१७ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चनमा दिगो बिकास लक्ष्य प्राप्तीको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तीको अपनत्व र नेतृत्व सहितको एक्यबद्धता भन्ने मुल नाराका साथ ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरकृया, खेलकुद, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
शारिरीक अपाङ्गता भएर पनि विविन्न बिधामा सफलता प्राप्त गरेका व्यक्तीहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शारिरीक रुपमा अपाङ्गता भएपनि बौद्धिक र मानसिक रुपमा अब्बल हुने बताउनु भयो। शारिरीक रुपमा अशक्त भएपनि उनिहरुभित्रको आन्तरिक प्रतिभालाई उजागर गर्ने मञ्च प्राप्त गरे आफ्नो बौद्धिक तिक्षणता प्रस्फुटन गर्न पाउने अध्यक्ष ढकालले उल्लेख गर्नु भयो।
फरक प्रसंगमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले कञ्चनवासीलाई जग्गाधनी बनाउन पालिकाले कञ्चनका भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोबासीहरुलाई यथासक्य लालपुर्जा वितरण गर्ने कार्यलामिकता दिईरहेको बताउनु भयो।
यसैगरी कञ्चन ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले कुनै पनि व्यक्ती शारिरीक रुपमा अपाङ्गता भएपनि उसको क्षमता कहिल्यै अपाङ्ग नहुने बताउनु भयो। वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कुनै पनि व्यक्ती समय र परिस्थितिले अपाङ्गता हुन सक्ने र अपाङ्गता हुनु कसैको रहर नहुने भन्दै अपाङ्गतालाई अवसर र चुनौतीको रुपमा लिनु पर्ने बताउनु भयो।
यस्तै कार्यापालिका सदस्य कुमारी घर्तिले शारिरीक रुपमा अपाङ्गता भएपनि आफु अपाङ्गता भएको भन्दै आत्मग्लानी गर्नु भन्दा आफुलाई आत्मबल बढाएर हरेक चुनौतीसंग संघर्ष गर्ने हिम्मत गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा ईन्द्रेणी ग्रामिण बिकास केन्द्रका संचालक समितिका सदस्य चाणक्य अधिकारीले कुनैपनि देशको दिगो बिकास लक्ष्य प्राप्तीका लागि अपाङ्गता भएका व्यक्तीको अपनत्व र नेतृत्व सहितको बिकास हुन आवस्यक रहेको बताउनु भयो। कार्यक्रममा कञ्चन ५ का वडा सदस्य मिना बि.क.ले कुनै पनि अपाङ्गता भएका व्यक्तीहरुलाई हेला र हेयको दृष्टिले नहर्न आग्रह गर्दै उनिहरुलाई सम्मान र अवसर दिनु पर्नेमा जोड दिनु भयो।
अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले हरेक अपाङ्गता भएका व्यक्तीहरुको आत्ममा आँच आउने कृयाकलाप र गतिविधिहरुले उनिहरुको आत्मलाई कमजोर बनाउने उल्लेख गर्नु भयो। शारिरीक रुपमा अपाङ्गता भएका हरेक व्यक्तीहरुलाई उनिहरुभित्र रहेको अन्तरनिहित क्षमता र प्रतिभालाई प्रस्तुत गर्ने अवसर र उपर्युक्त मञ्च उपलब्ध गराउन आवस्यक रहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मा्रसमी थापा मगरको अध्यक्षता, अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका सहसंयोजक आत्मराम पौडेलको स्वगता तथा स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमको संचालनमा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तीहरु बिच कुर्ची दौड, घैटो फोड तथा तानडोरी प्रतियोगिता सञ्चालन गरिएको थियो। कुर्ची दौड प्रतियोगितामा गरिबे थारु प्रथम, राधिका थारु द्वितिय र रेश्मा वाग्ले तृतिय भएका थिए भने तानडोरी प्रतियोगितामा कञ्चन ३ प्रथम, कञ्चन २ द्वितिय भएको थियो। यसैगरी घैटोफोड प्रतियोगितामा रोहित सुनार विजेता भएका थिए। यसैगरी कार्यक्रममा शिक्षा सेवा आयोगमा माध्यमिक तहमा नाम निकाल्न सफल दृष्टिविहिन निर्मल पौडेल, राष्ट्रि तथा अन्तराष्ट्रिय क्रिकेट खेलाडी सुनिल सुवेदी, सामाजिक अभियान्ता तथा व्यबसायी टोपलाल भट्टराई र पुर्ण बहादुर बि.क.लाई सम्मान गरिएको थियो।
कञ्चन गाउपालिकाको आयोजना तथा FAIR/MED र इन्द्रेणी ग्रामिण बिकास केन्द्रको साझेदारीमा सम्पन्न भएको कार्यक्रममा संचालन गरिएको बिभिन्न खेलकुद प्रतियोगितामा विजेताहरुका लागि ईन्द्रेणी सामुदायिक बिकास केन्द्रले पुरस्कार सौजन्य गरेको थियो। कार्यक्रम कञ्चन गाउपालिकाको सभाहल दियोमा सम्पन्न भएको थियो।