माघ १९ कञ्चन,
बाबुराम आचार्य ।
"सत्य, न्याय र समानताको राजनैतिक आस्थामा अढिक रहेका थोरै कार्यकर्ता तर विधि, नीति र थितिको प्रचुर वकालत गर्ने राजनैतिक पार्टि राष्ट्रिय जनमोर्चा नै हो। त्यो कुरा अन्य दलले समेत स्वीकार गर्दछन् । त्यसमा पनि निष्ठाको राजनीतिमा जीवन विताएका चित्रबहादुर केसी, त्यो पार्टीको कार्यकर्ताका लागी बेग्लै सान थियो। तर त्यही दल र तिनै केसि जि कै नेतृत्वबाट यतिबेला निकृस्ठ काम हुँदै आएका छन। पार्टीको मुल ट्रेनमा आठौं महाधिवेशनबाट औपचारिक रुपलेनै संसोधनबादी निति अबलम्बन गर्न थालेपछि जनमोर्चाको नेतृत्व के सि जिले पनि होस्टेमा हैसे गर्नु उहाँको बाध्यता होला१ भनिन्छ ुकेस जि वास्तबमा मोहन बिक्रम को अनुमति बिना सिगान पनि फाल्नुहुन्नु१ पुरै जीवन निष्ठाको राजनिती मा ब्यतित गरेका केसीले मोहन बिक्रमसङ्ग कहिलै राजनीतिक बिमती जनाएनन, किनकि उनिसङ्ग आफ्नै राजनीतिक बिचार, दिसा र दृस्ठिकोण थिएन । आफुसङ्ग आफ्नो केही नभए पछि मोहन बिक्रमको फलोअर बन्नुपर्ने अवस्था हुनु स्वाभाविक थियो। केसी सङ्ग आफ्नो राजनीतिक बिचार केही पनि छैन भन्ने कुरा उहाँ र मोहन बिक्रम सिहको यतिलामो सहयात्राले पनि पुष्टी गरेको छ, मोहन बिक्रमले बैचारिक रुपले परिपक्व नेता सङ्ग यति लामो सहयात्रा गरेको एउटा उदाहरणपनि छैन । जब सप्पै कुरा मोहनबिक्रम को अनुमतिमा गर्दै जादा आज यस्तो अवस्था आयोकि केसीजि समेत अचम्मित परेको हुनुपर्छ । निति प्रकरणमा मोहनजी को अनुमति लिएका कारणले झन्पछि झन पार्टी हित , निति सिद्धांतमाथी मोहन बिक्रमले जति हमला गर्दापनि चुपचाप बस्नुपर्ने अवस्था आएको मात्रै होइन बागलुङको पार्टी तहसनहस पार्दा समेत उनी टुलुटुलु हेरेर बस्नुपर्ने अबस्थामा पुगेका छन् । बाग्लुङको पार्टी तहसनहस पारेर प्युठानलाई निर्बिकल्प बनाउने धाउन्नमा रहेका मोहनबिक्रमको निर्देशनमा यतिबेला ढोरपाटन नगरपालिका वडा नं। ४ का अध्यक्षलाई अत्यन्त झुठो आरोप ‘दल त्याग’ को विवरण निर्वाचन आयोगमा पेश गरेर पदबाट हटाउने निर्णय गरिएको थियो। आखिर राष्ट्रिय जनमोर्चाले आफ्नै वडा अध्यक्ष पुनमाथि किन यस्तो हर्कत गर्यो यो प्रश्नको जवाफ नेतृत्वसङ्ग छैन।
आफ्नै दलमा रहिरहेका र दलबाट निर्वाचित वडाअध्यक्ष तिलक पुनलाई पार्टिका स्थानीय जिल्ला नेतृत्वलाई मन नपरेका कारण, सफेद् झुठ्को खेति गर्नुपरेको कुरा पार्टी भित्रका कार्यकर्ताले बुझेकै छन् ।त्यस् बाहेक नेकपा ९मसाल०पार्टी भित्रको बर्तमान बैचारिक द्वन्द्वमा वडा अध्यक्ष पुन हाडलाइनर का रुपमा स्थापित कार्यकर्ता हुन् । नेकपा मसालको बर्तमान नेतृत्व मोहन बिक्रम गुटले पार्टी भित्रको हाडलाइनर समुहलाई योजनाबद्ध रुपले पाखा लगाउने अभियान चलायको छ, त्यही अभियानकै सिलसिला यो काण्ड पनि हो भन्ने पार्टी भित्रका आम समर्थक को बुझाइ छ। पार्टी बिधान को धारा ६ को उपधारा९ च० को उल्लंघन गरेर अगाडी बढिरहेको नेतृत्व यत्तिको निच कर्ममा ओर्लला भन्ने अनुमान यस् अघि कार्यकर्ताले गरेका थिएनन।अहिले त्यो नेतृत्वदायी भुमिकामा रहेका चित्र बहादुर केसी ले एउटा आन्तरिक कार्यक्रममा भनेका थिए ु यो तिलक लाई एक घन्टा भए पनि पुलिसले लगेर थुन्दियो भने मात्रै निर्वाचन आयोगले हटाउन सक्छु नत्र यस् ले हाम्रो पदको दुरुपयोग गरिरहने भयो। उनले यो बिचार ब्यक्त गरेको करिब छ महिनामा नै तिलक लाई मुद्दा हाल्ने, पक्राउ गराउने काम भएको छ। निर्वाचित भएपछि, दल परिवर्तन वा कुनै अपराधीक काममा प्रत्यक्ष समलग्न नभईकन त्यो पदबाट हटाउन नमिल्ने व्यवस्थाका कारण पार्टीले यति बेला यस्तो तल्लो स्तरमा झरेर यो हर्कत गरेको छ।
पार्टिमा त्याग, बलिदान, तपश्या र निष्ठासहितका जिउँदो कार्यकर्ता पुन र फगामी। अहिले मसाल पार्टीको मुल नेतृत्व एक प्रकारले भन्ने हो भने ू बिहोसीू जस्तै बनेको छ। महामन्त्री द्वारा हस्ताक्षरित सर्कुलरहरु हेर्दा अत्यान्तै उनी प्रति टिठ लागेर आउछ ।एउटा महामन्त्री ले सामान्य कार्यकर्ता को बारेमा ज्ञण् पेज ट पेज वा ज्ञछ बुदाका सर्कुलरहरु जारी गरेर उनी रिसाहा थिय , फलानो ले जाड खान्थो उनी यस्ता थिए , वा उन्ले यसो गर्दथे आदि तल्लो स्तरमै झरेर ब्याक्ती गत आनि बानी र व्यवहार बारे तल्ला तहका कार्यकर्ता हरु सम्म यस्ता कुराहरु सम्प्रेषण गरेर कस्तो वर्गसंघर्ष चलाउन खोजेका हुनरु यो प्रश्न अरु पेचिलो बन्दै गएको छ।
बैचारिक हिसाबले स्खलित भय पछि गरिने सबै हत्कन्डा हरु अहिले उहाले अपनाइरहनु भएको छ। निर्वाचन आयोग लाई बुझाएको झ्याल्लि ९ नक्कली ० कागज पत्र, तिलक पुन माथी आक्रमण गर्न गौरिस्वर ९ बागलुङ० जिल्ला सेक्रेटरी को निर्देशन , सुरेश थापाले आन्तरिक रुपमा दिएको भौतिक आक्रमण को निर्देशन , सचित्र केसी लाई गाली गलौज गरेर जारी गरिएको सर्कुलर आदि दृस्टान्तहरु त केबल प्रतिनिधि घटना हुन् । अहिले उहाँ ९ मोहन बिक्रम०सङ्ग भएको टिममा कयौं नेताहरु असक्षयम, निम्नस्तरको राजनितिक चिन्तन , निमछरो सोचाइ , जनता सङ्गको सम्बन्ध टुटेको , कुनै न कुनै कान्डमा मुछिएका र राजनैतिक रुपमा निकै कनिष्ठहरु छन् । तिनै कनिष्ठहरुको काधमा बन्दुक राखेर महामन्त्री स्वयंले पार्टीको हित विरुद्धमा बन्दुक पड्काएका छन् । तिलक पुन माथिको घटना पनि त्यही सिलसिला हो।
यसरी उहाँहरुका गतिविधिले पार्टी समाप्त पार्ने , क्रान्तिकारी कार्यकर्ता हरुलाइ खुइलाउने, भयदोहन गर्ने र क्रान्तिकारी स्पृट भएका कार्यकर्ता हरुलाइ भुत्ते साबित गर्ने योजनामा तल्लीन छ यो पार्टीको मुल नेतृत्व। आज उहाँको बैचारिक स्खलनले हानेको वेगको गति ठुलो संख्याले मापन गरिरहेको छ । बैचारिक रुपले अहिले को नेतृत्व पुरै नाङ्गो बनेको देखेर पनि केही सानो झुंड ले उहाले लुगा लगाउनु भएको छ भनेर तर्क गरिरहेका छन् ।त्यो उनीहरुको बाध्यता होला किनकि मोहन बिक्रम प्रति आस्रित ले त्यसो गर्नु ठिकै होला१ उखान नै छूजसको सीता खायो उस्को गित गायोू।
तिलक हरु वा अरु थुप्रै कार्यकर्ताहरु ले यो राजनीतिक ब्यबस्था को राजनैतिक आस्थामा कैंयौं कार्यकर्ताहरु, यो व्यवस्था भत्काएर अर्को व्यवस्था, जसलाई नयाँ जनवादी व्यवस्थाको परिकल्पना गरिएको छ । त्यसको लालरक्षकका रुपमा आफूलाई समाहित गरेका एक योद्धा हुन तिलक पुन । सानै पार्टि भएपनि निष्ठाका कारण समर्थन गर्नेहरु मध्यका त्यसमा पनि ढोरपाटन नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष पदमा अत्त्याधिक मतले निर्वाचित जनप्रतिनिधि हुन तिलक ।
उनको सार्वजनिक परिचय वडा अध्यक्ष, जनमोर्चाका होनाहार योद्धा, कार्यकर्ता मध्य पनि राजनीति दर्शन बुझेका अगुवा, कम्युनिष्ट आदर्शलाई जनताको जनजीवन बदल्ने हतियार मान्ने, आफ्नो राजनैतिक अस्था, विश्वास र मान्यताका एक अथक निडर र सहासी नेतृत्व पनि हुन उनी न । तर आफ्नै नेता र नेतृत्वको उनीभन्दा माथिहुनेहावी महत्वकाँक्षी र व्यक्तिगत स्वार्थका हिमायतीहरुले सहन नसकेको एकलकाटे कार्यशैलीका नेता र उनका पदलोलुपताका पात्रहरुले पुनमाथि बद्ख्वाई गरेका छन र यस्तो बद्ख्वाइ देश भरिका र बिदेशमा क्रिया शिल उर्जावान कार्यकर्तालाई पनि गरिएको छ । अहिलेपनि सो पार्टिको जिल्ला नेतृत्व गर्नेहरुदेखि केन्द्रसम्मको पद बताउनेहरु अहिलेकै समयमा पुनको जस्तै जीवन जीउने हिम्मत कमै मान्छेले गरेका हुन्छन् ।
पुनले, ढोरपाटन नगरपालिकामा भएका अनियमितता, अपारदर्शीताका विरुद्ध समेत एक्लै बोले, जहाँ पार्टिले साथ समर्थन पाएनन् ।
स्थानीय तहको निर्वाचनमा विजयी भएपछि कार्यपालिका सदस्य निर्वाचनको समय आयो । मेयरमा हार खाएका स्थानीय नेताले अव प्रतिपक्षमा बस्नुपर्छ भन्दै काँग्रेससँग मिलेर कार्यपालिकाको निर्वाचनमा जाने प्रस्ताव ल्याए । वडा जितेका पुन सहित अन्य जनप्रतिनिधिहरुले वडाको काम गर्न प्रतिपक्ष हुनुहुँदैन भन्ने मत सहित तत्कालिन एमालेसँग मिलेर कार्यपालिका सदस्यमा निर्वाचन लडे । वडा नंं ३ बाट वडा अध्यक्षको निर्वाचन हारेका नरबहादुर सुनार र वडा नं। ६ बाट वडा अध्यक्षको निर्वाचन हारेका थमबहादुर छन्त्याललाई पुनः कार्यपालिका सदस्यमा निर्वचित गराइयो ।
पार्टि छाडेर नेकपा मा गएका कार्यकर्ता को पद भने कायमै राखियको छ। तर तिलक जो एउटा सामान्य कार्यकर्ता को पछाडि किर्ते काम गर्दै पुरै मसाल पार्टी र जनमोर्चा नेतृत्व ल किन हात धोयर लाग्यो ? समयले थप प्रष्ट पार्ने छ। उदेक लाग्दो विषय त यो छ कि, राष्ट्रिय जनमोर्चाबाट वडा सदस्यमा पराजित भएका थमबहादुर छन्त्याल, एक वर्षपछि नेकपामा प्रवेश गरे । अर्थात उनले दल त्याग गरे । दल त्याग गरेका सदस्यलाई पार्टिले कुनै कार्वाही गरेको विज्ञप्तिसम्म निकालेन । छन्त्याल, अहिलेपनि ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य छन् ।"