२९ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाले आफ्नो प्रथम चौमासिक सुनुवाई सम्पन्न गरेको छ। साझा टेलिभिजनको समन्वय र सहजिकरणमा कञ्चन गाउँपालिका वडा नं. २ को कार्यालय परिसरमा सार्वजनिक सुनुवाई भएको हो।
सार्वजनिक सुनुवाईमा राम बहादुर सुनार, गौरीशंकर सोनार, बिन्दु बहादुर पुन, के.जी. कुमार पौडेल, सिताराम थारु, भिम कुमारी थापा लगायतले कञ्चन गाउपालिकाले आ.व. २०८०/०८१ को प्रथम चौमासिकमा गरेका प्रगती र बिकास तथा योजनाहरुबारे टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए।
सेवाग्राहीहरुले उठाएका बिषयहरुमाथी कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, कृषि बिकास शाखाका मगरेपाल गडलिया, पशु सेवा बिकास शाखाका ध्रुवराज ज्ञवाली, शिक्षा शाखा प्रमुख रमेश भूसाल, आर्थिक तथा कृषि बिकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचन लगायतले जवाफ दिनु भएको थियो।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षता तथा शिक्षा शाखा प्रमुख रमेश भूसालको स्वागतमा भएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले आ.व. २०८०/०८१ को प्रथम चौमासिकमा पालिकाबाट भए गरेका बिकास तथा योजना संचालनमा भएको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रम साझा टेलिभिजनका भुवन जि.सी.ले सहजिकरण गर्नु भएको थियो ।