१४ मंसिर, कञ्चन
बिहान सामान्य अवस्थामा चिया खाएकी, आफन्तहरुसंग सामान्य अवस्थामामै कुराकानी भइरहेको थियो भवानीको। बेडरेस्टमै आफन्तहरुसंग कुराकानी भइरहेको समयमा करिब साढे १०/११ बजेको समयमा वार्डका स्वास्थ्यकर्मीहरुले "ड्रेसिङ्गका लागि लैजाने समय भयो अव तपाईहरु बाहिर जानुस भने।" आफन्तहरु अस्पतालको नियम पालना गरे।
ड्रेसिङ्ग गरेर ल्याएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले सुत्केरीलाई मँगलबार अस्पतालको पोष्ट अप्रेटिभ वार्डमा सार्नु प्रयो भनि आफन्तलाई खोजे। भवानीकी माइली दिदि चन्द्रालाई सम्पर्क गरे। अस्पतालबाट फोन आएपछि चन्द्राले "बहिनीको ठूलो ज्यान छ। एक दुइजनाले सम्हाल्न सकिदैन। म बाटोमा आउदै छु। जता सारे पनि म आएपछि गरौंला अहिले त्यहि नै राख्नु, भनेँ । तर उनिहरुले जवरजस्ती बहिनीलाई ह्वील चियरमा राखेर पोष्ट अप्रेटिभ वार्डमा सारेपछि बहिनीलाई गम्भिर समस्या आयो।" बहिनीको स्वास्थ्यमा गम्भिर समस्या आएपछि अक्सिजनको आवस्यक पर्यो। अस्पतालले अक्सिजनको ब्यबस्था गरेन। "म अर्को अस्पतालमा लैजान्छु भनेर त्यहाँका डाक्टरलाई भने तर उनिहरुले भवानीको श्रीमान नआउदासम्म केही गर्न मिल्दैन भने। बहिनी निकै छटपटाएको देखेर म झन आत्तिएं। श्रीमनको जिम्मा म लिन्छु तर बहिनीलाई कुनै अर्को अस्पतालमा लगेर उपचार गर्छु भन्दा पनि उनिहरुले सुनेन। त्यत्तिकैमा जुवाई आउनु भयो। जुवाई आएपछि डाक्टरहरुले हामीलाई बाहिरै राखेर जुवाईलाई मात्र भित्र लगे। जुवाई बहिनीलाई भेटेर आएपछि जुवाई शिथिल हुनु भयो।" वहाँले "खै दिदि भवानी बाच्दैन होला" भने पछि मलाई झन पिडा भयो। तैपनि मैले आफुलाई सम्हालेर जुवाईलाई सम्झाउदै मैले "बहिनीलाई एक पटक हेर्छु भन्दा अस्पतालले मलाई समेत भित्र जान दिएन।" भवानीकी माइली दिदी चन्द्रा भनिन। "हामी अक्क न वक्क भयौं।
मृतककी दिदी चन्द्राले घटनाको विवरण सुनाउँदै भनिन्,–‘मेरो कुरा उनीहरुले सुनेको भए सायद भवानीको ज्यान बच्न सक्थ्यो । बिरामीको मृत्युपछि अस्पतालले गरेको संवेदनहिन व्यवहारले हामीलाई थप दुःखित बनायो ।’ बिरामीलाई आईसियू भएको अस्पतालमा लैजान्छौं भन्दा श्रीमानको अनुमति माग्ने अस्पतालले मृत्युपछि शव हटाउन श्रीमानको अनुमति विनै अरु कसैको गोजीमा कागजात थमाउनुले पनि उपचारमा लापरबाही भएको कुरालाई पुष्टी गर्ने आफन्तहरुको दाबी छ ।
आम्दा अस्पताल परिसरमा मृतक भवानी राजकोटीको डेठबडी रार्खिएको एम्बुलेन्स
"यसैक्रममा एम्बुलेनस आयो। कसैलाई लिन आएको होला भनियो । एकछिन पछि त चिकित्सकहरुले हतारिदै एम्बुलेन्समा राख्दै हामीले जति प्रयास गरे पनि सुत्केरीलाई बचाउन सकेनौं। ल अव वहाँलाई छिटै घर लैजानुस भने। जवरजस्ती डिस्चार्ज सर्टिफिकेट थमाउन खोजे। अनि मेरो होस हरायो, जुवाई त्यही ढल्नु भयो। मैले आफुलाई सम्हालेर जुवाईलाई सम्झाउन थालेँ, " चन्दाले भनिन।
त्यस पछि अरु आफन्तहरु आए। अनि उनिहरुले "अघि सम्म सामान्य अवस्थामा भएको मान्छेको के कसरी मृत्यु भयो। डिस्चार्ज सर्टिफिकेट दिनु भन्दा पहिले अस्पताल प्रशासनले के कति हिसाव भयो भनेर खर्च माग्नु पर्ने हो । यसरी एक्कासी जवरजस्ती कागज किन भिडाइयो। भन्दै चिकित्सकहरुसंग सोध्दा पैसासैसा केही दिनु पर्दैन। तर डेठबडीलाई यहाँ नराख्नुस छिटै लैजानुस" भन्दै हतारको मनस्थितिमा उनिहरुले भने। त्यस पछि आम्दा अस्पतालमा मृतकका आफन्तहरुले सामान्य अवस्थामा रहेको सुत्केरीको एक्कासी मृत्यु हुनुको कारण चिकित्सकहरुसंग सोध्नेक्रममा अस्पतालमा असाधारण परिस्थिती उत्पन्न हुदै गएको हो।
यो समाचार तयार गर्दासम्म भवानीले जन्म दिएकी नावालक शिसु सोही अस्पतालको आकस्मिक कक्षमा उनका ठुली आमा, छेमा लगायत आफन्तहरुको काखमा खेलिरहेका छन भने भवानी प्रस्तुती गृह अगाडी राखिएको गौतमबुद्ध मुटु अस्पतालको एम्बुलेन्समा चिर निद्रामा छिन।
एम्बुलेन्स भित्र मृतक भवानी राजकोटीको शव
अस्पतालको लापरवाहीका कारण भवानीले ज्यान गुमाउनु परेको भन्दै आफन्तहरुले बिरोध जनाएपछि मँगलबार दिउँसो ४ बजेदेखि बसेको बैठक बुधवार राती करिब १० बजेसम्म कुनै निष्कर्श निस्कन सकेको छैन। मंगलवार राती करिब १२/१ बजेको समयमा आफन्त र अस्पतालका प्रतिनिधि बीच छलफल भइरहेकै क्रमम अस्पताल प्रशासनले अनेक आलटाल गर्ने,मेसुको जम्मेवारीमा रहेका चिकित्सक राजेन्द्र बस्यालले वार्तामा भएका कुनै पनि बुँदामाथी कुनै प्रतिकृया नदिई मौन बसेका थिए। अस्पताल प्रशासनले मृत्यु हुनुको कारण र त्यसको जिम्मेवारी नलिने र डेठबडी जतिसक्दो छिटो लैजान बलजफ्ती गर्न थालेपछि मृतकका श्रीमान निशान थापा, मृतकका भाई हरि राजकोटी लगायतले आक्रोस ब्यक्त गर्दै टेवल ठोक्दैै चर्काचर्की भएको थियो। "जब अस्पतालबाट भएका गैर जिम्मेवारी अभिब्यक्ती र मेसुको मौनताले वार्तामा रहेका पिडित पक्षका आफन्त र मृतकका श्रीमान आक्रोसमा आइ टेबल ठोका ठोक भैरहदा चिकत्सक बस्यालले बेहोस भएको नाटक गरिरहेको र चिकत्सक उठेर हिड्नेक्रममा वार्ता समाधान नगरी तपाईं जान्न पाउनु हुन्न भनि पिडित पक्षका वार्ता टोलीले छेक्नेक्रममा हुलडंगा हुने सम्भाावना भएपछि प्रहरीकै सुरक्षामा मेसु बस्याललाई लगिएको हो।" घटना यति मात्रै हो भवानीका माइली दिदी चन्द्रा सिंजापतिले बताइन।
मृत्यु भएपछि जवरजस्ती थमाइएको डेठ सर्टिफिकेट
बिभिन्न सञ्चार माध्यममा आएको पिडित पक्षले ५० लाख क्षतिपुर्ति मागेको र त्यसमा सहमती नभएपछि चिकित्सकमाथी हातपात भएको भन्ने आधारहिन भएको समेत दिदि चन्द्राले बताइन। "हामीले त सामान्य अवस्थामा रहेको सुत्केरीको के कारणले मृत्यु भयो? सुत्केरीको स्वास्थ्यमा कुनै जटिलता पनि थिएन। सामान्य अवस्थामै थियो तर जवरजस्ती एक्कासी एम्बुलेन्समा राखेर छिटो लैजान लगाउनुको कारण के हो भन्ने प्रश्नको जवाफ मात्र खोजेका थियौं। क्षतिपुर्तिको कुनै कुराकनी भएको थिएन।" दिदि चन्द्रले भनिन। "पिडित पक्षका वार्ताटोली बीच हात हालाहाल हुँदा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्याल घाइते भई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् भनेर समचार प्रकाशित हुनुले हामीलाई समेत अचम्मित बनाएको छ। वहाँ माथी कुनै हात लगाएको पनि होइन। बरु हुलडङ्गा भई असामान्य अवस्था हुने देखिएपछि डाक्टरलाई प्रहरीहरुले नै सुरक्षित रुपमा लगिएको थियो।" वहाँ गम्भिर अवस्थामा सघन उपचार कक्षमा उपचारत छन भनेर अनर्गल समाचार प्रकाशित हुनुले अस्पताल प्रशासनबाट पिडितलाई मल्हम लगाउनुको सट्टा झन पिडा थप्ने कार्यलाई प्रोत्साहित गरिएको समेत भवानीका दिदी चन्दा सिंजापतिले आरोप लगाएकी छिन ।
भवानीलाई सुत्केरी बेथा लागेपछि आम्दा अस्पतलाको प्रसुती कक्षमा भर्ना गरि शल्यक्रिया (अप्रेसन) गरी सोमबार बच्चालाई जन्म दिएकी थिइन। गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. २ स्थित थुम्का निवासी ३३ बर्षिय भवानी राजकोटीको पहिलो सन्तानको रुपमा ५ बर्षिय एक छोरी छन भने अहिले दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिइन। यो समाचार तयार गर्दासम्म बुधवार राती १० बजेसम्म बुटवल उपमहानगरपालिकाको कार्यलयमा पिडित पक्ष र अस्पताल प्रशासन बिच वार्ता भएपनि कुनै टुङ्गोमा पुगेको छैन।
आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्याल
पिडित पक्षले सामान्य अवस्थामा रहेकी सुत्केरीको एक्कासी मृत्यु हुनु र मृत्यु पश्चात कुनै कागजी प्रकृया नै नपुर्याई अस्पतालले नै एम्बुलेन्सको ब्यबस्था गरी जवरजस्ती डेठबडी लैजान लगाउनुको कारण, मंगलवार भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीको हिरासतमा रहेका पिडित पक्षका ७ जनालाई विना शर्त रिहाई गर्नु पर्ने अनि मृतकका श्रीमानलाई आफन्त कोहीकसैसंग सम्पर्क गर्न नपाउनेगरी बन्धक बनाई राख्नुको कारणलाई अन्तिम शर्त राखेका छन।
आम्दा अस्पतालका मेसु डा. बस्यालमाथी भएको आक्रमणप्रति मिश्रित प्रतिृकया
पिडित पक्षका वार्ताटोली र अस्पताल प्रशासन बिच वार्ताको क्रममा हातहाल भएपछि आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र बस्यालमाथी सांघातिक आक्रमण हुँदा डा. बस्याल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसियु कक्षमा उपचारत भएको तस्विर बुधवार दिनभर जतासुकै संचार भयो। उक्त तस्बिरमाथी मिश्रित प्रतिक्रिया आएका छन। "जति नै गम्भिर बिरामी भएपनि बिरामीले लगाएको कपडा खोलेर अस्पतालको गाउन प्रयोग गरी आइसियुमा लगिन्छ। तर डा. बस्याललाई उनले लगाएको कपडामाथी नै गाउन लगाएर त्यही गाउन माथीबाट उपचारको उपकरण प्रयोग गरिएको देखाइएको छ। अन्तराष्ट्रिय मेडिकल साइन्स तथा स्वास्थ्य नियममा बिरामीले प्रयोग गरेको कपडामाथी अस्पतालको गाउन प्रयोग गरेर आइसियु कक्षमा प्रबेश गराउने कुनै नियम र मान्यत छैन। तर अस्पताल प्रशासनले हातपात गर्दा गम्भिर अवस्था भएको देखाउन अन्तराष्ट्रिय नियमलाई नै मिचेर हतपत गाउन लगाई उपचारको उपकरण प्रयोग गरेको देखाउन फोटो खिचाएर सामाजिक सञ्जालमा राखिएको छ" पिडितका एक आफन्तले डा. बस्यालको तस्विरलाई ईङ्गित गर्दै बताए ।
पिडितका आफन्तहरु
उक्त तस्विरमा कहि घाउ चोटपटक भएको कुनै संकेत छैन। डा. बस्यालको अनुहारमा कुनै निरासपन र पिडाबोध छैन। यद्यपी डा. बस्यालमाथी हातपात भएर चोट लागेको हुनसक्छ। वहाँ घाइते भएको हुन सक्छ। चलचित्रमा अभिनय गर्नका लागि बाहेक कसलाई रहर हुन्छ होला र बिरामी नाटक गरेर आइसियु कक्षको बेडमा लम्पसार गर्न? पिडितका आफन्तले प्रश्न गरे। तर बिभिन्न सञ्चार माध्यममा आएजस्तो अस्पताल केन्द्रित समाचर पुर्णतया झुट र अर्नगल भएको पिडित पक्षका आफन्तहरुले आरोप लगाएका छन। पिडितको कुनै गुनासाहरु र भनाईहरु उल्लेख गरिएको छैन। पत्रकारहरु शक्ती र पहुँचहरुको छत्रछाँयामा रहेर पिडितहरुलाई झन पिडा थप्नेगरी समाचार सम्प्रेषित हुनु सञ्चार माध्यमहरुमा देखिएको शक्तीको पुजारी हो पिडितका एक आफन्तले बताए।
मृतक भवानीले जन्म दिएकी शिसु
अवको निकास
जति नै झगडा गरेपनि, आन्दोलन गरेपनि वा दोषीलाई मृत्युको दण्ड दिएपनि मृत्यु भइसकेको कुनैपनि ब्यक्तीलाई पुनर्जिवन दिन सकिदैन। अवको निकास भनेको दोषीमाथी कानुनी कार्वाहीका लागि घटनाको सत्यतथ्य छानविन हुन आवस्यक छ। अस्पतालमा लास राखेर समस्यालाई बल्झाउने प्रयत्न अस्पताल प्रशासनबाट कदापी गरिनु हुदैन। पिडित पक्षका आफन्तहरुको आक्रमणबाट गम्भिर घाइते भई आइसियुमा उपचारत डा. बस्यालको अवस्थाबारे सबैले जानकारी लिन पाउनु पर्छ । र निजको शिघ्रानुशिघ्र उपचार गर्न सबैपक्ष लाग्नु पर्छ र स्वाथ्यलाभको कामना गर्नु पर्छ। साथै डाक्टरमाथी सांघातिक आक्रमण गर्नमा संलग्न भनिएकाहरुको बारेमा वास्तविक घटना भएको हो वा होइन भन्नेबारे यर्थाथ घटना बुझ्न अस्पतालमा जडान गरिएका सिसि टिभी फुटेजको अध्ययन हुनु जरुरी छ। साथै मृतकका आफन्तलाई पैसाले होइन उनिहरुमा भएको पिडालाई राहत दिन अस्पताल प्रशासन र कर्मचारीहबाट उचित जवाफ सहितको सहानुभुती दिन आवस्यक छ।