२० कार्तिक, कञ्चन
रुपन्देहीको कञ्चनमा किशोर किशोरीशसक्तीकरणका लागि संवाद कार्यक्रम अन्तर्गत बालबालिका तथा किशोर किशोरीहरुलाई सुर्ति तथा मदिराजन्य पदार्थको खरिद बिक्रीमा रोक लगाउन सरोकारवाला संस्थाहरु बिच अन्तरकृया कार्यक्रम गरिएकोछ।
कञ्चन साथी सञ्जालको आयोजना, सुनगाभा सामुदायिक बिकास केन्द्रको सहयोग तथा कञ्चन गाउपालिका वडा नं. १ र २ को सहआयोजनामा सम्पन्न अन्तरकृया कार्यक्रममा वक्ताहरुले सुर्ति तथा मदिराजन्य पदार्थको खरिद बिक्री गराउनु गैरकानुनी कार्य भएको र आज सुर्तिजन्य पदार्थहरुको खरिद बिक्री गराउदै गर्दा भोली ती बालबालिकाहरु दुर्ब्यसनीमा फस्ने सम्भवना रहने उल्लेख गरेका छन।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरि नारयण थारुले अवका किशोर किशोरीहरुलाई समाज रुपान्तरणको संवाहक बनाउन अभिभावक र समाजका अगुवाहरुबाटै सुर्ति जन्य पदार्थ तथा मदिरा जन्य पदार्थको सेवन गर्दा बालबालिकाहरुले देख्ने गरी प्रयोग नगर्ने बानीको बिकास गर्न आवस्यक रहेको बताउनु भयो।
यस्तै ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले कोही कसैले पनि बालबालिका मार्फत सुर्तिजन्य पदार्थको खरिद बिक्री तथा ओसार पसार गर्नु/गराउनु पुर्णतः गैरकानुनी कार्य हुने भएकोले यो कुरा हरेक अभिभावकहरुलाई सचेत गराउनु पर्नेमा जोड दिनु भयो।
सुनगाभा सामुदायिक बिकास केन्द्र,क ञ्चन रुपन्देहीका कार्यकारी निर्देशक गोपाल बहादुर के.सी.ले कञ्चन गाउपालिकामा लागुपदार्थ दुर्बयसनीको न्युनिकरणमा कुनै एक ब्यक्ती वा संस्थाले मात्र पहल गरेर नपुग्ने तर ती पहलहरुलाई समाजले समेत अपनत्व लिएर सार्वजनिक स्थल, बिभिन्न सभास्थल तथा बालबालिकाहरुले देख्नेगरी सुर्तिजन्य पदार्थहरुको सेवनलाई निरुत्साहित गर्न सकियो भने भावी सन्ततीहरु कुनैपनि दुर्बयसनीमा नफस्ने उल्लेख गर्नु भयो।
कार्यक्रम बालकृष्ण पौडेल, सरस्वती शर्मा, उषा सुनार, प्रगती नमुना माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी पौडेल, समिक्षा राना लगायतले समाजमा फैलिरहेको लागुऔषधध दुर्ब्यसनी र त्यसको नियन्तरणका लागि समाजको भुमिका र दायित्वलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
गजेडी साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता, गंगा सुनारको स्वागत तथा सचिव अस्मिता पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनीधि, बिभिन्न टोल बिकास र युवा क्लव तथा आमा समूहका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रगती नमुना माध्यमिक बिद्यालयको सभाहलमा भएको थियो।