सुन्दर तरामु मगर,बुटवल
धुम्रपान एक प्रकारको दुर्ब्यसनी हो । सुर्तीको धुवाँ खानु नै धुम्रपान हो । धुवाँ खाने तरिका धेरै छन् । जसमा हुक्का ,चुरोट ,बिडी, तमाखु, कक्कड, ।सुर्तीलाई गिजाको कापमा राखी चुसेर जसमा खैनी ,जर्दा,गुड्का,पान,पराग आदी । धुम्रपान र मदिरापान गरेर आफूलाई साहासी ,बाहादुरी र स्वतन्त्रताको अनुभुत गरीरहेका छन । धुम्रपानले शारिरिक ,मानसिक,पारिवारीक, सांस्कृतिक तथा ब्यक्तिगत विकासमा असर पार्दछ ।
धुम्रपानको कुनै खासै ऐतिहासिक तथ्य नभेटिए पनि सभ्यताको विकाससंगै धर्म र संस्कृतिसंग जोडिएको पाईन्छ । अमेरिकामा प्राचिनकालमा धर्मगुरु वा धर्मसंग सम्बन्धित ब्यक्तिले मात्रै धुम्रपान गर्ने मान्यता थियो । त्यतिबेला धुम्रपान गर्दा शरीरमा भएको खराब आत्मा बाहिर निस्कने विश्वास गरिन्थ्यो । दक्षिण अमेरिकाको भुभागमा ग्वालाहरुले अत्याधिक धुम्रपान प्रयोग गर्दथे । विस्तारै आम मानिसले लतको रुपमा प्रयोग गर्न थाले । १८०० को औद्योगिक क्रान्तिपछि सिगरेट विश्वब्यापी रुपमा लोकप्रिय बन्यो । २० औं शताब्दिको मध्यमा चिकित्साको अनुसन्धानले फोक्सो,घाटी,जिब्रो,पेट लगायत अन्य अंगमा गम्भिर असर गरेको सार्बजनिक गरेपछि तम्बाखुको प्रयोगमा कमि आयो ।
तरपनि धुम्रपान तथा सुर्ती सेवन फेसन जस्तै दिन प्रतिदिन बढ्दो छ । विश्वमा कुल जनसंख्याको करिब आधाले धुम्रपान र सुर्ती सेवन गर्ने अनुमान छ । विश्वभरको बयस्कहरु मध्ये एक तिहाई पुरुषले धुम्रपान गर्दछन । धुम्रपान स्वास्थ्यको लागि हानिकारक भएको चेतावनी उत्पादन कम्पनीले दिन्छ र धुम्रपान गर्ने अधिकांस ब्यक्तिहरु यसको असरबारे अनभिज्ञ हुदैनन् तरपनि प्रत्येक बर्ष लाखौ ब्यक्ति धुम्रपान शुरु गर्छन् कुलतमा फस्छन् । विश्वमा ८० प्रतिशत धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोयकर्ता निम्न तथा मध्यम आय स्रोत भएका राष्ट्र छन् । धुम्रपान गर्नेमा नेपाल २२ औं स्थानमा छ ।
नियमित धुम्रपानले फोक्सोको क्यान्सर ,स्तन क्यान्सर ,मुटु, मृगौला, कलेजोको रोग, पेट आन्द्राको अल्सर, दम रोग, खोकी, दाँत बिग्रने, छाला चाउरीने, श्रवण शक्ती कमजोर हुने, गर्भपतन, समय नपुग्दै बच्चा जन्मिने, नवजात शिशुको बृुद्धविकास नहुने, बच्चामा दम बढ्ने, पुरुषको सुक्रकिट नष्ट हुने, रक्तचाप बढ्ने, पक्षघात, अपच हुने, पेट ढुस्स हुने, टाउको दुख्ने, झमझमाउने, छाला फुस्रो हुने, एलर्जी हुने, कपाल फर्ने, मानसिक रोगलाई बढावा दिने, स्मरण शक्ती कमजोर हुने, स्नायु प्रणली लगायतलाई असर गर्छ ।
धुम्रपानले ब्यक्तिको बहुआयमिक नकारात्मक प्रभाब पार्ने गर्दछ । संसारभर हरेक दिन १५ अर्ब भन्दा बढिको चुरोट र अन्य सुर्तीजन्य पदार्थको बिक्री हुन्छ । धुम्रपानमा ७००० घातक रसायन तथा ७० भन्दा बढी क्यान्सरका कारक तत्वहरु पाईन्छ । ८० देखि ९० प्रतिशत फोक्सोको क्यान्सर धुम्रपानको सेवन नै हो । धुम्रपान नगर्नेको तुलनामा १० देखि २५ गुणा मुटु रोग,ह्दयघातको सम्भावना धुम्रपान गर्नेहरुलाई हुन्छ । संसारमा १ अर्ब भन्दा धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गर्दछन । संसारका बालबालिका मध्ये आधाले सुर्तीको धुवाको असरले प्रदुसित हावामा सास फेर्दछन । विश्वमा हरेक १० जना बयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ । हरेक ७ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारणले हुन्छ । विश्वमा हरेक बर्ष करीब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ भने ६ लाख बढी मानिसको मृत्यु अरुले धुम्रपान सेवन गरेको असरले हुने गर्दछ । नेपालमा प्रतिबर्ष २७००० हजार भन्दा बढीको मृत्यु धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारणले हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ४९ प्रतिशत र २९ प्रतिशत महिला धुम्रपान गर्दछन ।
विश्वमा सुर्तीजन्य उद्योगले किशोर किशोरीलाई लक्षित गरी विज्ञापनका लागि ९ अर्ब अमेरिकी डलर खर्च गर्छन। WHO का अनुसार विश्वमा बबलगम, क्यान्डि, चुरोट सुर्ती लगायत १५ हजार भिन्न भिन्न स्वादका सुर्तीजन्य पदार्थको बिक्रि वितरण हुने गरेको छ । बबलगम क्यान्डिहरुले युवाहरुलाई क्रमश गम्भिर खालका निकोटिन जन्य समानमा उपयोग गर्न प्रेरित गर्ने गरेको पनि जनाएको छ । धुम्रपान र सुर्ती सेवन गर्ने हरेक १० मध्ये ९ जनाले आफु १८ बर्ष पुग्नु पहिले यो कुलतमा लाग्ने गरेको बताएको छ । अचेल हुक्का तान्नुलाई ग्लानी होइन गर्व गर्ने जमात छ । हुक्का प्रतिको आशक्तिले शहरका रेष्टुरेन्टहरुमा हुक्का अनिवार्य जस्तै भएको छ। जहा बार त्यहाँ हुक्का छ, जहाँ हुक्का त्यहाँ तन्नेरी झुम्मिएका छन । वा हुक्का फेसन भएको छ । हुक्का चुरोट भन्दा सयौ गुणा घातक छ ।चुरोट सेवन गर्दा आधी लिटर धुवा भित्र जान्छ भने हुक्का सेवन गर्दा ९० लिटर धुवा भित्र जान्छ । कोइला वा फ्लेवरमा भएको रसायनले स्वास्थ्यमा एकदमै नकारात्मक असर गर्छ । कोइलामा कार्बनमोनोअक्साइड भन्ने हानिकारक ग्यास निस्कन्छ जसले शरीरमा अक्सिजनलाई एक ठाउबाट अर्को ठाउमा पुर्याउन सक्दैन । हुक्काको तातोले श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर गर्दछ ।
यस्तो भयावह स्थितीलाई ब्यबस्थित नियन्त्रण गर्नका लागि सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धुम्रपान रहित दिवसको स्थापना गरेका थिए र सन् १९८८ अप्रिल ७ मा विश्व धुम्रपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धुम्रपानरहित दिवसको रुपमा मनाउन थालियो । उक्त दिनको स्थापना तम्बाकुको बिरुद्ध ब्यापक प्रचार प्रसार र त्यसको नकारात्मक स्वास्थ्य प्रभावहरुतर्फ जनमानसमा ब्यापक ध्यनाकर्षण गर्ने थियो । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले १।५ देखि २ मिलियन भन्दा बढीको मृत्यु निम्त्याउछ साथै धुम्रपान नगर्नेहरुलाई पनि ब्यक्तिले छाडेको धुवाले झन् असर गर्ने परिणाम देखाएको छ । तसर्थ विश्व स्वास्थ्य संगठनले १९८८ लाई धयचमि लय त्बmदबपजग दिवसको स्थापना गरेका थिए । यसको मुख्य उद्धेश्य धुम्रपान गर्ने सबै ब्यक्तिलाई कम्तिमा २४ घण्टा धुम्रपान बन्द गर्न प्रोत्साहित गर्नु थियो । यसको ब्यापक प्रेस कभरेज गराई उत्प्रेरणा र पहिचान गरी तम्बाकु वा स्वास्थ्य छान्न लगाउनु थियो ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तराष्ट्रिय अनुवन्धन नेपालले गरेको छ । जसमा सुर्तीजन्य पदार्थको विज्ञापनमा पूर्णतया रोक लगाउने, होलिङ्ग बोर्डहरु राख्न नपाईने, कुनै पनि कार्यक्रममा प्रायोजन गर्न नपाईने, सुर्तीजन्य उत्पादनको प्याकेटमा स्पष्ट चेतावनी चिन्हको ९० प्रतिशत भाग ढाक्नुपर्ने, १८ बर्ष मुनिकालाई बेच्न नपाईने, सार्वजनिक स्थललाई धुम्रपान मुक्त बनाउने ,चुरोटको बट्टामा लेखिने हलुका मलुवा स्लिम शितलता जस्ता शब्दलाई प्रतिबन्ध लगाउने, चोरी पैठारीमा रोक लगाउने, कर बढाउने, सुर्तीजन्य बस्तुको उत्पादनमा ऋण सुविधामा रोक लगाउने , सुर्ती उत्पादकलाई बैकल्पिक आय आर्जनको स्रोत प्रदान गर्ने, सुर्तीजन्य पदार्थको स्वास्थ्यमा पार्ने असरहरुबारे प्रचार प्रसार गर्ने साथै ध्ज्इ ले दिएको तथ्याङ्कहरु सर्वधारणलाई जानकारी गराउने, सुर्तीजन्य पदार्थहरुको बिक्रि वितरणको लागि अनुपतिपत्रको प्रावधान बनाउने जस्ता प्रावधानहरु समेटिएका थिए ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तराष्ट्रिय अनुवन्धन बमोजिम नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन र नियमावली २०६८, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ कार्यन्वयनमा ल्याएको छ । सुर्तीजन्य पदार्थको बजार अनुगमन र नियन्त्रण गर्न २०७४ माघ १० गते मन्त्रिपरिषदको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी र प्रत्येक स्थानिय तहको प्रशासकीय प्रमुखलाई जिम्मेवारी तोकेको छ । त्यस्तैगरी नेपाल सरकारले सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि २०७३ चैत्र २ देखि पसलहरुले इजाजत लिनुपर्ने ब्यबस्था गरेको छ । सुर्तीजन्य पदार्थ उत्पादनमा प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रात्मक सन्देश राख्नुपर्ने प्राबधान २०७२ जेष्ठ १ देखि लागु भएको छ । आर्थिक ऐन अध्यादेश २०७८ अनुसार स्वास्थ्य जोखिम करको रुपमा सरकारले विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिडिमा प्रति खिल्लि २५ पैसा, चुरोट र सिगारमा प्रति खिल्लि ५० पैसा र खाने सुर्ती खैनी गुट्का पान मसलामा प्रति किलो ४० रुपैयाका दरले कर संकलन गर्छ । WHO ले सुर्तीजन्य पदार्थमा ७० प्रतिशत लगाउनुपर्ने सुझाएको छ भने नेपालले अहिले ३८ प्रतिशतको हाराहारीमा कर लगाएको छ ।
जलिरहेको चुरोटको ठूटोले भन्दोरहेछः ‘ म जलिरहेको छु तपाईको कारणले, भोली तपाई जलिरहनुहुनेछ मेरो कारणले ’ । त्यसैले धुम्रपानको लतबाट छुट्नु र छुटाउनु यथासम्भव गर्नु गराउनु अनिवार्य छ । धुम्रपानको लतबाट छुट्नका लागि निम्न कार्य गर्न जरुरी छ । जसमा मानसिक रुपमा तयार बन्ने, प्रणायाम र ध्यानमा जोड दिने, प्रसस्त पानी पिउँने बानीको विकास गरौं ,लामो लामो सास फेर्नु, काम गरी ब्यस्त हुनु, आफैले धुम्रपान गर्दा हानी गरेको कल्पना गरेर, धुम्रपान छोड्दा प्राप्त हुने फाइदाहरु बारे सोच्ने, धुम्रपान गर्नेहरुलाई त्याग्न सल्लाह प्रोत्साहन गर्ने र आवश्यक परेमा चिकित्सकको सल्लाह लिने । विश्वमा करिब ३५ लाख हेक्टर जमिन सुर्तीजन्य पदार्थको खेतीको लागि प्रयोग गरिन्छ भने यसको लागि बार्षिक २ लाख वन फडानी गर्ने गरिन्छ । त्यसैले यो वर्ष ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होईन’ भन्ने नाराका साथमा विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३१ मे २०२३ मनाउंदैछौ । धुम्रपान सुर्ती सेवन त्यागौं। अध्ययन बताउँछ अधिक धुम्रपान गर्नेको तुलनामा नगर्नेको १० बर्ष उमेर बढ्छ र एक खिल्लि चुरोटले ११ मिनेट आयु घटाउँछ । सचेत बनौं स्वस्थ बनौं ।
(लेखक तरामु मगर बाणगंगा नगरपालिका, कपिलबस्तुमा स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्छ।)