रै सङ्घर्ष गर्न चाहन्थे, तिनीहरू राजनैतिक सङ्घर्ष गर्न चाहँदैनथे । स्तालिनले त्यस खोटो र सानो मौका छोप्ने अवसरवादी विचारसँग सङ्घर्ष गर्न थाल्नुभयो । त्यसैबेला लेनिनको एक साथी भिक्टोर कनाटोभस्कीसँग उहाँको सम्बन्ध भयो । डिसेम्बर १९०० मा लेनिनको ‘इस्क्रा’ (फिङ्लिगो) निस्क्यो । स्तालिनले ‘इस्क्रा’ सँग आफ्नो विचारमा मेल देख्नुभयो । अगस्त १९०० महिनामा मिखाइल कालिनिनको नेतृत्वमा रेलवे मजदुरको एक हडताल भयो । मिखाइल कालिनिन पिट्सवर्गबाट निर्वासित कार्यकर्ता थिए ।
युवा अवस्थामा स्तालिन
पेशेवर क्रान्तिकारी
२२ अप्रिल १९१० मा तिफलिसको केन्द्रमा स्तालिनले अन्तर्राष्ट्रिय मजदुर दिवस’ को जुलुस आयोजना गर्नुभयो । त्यस जुलुसबारे लेनिनको ‘इस्क्रा’ ले ऐतिहासिक महत्व भएको घटना भनेर स्वागत ग¥यो । काकेशशको मजदुर आन्दोलनमा त्यसको ठुलो प्रभाव प¥यो । काकेशशमा बढ्दै गइरहेको मजदुर आन्दोलनबाट जार सरकार तर्सिन थाल्यो । त्यसलाई दबाउन झन् अत्याचार गर्न थाल्यो । २५ मार्च १९०१ मा पुलिसले स्तालिन काम गर्ने भौतिक प्रयोगशाला र डेरामा खानतलासी ग¥यो । स्तालिनलाई समात्न पुर्जी जारी गरिएको थियो । यो कुरा थाहा पाउनासाथै स्तालिन गुप्तवास बस्नुभयो । स्तालिन एक पेशेवर क्रान्तिकारी बन्नुभयो ।
१९०१ सेप्टेम्बर महिनामा स्तालिन र केत्सीभेली मिलेर ‘ब्रडजोला’ (सङ्घर्ष) भन्ने एक अखबार निकाल्नुभयो । जर्जियाको त्यो पहिलो नकानुनी समाजवादी–प्रजातान्त्रिक खबर कागत थियो । पहिलो अङ्कको सम्पादकीय स्तालिनले लेख्नुभएको थियो । सम्पादकीयमा भनिएको थियो, “मजदुर आन्दोलनको प्रश्नलाई सरलरूपले उत्तर दिनु, सैद्धान्तिक प्रश्नहरूको व्याख्या गर्नु, सङ्घर्षमा मजदुरवर्गको अगुवाइलाई बुझाउनु, वैज्ञानिक समाजवादमा ध्यान दिनु र मजदुरविरोधी सबै गतिविधिको विरोध गर्नु नै यसको मुख्य उद्देश्य हो ।”
१९०१ नोभेम्बर – डिसेम्बरमा ब्रड्जोलाको अर्को अङ्क निस्क्यो । स्तालिनले त्यसमा ‘रुसी समाजवादी प्रजातान्त्रिक पार्टी र त्यसका अहिलेका कामहरू’ भन्ने एक महत्वपूर्ण लेख लेख्नुभयो । तिफलिसमा रुसी, जर्जियाली र रोमेनियाली भाषामा पर्चा निस्किन्थ्यो । लेनिनको इस्क्रामा त्यसको बयान गरिएको हुन्थ्यो ।
स्तालिनले आफ्नो सा¥है मिल्ने साथी केत्सीभेलीसँग मिलेर बाकुमा एक गुप्त छापाखानाको बन्दोबस्त गर्नुभयो । बाकु त्यसबेला काकेशशको सबभन्दा ठुलो सर्वहारा केन्द्र थियो । तिफलिस दोस्रो र बाटुम तेस्रो सर्वहारा केन्द्र थियो । ११ नोभेम्बर १९०१ मा तिफलिसका समाजवादी–प्रजातान्त्रिक मजदुर पार्टीको एक सम्मेलन भयो । स्तालिन पार्टी समितिको एक सदस्य चुनिनुभयो । उहाँ तिफलिसमा धेरै दिन बस्नुभएन र बाटुममा काम गर्न जानुभयो ।
बाटुममा स्तालिनले राजनैतिकरूपले अगाडि बढेका मजदुरहरूसँग सम्बन्ध राख्नुभयो र समाजवादी प्रजातान्त्रिक अध्ययन गोष्ठीहरू बनाउनुभयो । गुप्तरूपले छाप्ने ठाउँ मिलाउनुभयो र चर्का चर्का पर्चाहरू लेखेर कारखाना र गाउँमा प्रचार र सङ्गठन गर्न थाल्नुभयो । फेब्रुअरी १९०२ मा बाटुममा एक पार्टी सम्मेलन गर्नुभयो र कारखानामा हडतालहरू हुन थाल्यो । ९ मार्च १९०२ मा बाटुममा उहाँले एक राजनैतिक जुलुस निकाल्नुभयो । त्यस जुलुसमा स्तालिन आफैँ अगाडि बस्नुभएको थियो । त्यो घटना हडताल र राजनैतिक जुलुसको उदाहरण दिन लायकको एक व्यावहारिक चाँजोपाँजो थियो । त्यो जुलुस अर्थवादीहरूमाथि एक झटारो थियो । स्तालिन मजदुरहरूका ‘मजदुर शिक्षक’ को रूपमा देखापर्नुभयो ।
बाटुमको पार्टी सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तमा जग हालेको पार्टी थियो । त्यसमा जर्जियाली, अरमेनियाली, अजरबैजानियाली र रसियाली जातिका राजनैतिकरूपले अगाडि बढेका मजदुरहरू थिए । त्यसमा जातपात र सङ्कीर्णताको निम्ति कुनै ठाउँ थिएन । लेनिनको पार्टीमा काकेशियाको पार्टी सर्वहारा अन्तर्राष्ट्रवादको एक नमुनाको पार्टी थियो ।
बाटुममा बढ्दै गएको मजदुर आन्दोलनले सरकारलाई सा¥है अप्ठ्यारो पा¥यो । गोलमाल गर्ने ‘मुख्य मान्छे’ समात्न पुलिसले सहरमा छापा मार्न थाल्यो । २ अप्रिल १९०२ मा स्तालिन पक्रिनुभयो र बाटुम जेलमा राखिनुभयो । पछि उहाँ कुटाइस भन्ने सा¥है खराब जेलमा सारिनुभयो । १९ अप्रिल १९०३ मा स्तालिन बाटुममै लगिनुभयो । जेलमा उहाँले आफूलाई क्रान्तिकारी कामबाट कहिल्यै अलग्ग राख्नुभएन ।
१९०३ को मार्च महिनामा काकेशियाको समाजवादी—प्रजातान्त्रिक सङ्गठनहरूको एक सम्मेलन भयो । स्तालिन जेलमा हुनु भए पनि उहाँ समितिमा छानिनुभयो । १७ जुलाई १९०३ मा रुसी समाजवादी—प्रजातान्त्रिक मजदुर पार्टीको दोस्रो महाधिवेशन भयो । पहिले बेल्जियमको राजधानी ब्रसेल्समा गुप्तरूपले हुँदै थियो । बेल्जियम पुलिसले प्रतिनिधिहरूलाई देश छोड्न भन्यो । पछि बेलायतको राजधानी लण्डनमा गएर बैठक टुङ्ग्याए । त्यस महाधिवेशनमा २६ सङ्गठनका ४३ प्रतिनिधिहरू थिए । ती प्रतिनिधिहरू धेरै गुटमा विभाजित थिए । बहुमत इस्क्रावादीहरू थिए । तर, त्यसमा नक्कली समर्थकहरू मिसिएका थिए । केही अर्थवादी र यहुदी जातिवादी समाजवादी—प्रजान्त्रवादी थिए जसलाई बुँद पनि भनिन्थ्ये । तिनीहरू लेनिनको सर्वहारा हुकुम, किसानहरूको सहयोग, जातिहरूको आत्मनिर्णयको अधिकारलाई मान्दैनथे । लेनिन एक अनुशासित र क्रान्तिकारी पार्टी चाहनु्हुन्थ्यो र तिनीहरू खुकुलो र फितलो पार्टी बनाउन चाहन्थे । महाधिवेशनमा लेनिनका इस्क्रावादीहरूको बहुमत थियो । त्यसलाई रुसी भाषामा बोल्शेविक (बहुमत) गुट भनिन थाल्यो । त्यो बैठक खोटो विचारहरूको विरोधमा माक्र्सवादको विजय थियो । महाधिवेशनमा भाग लिएर फर्केका प्रतिनिधिहरूमार्फत स्तालिनले पार्टी मतभेदबारे थाहा पाउनुभयो । स्तालिनले लेनिन र बोल्शेविकहरूको अडानको पक्ष लिनुभयो ।
१९०३ शरद्को बेला स्तालिन पूर्वी साइबेरियाको इर्खुटस्क प्रान्तको नोभाया–उदा भन्ने गाउँमा तीन वर्षको निम्ति निकाला गरिनुभयो । साइबेरिया सा¥है जाडो ठाउँ हो । जारको बेलामा राजनैतिक कार्यकर्ताहरूलाई कालापानीको सजाय दिँदा साइबेरिया पठाउँथ्यो वा निकाला गथ्र्यो । लेनिनले एकजना मानिसद्वारा स्तालिनसँग सम्बन्ध राख्नुभयो र पार्टीको काम, पार्टी बनावट र गतिविधिबारे विचार आदानप्रदान गर्नुभयो । स्तालिन पार्टी कामको निम्ति अधैर्य हुनुभयो र ५ जनवरी १९०४ मा कालापानीबाट भाग्नुभयो । फेब्रुअरी १९०४ मा उहाँ काकेशशको बाटुम र तिफलिस पुग्नुभयो । स्तालिन सालाखाला २ वर्ष जेल र कालापानीमा रहनुभयो ।
१९०४ मा रुस र जापानको बिचमा लडाइँ सुरु भयो । मजदुर र किसानहरूको जीवन दुःखमा हुन थाल्यो । मजदुर र किसान आन्दोलन पनि बढ्दै गयो । तर, मेन्सेविक (अल्पमत) हरू आर्थिक आन्दोलनमात्रै चलाउन चाहन्थे । लेनिनले त्यस खोटो विचारको विरोधमा चर्को सैद्धान्तिक सङ्घर्ष थाल्नुभयो । स्तालिन अरु साथीहरूसँग मिलेर बाटुम, चियाटुरी, कुटाइस, तिफलिस, बाकु, जर्जिया आदि ट्रान्सकाकेशियाका विभिन्न ठाउँहरूमा सक्रिय भएर सङ्गठन गर्न लाग्नुभयो । त्यस इलाकामा स्तालिन लेनिनको विचार मुख्य खम्बा हुनुहुन्थ्यो । मेन्सेविक विचारसँग स्तालिनले छिनोफानो हुने गरी सङ्घर्ष गर्नुभयो । सैद्धान्तिक विचारमा स्तालिन मुलाहिजा र सम्झौता गर्नुहुन्नथ्यो ।