१९ मंसिर कञ्चन
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको आयोजना तथा जुनियर तथा युवा रेडक्रस सर्कल लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालयको आतिथ्यतामा उपशाखा स्तरिय निवन्ध, कविता लेखन तथा वाचन र चित्रकला प्रतियोगिता मंगलवार सम्पन्न भएको छ।
जुनियर रेडक्रस तर्फ भएको निवन्ध लेखन प्रतियोगितामा एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चन ३ हरैयाका स्नेह प्रजापति प्रथम, गजेडी माध्यमिक बिद्यालय, कञ्चन २ गजेडीका रोहित मुराउ द्वितिय र बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चन ५ का सृष्टि ढकाल तृतिय भएका छन भने सरस्वती माध्यमिक बिद्यालय, कञ्चन ५ का आराध्या अधिकारी सान्त्वना भएका छन।
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2023-12-05/171920457407308923_770905881715859_2696211260397870112_n.jpg)
यस्तै जुनियरतर्फ नै भएको चित्रकला प्रतियोगितामा बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलका दिपेश शर्मा प्रथम, एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलका सरोज सुवेदी द्वितिय, र प्रगती नमुना माध्यमिक बिद्यालय, कञ्चन १ बेलभरियाका दिम्पल बि.क. तृतिय भएका छन भने ज्ञानज्योती माभ्यमिक बिद्यालय, कञ्चन १ दानापुरका अञ्जली हरिजन सान्त्वना भएकका छन। जुनियर तर्फ नै भएको कविता प्रतियोगितामा बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलका स्मृति पौडेल प्रथम, लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालय, कञ्चन ५, गरगरेका उदगम आचार्य द्वितिय र दुर्गा माध्यमिक बिद्यालय, कञ्चन १ लौसाका श्रृष्टि सापकोटा तृतिय भएका छन भने एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रायश्चित चन्द सान्त्वना भएका छन।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-12-05/171944767408254949_770906081715839_8168118576461179369_n.jpg)
यसैगरी आज नै युवा सर्कल तर्फ भएको चित्रकला प्रतियोगितामा प्रगती नमुना माध्यमिक बिद्यालयका शिशिर थापा प्रथम, हरैया माध्यमिक बिद्यालय, कञ्चन ३ हरैयाका सलिना हरिजन द्वितिय र एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलका कृष्ण कुमार धवल तृतिय भएका छन भने रुद्रपुर माध्यमिक बिद्यालय, कञ्चन ४ अस्नैयामा दीक्षा न्यौपाने सान्त्वना भएका छन। त्यस्तै निवन्ध प्रतियोगिता तर्फ लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालयका बर्षा कुवँर प्रथम, एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कलका दिलसाद नाउ द्वितिय र सरस्वती माध्यमिक बिद्यालयका बर्षा आचार्य तृतिय भएका छन भने दुर्गा माध्यमिक बिद्यालयका सिम्रन थारु सान्त्वना भएका छन।
यसैगरी कविता प्रतियोगिता तर्फ रुद्रपुर माध्यमिक बिद्यालयका आकृति राना प्रथम, बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रविण अधिकारी द्वितिय र लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालयका पवन सुवेदी तृतिय भएका छन भने एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्राप्ती सुनार सान्त्वना भएका छन।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-12-05/172023477408265007_770905618382552_3374386058796728642_n.jpg)
विभिन्न बिधामा सहभागी प्रतियोगी तथा विजेता बिधार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले रेडक्रसको महत्व र रेडक्रसले विश्व शान्ती र द्वण्ड तथा विभिन्न समयमा आइपरेका आपत विपतमा खेलेको भुमिकाकै कारण रेडक्रसको विश्वसनियता संसारभर एकै किसिमको रहेको उल्लेख गर्नु भयो। मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयम सेवा र विश्वव्यापपता गरी ७ सिद्धान्तलाई सही रुपमा पालना गरेकै कारण रेडक्रस प्रतिको विश्वसनियतामा कुनै दाग नलागेको अध्यक्ष ढकालले बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-12-05/172046956408276346_770906045049176_8510706388487030539_n.jpg)
यसैगरी कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले विद्यालय वा विद्यालयसंग जोडिएका बिभिन्न संघसंस्थाहरुबाट विद्यालय केन्द्रित सञ्चालन गरिने अतिरिक्त कृयाकलापहरुले बिधार्थी भित्र रहेको अन्तरनिहित क्षमतालाई उजागर गराउने बताउनु भयो। बिधार्थी भित्र रहेको क्षमतालाई जुन विद्यालय,शिक्षक वा अभिभावकले पहिचान गर्न सक्छ सोही विद्यालय, शिक्षक वा अभिभावक प्रतिभा भएको बिधार्थीको प्रेरणाको श्रोत बन्ने उल्लेख गर्दै प्रवक्ता तुलाचनले अव बिधार्थीहरुको क्षमता बाहिरी आवरणबाट होइन उसले सक्ने कृयाकलापबाट पहिचान गर्न सक्ने शिक्षक नै सबैको नजरमा असल र प्यारो बन्न सक्ने बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-12-05/172139771408266055_770905808382533_4697383491070744024_n.jpg)
कार्यक्रममा धन्यवाद ब्यक्त गर्दै जुनियर रेडक्रस सर्कल लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालयका संरक्षक तथा प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले श्रृजनात्मक अभिव्यक्ती कला प्रस्तुत गर्ने बिधार्थी भित्र भएको अदभुत क्षमतालाई प्रदर्शन गर्ने स्थानको रुपमा आफ्नो विद्यालय र जुनियर तथा युवा सर्कललाई छनौट गरेको प्रति नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखालाई धन्यवाद व्यक्त गर्नु भयो। प्रधानाध्यापक शर्माले एकोहोरो पढाइले मात्र बिधार्थीहरुको क्षमतामा निखारता नआउने भन्दै बिधार्थीहरुले सिकेको ज्ञान र सिपलाई परिपक्व र जिवन्त बनाउन समय समयमा श्रृजनात्मक कृयाकलाप सञ्चालन गर्न अपरिहार्य रहेको उललेख गर्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-12-05/172202242408275338_770905675049213_3152822594942257307_n.jpg)
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सभापति गंगालाल पौडेलको अध्यक्षता, उपसभापति हिमा बेलवासेको स्वागत तथा सचिव तुल बहादुर थापाको संचालनमा भएको प्रतियोगिताको निर्णायककर्ताको भुमिकामा हरैया बहुमुखी क्याम्पसका प्राध्यापक कुस बहादुर पौडेल(के.बि. धुवाँले), नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका उपसभापति तथा रुपन्देही शाखाका सदस्य हिमा बेलवासे, हरैया माध्यमिक विद्यालयका शिक्षक खडग बहादुर क्षेत्री र रहनु भएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-12-05/172317989408296235_770905761715871_6116457713463122962_n.jpg)
उपशाखा स्तरिय कार्यक्रममा प्रथम हुने बिधार्थीले भैरहवामा हुने रुपन्देही शाखा स्तरिय प्रतियोगितामा यही शनिवार सहभागी हुन पाउने छन।