२ पुस, कञ्चन
लुम्बिनी प्रदेशकै एकमात्र उत्कृष्ट बिद्यालय लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिवविध कार्यक्रम गरी सम्पन्न भएको छ।
बिद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसको मुख्य समारोहको उदघाटन गर्दै नेपाल सरकार, लुम्बिनी प्रदेश, सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता (सिके)ले कुनै पनि कार्यको थालनी तोकिएको समयमा गर्ने बानीको बिकास नभएसम्म कुनै क्षेत्रमा बिकासको गति अगाडी बढ्न नसक्ने बताउनु भयो। जसले समयको महत्वलाई प्राथमिकतामा राखेर आफुलाई चलायमान बनाउछ त्यो ब्यक्ती नै सफलताको हरेक शिखरमा पुग्ने उल्लेख गर्दै सामाजिक बिकास मन्त्री गुप्ताले नेपालको शैक्षिक तथ्यांकमा पाचौं उत्कृष्ट र लुम्बिनी प्रदेशकै एकमात्र उत्कृष्ट बिदालयमा दर्ज गराउन यहाँका अभिभावक, बिद्यालय ब्यबस्थापन समिति, बिधार्थी तथा सामाजिक अगुवाहरुको समन्वय, एकता, सहकार्यको प्रतिफल भएको बताउनु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सामाजिक बिकास मन्त्री गुप्ताले कुनैपनि शिक्षालयहरुमा राजनैतिक हस्तक्षेप र बोलवालाहरुको हालीमुहालीको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले सन १९८०को दशक सम्म भौतिक बिकासलाई जोड दिइदै आएको र मानविय र सामाजिक बिकास नभएसम्म कुनै पनि बिकासको गति नबढ्ने र बढे पनि त्यसको दिगो बिकास हुन नसक्ने भन्दै १९८० को दशक देखि मानविय बिकासका लागि शैक्षिक बिकासमा जोड दिदै आएको बताउनु भयो। सभ्य समाज निर्माण गर्न समाजलाई बुद्धिजीविकरण बनाई समुन्नत कञ्चन बनाउन कञ्चनका हरेक बिद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, अभिभावक, बिद्यार्थी र समाजका अगुवाहरुको नियमित अगुमन र चासो बढाउन आवस्यक रहेको अध्यक्ष ढकालले बताउनु भयो।
युवा, खेलकुद तथा शिक्षा बिकास शाखाका प्रमुख रमेश भुसालले कञ्चनको शैक्षिक स्तरलाई माथी उठाउन गाउपालिकाले बिभिन्न बिषयगत प्रशिक्षकहरुको ब्यबस्थापन गरी शिक्षक तालिम प्रदान गर्दै आइरहेको बताउदै शिक्षालाई पहिलो प्राथमिकताको रुपमा पालिकाले लिदै आइरहेको बताउनु भयो।
बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयको शैक्षिक अवस्थामा क्रमिकरुपमा बृद्धि हुदै गएको र लुम्बिनी प्रदेशमै सर्बोकृष्ट बिद्यालयको रुपमा स्थापित हुदै आइरहेको बताउनु भयो। बिद्यालयको शैक्षिक स्तरमात्र नभई विभिन्न समयमा बिभिन्न संघसंस्थाहरुद्वारा आयोजित अतिरिक्त कृयाकलापहरुमा समेत बिद्यालयका बिधार्थीहरुले उत्कृष्टता कायम गर्दै आइरहेको समेत प्रधानाध्यापक शर्माले बताउनु भयो।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष लक्ष्मीकान्त पौडेल, पुर्व प्रधानाध्यापक तथा निवर्तमान वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी,बासुदेवद्विन पौडेल,सल्लाहकार हिरा बहादुर रोका, दिनानाथ आचार्य,नाम बहादुर के.सी., बिद्यायल ब्यबस्थापन समितिका सदस्य दिपक पौडेल लगायतले बिद्यालयको शैक्षिक स्तर बृद्धिसंग संगै देशमै उच्च शिक्षा हासिल गर्नु पर्ने भावनको बिकास गरी देशको लागि असल र सुसंस्कृत नागरिक तयार गर्न बिद्यालय तहका शिक्षक शिक्षिकाहरुको मह्तवपुर्ण भुमिका रहने बिचार ब्यक्त गर्नु भएको थियो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा यसैगरी कार्यक्रममा उत्कृष्ट बिधार्थी, अभिभावक र बिभिन्न कृयाकलापहरुमा उत्कृष्ट हुने बिधार्थीहरुलाई सम्मान गरिएको थियो । बिद्यालयका सहायक प्रधानाध्यापक बालकृष्ण चापागाईको स्वागत तथा शिक्षक एकराज ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा बिधार्थीहरुले बिभिन्न नृत्य तथा कला प्रदर्शन गरेका थिए।