२८ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ बकुलगाढमा रहेको गजेडी २ बकुलगाढ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैंठौ साधारण सभा सम्पन्न भएको छ।
साधारण सभा उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनवासीलाई शुद्ध र स्वस्थ पिउने पानीको ज्ञारेण्टी गर्नु पालिकाको कर्तब्य र जिम्मेवारी रहेको भन्दै संस्थामा हुने हरेक कृयाकलापहरु उपभोक्तामैत्री हुन आवस्यक रहेको बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले सबै कञ्चनवासीलाई पिउने पानीको पहुँच पुर्याउन पालिकाले खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी ऐन समेत कार्यान्वयनमा रहेको उल्लेख गर्नु भयो।
यसैगरी खानेपानी डिभिजन कार्यालय, बुटवलका प्रमुख इनिजनियर राज कुमार चौधरीले यस संस्थाले उपभोक्ताहरुलाई स्वच्छ र स्वस्थ खानेपानीको पहुँच गराउन पाइपलाइन बिस्तार गर्ने कार्यदेखि संस्थाको संस्थागत बिकासका लागि बिभिन्न तालिम संचालन गर्नु सकारात्मक पक्ष रहेको बताउनु भयो।
वडा नं. १ का वडा अध्यक्ष हरिनाराण थारुले संस्थाबाट वितरण हुने खनेपानीको स्वच्छता कायम गर्न संचालक समितिको मात्र नभई आम उपभोक्ताहरुको समेत महत्वपुर्ण जिम्मेवारी र अनुगमन हुन आवस्यक रहेकका बताउनु भयो। उपभोक्ताको घरमा नियमित पानी आएको छ की छैन, धारामा कस्तो पानी आइरहेको छ? भन्ने बारे समय समयमा संचालक समिति र कर्मचारीहरुलाई सही सूचना दिने गरेमा संस्थाबाट समयमै समाधान गर्न सहज हुने वडा अध्यक्ष थारुले बताउनु भयो।
कार्यक्रममा बिभिन्न राजनैतिक दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्रका यमनाथ पौडेल, बिभिन्न संघ संस्थाहरुको तर्फबाट रुद्रपुर खानेपानी उपभेक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नाम बहादुर के.सी., सल्लाहकारहरुको तर्फबाट शिव पौडेल, शैक्षिक संस्थाहरुको तर्फबाट दुर्गा माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यम बहादुर कार्की उपभोक्ताहरुको तर्फबाट केजी कुमार पौडेल र बम बहादुर थारुले समेत घर घरमा खानेपानीको उपलब्ध गराउन मात्र नभई उक्त खानेपानीको स्वस्छतालाई समेत ध्यान दिनसके गजेडी२ बकुलगाढ खानेपानी संस्थाको गरिमा अझ बढ्ने बताउनु भएको थियो।
साधारण सभामा संस्थाका अध्यक्ष देवि प्रसाद थारुले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिष्णु शर्माले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन समेत अनुमोदन गरेको छ। उक्त संस्थामा १ हजार २ सय धारा जडान भएको छ भने करिब ९ हजार उपभोक्ताहरुले उक्त संस्थाबाट प्रत्यक्ष लाभ लिदै आइरहेका छन। यसैगरी संस्थाकका अध्यक्ष देबी प्रसाद थारुले आगामी आ.ब. २०८०/०८१ का लागि अनुमानित आयब्यय तथा बार्षिक कार्यक्रम समेत प्रस्तुत गर्नु भएको थियो।
संस्थाका अध्यक्ष देबी प्रसाद थारुको अध्यक्षता सह सचिव सुख्खु मल्लाहको स्वागतमा समपन्न साधारण सभा संस्थाका सचिव तुल्सीराम शर्माले संचालन गर्नु भएको थियो।