#दीपक पौडेल
शासकहरुले जात र धर्मको नाममा जनतालाई लडाएर शासन चलाएका हुन्छन् । साम्राज्यवादीहरुले धर्म र जातको नाममा बिभिन्न मुलुकमा द्वन्द्व मच्चाएर, युद्ध चलाएर युद्ध सामग्री अथवा हातहतियार बिक्री गर्ने वातावरण तैयार पार्छन् । उनीहरुका लागि कुनै देशमा युद्ध चल्नु सुनौलो अवसर हो । केही बर्ष पहिले साम्राज्यवादीहरुले नेपालमा जातीय राज्यको हल्ला मच्चाउन लगाएर जातीय द्वन्द्व चर्काउन खोजेका थिए, त्यो सफल हुन सकेन । अहिले धर्मको नाममा द्वन्द्व मच्चाउन खोजेका छन् । हामीलाई बिश्वास छ, नेपलमा त्यो सम्भव हुनेछैन । कुन धर्म मान्ने वा धर्म नमान्ने? अथवा धर्मभन्दा माथि उठ्ने (यहाँ धर्म भनेको हिन्दु, मुस्लिम, क्रिश्चियन आदिलाई भनिएको छ) व्यक्तिको स्वतन्त्रताको कुरा हो । आम मानिसहरुले धर्म, परम्परा, संस्कृति, संस्कार आदिलाई गोलमटोल रुपमा धर्म भन्ने गर्छन्, त्यो सहि होइन । वस्तुको गुण नै धर्म हो भन्ने पनि गरिन्छ । आगोले पोल्नु आगोको धर्म हो । पानीले भिजाउनु पानीको धर्म हो । कांग्रेस कांग्रेस जस्तो हुनु कांग्रेसको धर्म हो । कम्युनिस्ट कम्युनिस्ट जस्तो हुनु कम्युनिस्टको धर्म हो । बाघले बाख्रो खानु बाघको धर्म हो । यस्तै यस्तै ।
कुल पुजामा बोको काट्ने बाहुन पनि छन्, कुल पुजामा बोको नकाटेर खिर खाने बाहुन पनि छन् । रागो खाने मगर पनि छन्, रागो नखाने मगर पनि छन् । सुगुर खाने मगर गुरुङ पनि छन्, सुगुर नछुने मगर गुरुङ पनि छन , यो आआफ्नो प्रचलन हो । बोको नखाने बाहुनले बोको खाने बाहुनलाई हिंसा गर्न मिल्दैन । |
अव हामीले सबैभन्दा चेतनशील प्राणी मानवको धर्म के हो? जातीय बिभेद गर्नु मानवीय धर्म हो? धार्मिक बिभेद गर्नु मानवीय धर्म हो? समुद्रमा ठुलो माछाले सानो माछालाई खानु धर्म हो भन्न सकिएला तर सम्पन्न व्यक्तिले विपन्न व्यक्तिलाई शोषण, दमन, अन्याय, अत्याचार गर्नु धर्म मान्न सकिन्छ? सकिन्न । समग्रमा प्राकृतिक साधन श्रोतको न्यायपुर्ण उपयोग नै मानव धर्म हो । सम्पुर्ण मानव निर्मित बिभेदको अन्त्य नै मानव धर्म हो ।
मानवले के खाने, के नखाने? उसको स्वास्थ्य अवस्थामा भर पर्दछ । कसैलाई घ्यू पच्दैन, कसैलाई मासु पच्दैन । कसैलाई चिनी राखेको चिया खान पर्छ, कसैलाई चिनी नहालेको चिया खान पर्छ । यसरी शरीरलाई फाइदा गर्ने चिज खाने हो र शरिरलाई हानी हुने चिज नखाने हो । मानव समाजको विकास संगै खानाका परिकारहरु बढ्दै गइरहेका छन् । देश काल परिस्थिति अनुसार खाने तरिकाहरु पनि फरक फरक हुन्छन् । देश काल परिस्थिति अनुसार हाम्रा बानी व्यवहार पनि फरक फरक हुन्छन्, यसलाई स्विकार्नु पर्दछ । कुल पुजामा बोको काट्ने बाहुन पनि छन्, कुल पुजामा बोको नकाटेर खिर खाने बाहुन पनि छन् । रागो खाने मगर पनि छन्, रागो नखाने मगर पनि छन् । सुगुर खाने मगर गुरुङ पनि छन्, सुगुर नछुने मगर गुरुङ पनि छन , यो आआफ्नो प्रचलन हो । बोको नखाने बाहुनले बोको खाने बाहुनलाई हिंसा गर्न मिल्दैन ।
कतिपय जीव जन्तुको मानिसले मासु खाने कारणले संरक्षण भएको छ । कतिपय जीवजन्तूको मानिसले मासु खाएका कारण संरक्षण भएको छैन । सबैका परम्परा आआफ्नै छन्। बैज्ञानिक परम्परा अगाडि बढाउदै जानु पर्दछ, अबैज्ञानिक परम्परा छोड्नु पर्दछ । |
प्रकृतिमा धेरै प्रकारका जीवजन्तू पाइन्छ, प्राकृतिक सन्तुलन कायम राख्न सबैको भुमिका रहेको हुन्छ । लोप हुन लागेका जीव जनावरको संरक्षण गर्ने अभियान पनि चलेको छ । प्रकृतिमा कस्को भुमिका कति? मानवले त्यसको अध्ययन गरिरहेका छन् । जीव जन्तुको भुमिका अनुसारको व्यवहार पनि आवश्यक हुन्छ । कतिपय जीव जन्तुको मानिसले मासु खाने कारणले संरक्षण भएको छ । कतिपय जीवजन्तूको मानिसले मासु खाएका कारण संरक्षण भएको छैन । सबैका परम्परा आआफ्नै छन्। बैज्ञानिक परम्परा अगाडि बढाउदै जानु पर्दछ, अबैज्ञानिक परम्परा छोड्नु पर्दछ । प्रकृतिक सन्तुलन र स्वास्थ्यमा ध्यान दिएर मानिसलाई खानपाउने अधिकार कानुन बदलेर भएपनि दिनु पर्दछ ।
गाईको दुधलाई आमाको दुध समान मानिन्छ। अहिले आमाको दुध समान दुध दिने लोकल गाईलाई अन्य विकासी गाईले विस्थापित गरिसकेका छन् । लोकल गाईको संरक्षण गर्नु पर्दछ । बाटोमा गाई र गाईका बाच्छा बाच्छीले यातायातका साधन संचालनमा समेत अवरोध पुर्याएको देखिन्छ । छाडा गाई गोरुले बालीनाली खाएर किसानलाई हैरान पारेका छन् । बाच्छा बाच्छीको कुनै मुल्य नभएको हुनाले एकदुई दिन दुध नदिने र एकदुई दिनपछि एकैचोटि धेरै दुध खुवाएर मार्ने चलन पनि बढेर गएको छ । मार्नु नै छ भने उपयोग हुनेगरी मार्दा के फरक पर्छ? कुनै फरक पर्दैन । सबै कुराहरुलाई विचार गर्दा वास्तवमा गाईको संरक्षणको निम्ति गोरुको मासु खान चाहनेलाई खान दिनु पर्दछ । कानुनले रोके कानुन बदल्नु पर्दछ । हामी र हाम्रो मानसिकता बदल्नु पर्दछ ।
(लेखक दीपक पौडेल प्रगतिशिल लेखक हुनुहुन्छ।)