२४ मंसिर, कञ्चन
गत मंसिर ९ गते देखि शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान दीप प्रज्वलन गरी औपचारिक रुपमा समापन गरिएको छ। लैङ्गिक हिंसा अन्त्यको सुनिश्चतताःमहिला र बालबालिकामा लगानीको ऎक्यवद्दता भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरी कञ्चन गाउँपालिकाले संचालन गरेको लैंगिक हिंसा बिरुद्धको अभियान आज सम्पन्न गरेको हो।
अभियानको पहिलो दिन मंसिर ९ गते कञ्चन गाँउपालिकामा एक कार्यक्रमकको आयोजना गरि म हिंसा गर्दिन, हिंसा सहदिनँ, हिंसा बिरुद्धमा आवाज उठाउँछु र हिंसा भएमा वा देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धता सहितको हस्ताक्षर अभियानको सञ्चालन गरिएको थियो। कञ्चन गाँउपालिकाले लैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्गत ३६ औं विश्व एड्स दिवसको अवसरमा अन्तरक्रिया, दिगो बिकास लक्ष्य प्राप्ति को प्रतिबद्धता, अपाङ्गता भएका ब्याक्ती को अपन्त्व र नेतृत्व सहितको एक्यवद्धता भन्ने नारा सहित ३२ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका बिभिन्न व्यक्तिीहरुलाई सम्मान कार्यक्रम र स्वास्थ क्षेत्रमा दिगो बिकास, महिला सामुदायिक स्वास्थ स्वयंसेविका को सयुक्त प्रयास भन्ने नारा सहित २० औ महिला सामुदायिक स्वास्थ स्वयं सेविका दिवसको अवसरमा सामुदायिक स्वास्थ्यमा महत्वपुर्ण योगदान पुराएका स्वयम सेविकाहरुलाई सम्मान कार्यक्रम संचालन गरिएको थियो।
आज कञ्चनको गरगरेमा भएको दीप प्रज्वलन गरी अभियानको समापन गर्दै उपाध्यक्ष मौसमी थापा मगरले समाजमा हुने हरेक हिंसा र दुर्ब्यबहारबाट हुने विभेदका बिरुद्ध हरेक सचेत नागरिकहरुको एक्यबद्धता हुन आवस्यक रहेको बताउनु भयो। लैङ्गिक हिंसा अन्त्यको सुनिश्चतताका लागि राज्यको हरेक निकायहरुमा सहज पहुँच श्रृजना गर्न आवस्यक रहेको उपाध्यक्ष थापा मगरले उल्लेख गर्नु भयो।
यसैगरी कञ्चन ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले महिलाले महिलालाई, पुरुषले पुरुषलाई र विपरित लिंग बिच हुने कुनै पनि हिंसालाई प्रसय दिने कुनै पनि ब्यक्ती समाजको कलंक हुने बताउनु भयो। यस्तै वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले सार्वजनिक स्थलमा लैंगिक समानताको कुरा गर्ने तर घरमा पुगेपछि तिनै ब्यक्तीहरुले घर परिवार र समाजमा कुनै न कुनै ढंगबाट हिंसा र दुर्ब्यबहार गर्ने कतिपय समाजका अगुवाहरु नै लैंगिक हिंसाका पक्षपाती भएको र उनिहरुका बिरुद्ध नै समाजका हरेक नागरिक एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो।
कञ्चन गाउपालिकाको आयोजना तथा कञ्चन साथी सञ्जालको समन्वय र सुनगाभा सामुदायिक बिकास केन्द्रको सहयोगमा लैंगिक हिंसाका बिरुद्ध १६ दिने अभियानको समापन गरिएको हो। कञ्चन साथी सञ्जालका समिक्षा रानाले सहजिकरण गर्नु भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका जनप्रतिनीधि, कञ्चन साथी सञ्जालका किशोर किशोरी, ग्रेजुएट समूह, बाल बगैचा, स्थानीयहरुको सहभागिता रहेको थियो।