२९ भदौ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले संस्थागत रुपमा लायन्स कलव अफ कञ्चन लेडीको सहकार्यमा पहिलो पटक प्रथम उपाध्यक्ष कप खुल्ला महिला भलिवल प्रतियोगिता संचालन गरेको छ। कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन ४ को दियो खेलमैदानमा एक कार्यक्रमका बिच प्रथम उपाध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो।
प्रतियोगिताको शुभारम्भ गदै खेलकुदको बिकासले खेलाडीको मात्र नभई देशकै परिचयलाई अझ उचे बनाउने बताउनु भयो। खेलकुदमा जसरी अनुशासन, एकता, सहकार्य र आपसी समन्वयका कारण हरेक प्रतिस्पर्धालाई आफ्नो पार्न सकिन्छ त्यसरी समाज बिकास र रुपान्तरणमा पनि सामाजिक एकता र सहकार्य अनिवार्य हुने अध्यक्ष ढकालले बताउनु भयो।
उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरु शसक्तीकरण नभएसम्म कुनै पनि बिकास दिगो नहुने बताउदै एक असल, शिक्षित र सचेत आमाले सिंगो परिवारलाई नै असल, शिक्षित र सचेत बनाउने भएकोले हरेक महिलाहरु हरेक क्षेत्रमा जागरुक र शसक्तीकरणमा ध्यान दिन आवस्यक रहेको बताउनु भयो। खेलकुदमा महिलाहरुको सहभागितालाई जोड दिन गाउपालिकाले बार्षिक कार्ययोजनामै उपाध्यक्ष कप प्रतियोगिता संचालनका लागि आवस्यक बजेट ब्यबस्था गरिएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।

यसैगरी कञ्चन गाउापालिकाका प्रवक्ता चित्र तुलाचनले कुनै पनि क्षेत्रको सन्तुलित बिकास र भएको बिकासलाई दिगो बनाउन शिक्षा अनिवार्य भएको बताउनु भयो। शिक्षाले मात्र आफु भित्र भएको क्षमताको पहचिान .गर्ने र आफुमा भएको क्षमतालाई कहाँ र कसरी प्रयोग गर्दा फाइदा हुन्छ भन्ने बारे सोंचको बिकास हुने प्रवक्ता तुलाचनले बताउनु भयो।

प्रथम उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका देबिराम रेग्मी, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४, गरगरेका अध्यक्ष नाम बहादुर के.सी., लायन्स क्लव अफ कञ्चनका तृतिय उपाध्यक्ष पुष्पराज शर्मा लगायतले कञ्चनको खेलकुदको बिकासमा स्थानीय तहको भुमिकालाई अझ फराकिलो बनाउन आवस्यक रहेको बताउनु भयो।
लायन्स क्लव अफ कञ्चन लेडीका अध्यक्ष रेनुका थापा मगरको अध्यक्षता तथा लायन्स क्लव अफ कञ्चन लेडीका विर्तमान अध्यक्ष सिता लोहोनीको स्वागतमा शुभारम्भ भएको प्रतियोगितामा लायन्स क्लव अफ कञ्चनका अध्यक्ष गणेश आचार्यले राष्ट्रिय झण्डाको सम्मान गर्नु भएको थियो।

रुपन्देही, पाल्पा, कपिलबस्तु, गुल्मी,स्याङ्गजाका गरी १० भलिवल टिमले सहभागिता जनाएका छन। लिगकम नकआउटको आधारमा संचालन गरिने प्रतियोगितामा प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार सहित कप र मेडल प्राप्त गर्ने र उपविजेताले नगद ३० हजार सहित कप र मेडल प्राप्त गर्ने गर्नेछन। यसैगरी प्रतियोगितामा तेश्रो र चौथो(सान्त्वना) हुने टिमले क्रमशः नगद २० हजार र १० हजार रुपैया प्राप्त गर्ने छन।
आज २९ गते देखि भदौ १ गते सम्म संचालन हुने भलिवल प्रतियोगितामा तिज गित तथा नृत्य प्रतियोगिता पनि संचालन हुने लायन्स क्लव अफ कञ्चन लेडीका अध्यक्ष रेनुका थापा मगरले बताउनु भयो। हरितालिका तिजको अवसरमा कञ्चन ४ दियो खेलमैदानमा हुने कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुती हुने र तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद ७ हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन भने दोश्रो हुने टिमले नगद ५ हजार तथा तेश्रो हुने टिमले नगद ३ हजार रुपैया प्राप्त गर्ने छन।
पहिलो खेलमा नवज्योती विजयी
आज पहिलो दिन रुद्रपुर माध्यमिक बिद्यालय र नवज्योती स्पोर्टस एकेडेमी बिच भएको पहिलो प्रतिस्पर्धामा २१ को सेटमा नवज्योती स्पोर्टस एकेडेमी विजयी भएको खेल संयोजक राम बहादुर थापाले जानकारी दिनु भएको छ। यस्तै भोली पशुपति माध्यमिब बिद्यालय, सैनामैना १० सालझण्डी र कञ्चन स्पोर्टस एकेडेमी, लाफा समूह बुटवल र कुवारवती बोर्डिङ्ग स्कुल, स्याङ्जगा भलिवल संघ र सेन्ट जोसेफ स्कुल बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।