लिबिया उत्तरी अफ्रिकाको एक देश हो । यसको उत्तरमा भूमध्य सागर र दक्षिणमा नाइजेरिया र चाड पर्दछ । पूर्वमा मिश्र र दक्षिण पूर्वमा सुडान पर्दछ । यसको पश्चिममा ट्युनिसिया र अल्जेरिया छन् । भनिन्छ– ग्रिसेलीहरूले यहाँ बसोबास सुरु गरेका थिए र ५०० वर्षअगाडि रोमनहरूले शासन गरेका थिए ।
यसको क्षेत्रफल १० लाख ५१ हजार ५४० वर्ग किलोमिटर अर्थात् ६ लाख ७९ हजार ३५८ वर्ग माइल छ । यसको जनसङ्ख्या ६८ लाखभन्दा बढी छ ।
सन् १९११ मा इटालीले लिबिया कब्जा गरेको थियो र सन् १९३८–१९३९ मा इटालीका तानाशाह मुुसोेलिनीले कब्जा गरेका थिए । ६ सेप्टेम्बर १९३१ मा इटालीयाली उपनिवेशवादीहरूले लिबियाका एक देशभक्त र राजनीतिक अग्रदूत ओमर मुख्तारलाई १६ सेप्टेम्बर १९३१ मा फाँसी दिएका थिए । उनी नै लिबियाका स्वतन्त्रता र मुक्तिका प्रतीक बने । लिबिया इटालियाली उपनिवेशबाट सन् १९५१ मा स्वतन्त्र भएको थियो । यसको राजधानी त्रिपोली हो । त्रिपोली भूमध्य सागरको किनारामा रहेको सुन्दर नगर र बन्दरगाह पनि हो । पहिले पूर्वपट्टि अर्को राजधानीको रूपमा बेंघाजि थियो र त्यो एक बन्दरगाह पनि थियो ।
यो मरुभूमिको देश हो र यसको ९३ प्रतिशत भूमि सुख्खा छ । अफ्रिकाका अन्य देशजस्तै पेट्रोलको कारण लिबिया समृद्ध पनि छ । मरुभूमिको कारण यसमा ठुल्ठुला नदीहरू छैनन् र कहीँकहीँ मरुद्यानहरू छन् । उत्तरी भाग भूमध्य सागरको किनारामा भएको हुनाले यसको हावापानी भूमध्यसागरीय र फलफूलको निम्ति उपयुक्त रहेको छ ।
यस देशको राजनैतिक महत्व कर्णेल गद्दाफिको शासनपछि अर्थात् १९६७ देखि सा¥है चर्चामा आएको थियो । सन् १९४२ मा एक घुमन्तु जातिको खेतीवाल परिवारमा भूमध्यसागरको किनाराको एक पालमा जन्म लिएका गद्दाफिले बेंघाजि विश्वविद्यालयमा भूगोल अध्ययन गरेका थिए । सेनामा जानको निम्ति उनले विश्वविद्यालयको अध्ययन बिचमै छोडे । सन् १९६५ मा उनले सैनिक एकेडेमीबाट स्नातक गरे । उनी त्यसबेला २३ वर्षका थिए । उनी सेनामा एक तेजिला विद्यार्थी थिए र सैनिक सेवामा उनी आफ्ना दौँतरी र अफिसरहरूबाट प्रशंसित थिए । सन् १९६९ मा उनी २७ वर्षका थिए कर्णेल पदमा पुगिसकेका थिए । उनले एक रक्तहीन सैनिक विद्रोहबाट सत्ता हातमा लिई त्यहाँको राजा इड्रिसलाई गद्दीच्यूत गरेका थिए र गद्दाफि नयाँ शासनको सेनापति र क्रान्तिकारी परिषद्का अध्यक्ष भए । उनमा ओमर मुख्तारको गहिरो प्रभाव परेको थियो । यसकारण, गद्दाफिमा साम्राज्यवाद र उपनिवेशवादविरोधी भावना खचाखच भरिएको थियो । इस्लामी धर्मको प्रचारको साथसाथै साम्राज्यवादविरोधी भावनामा सारा अरब देशहरूलाई एक गर्न चाहन्थे । उनी मिश्रका राष्ट्रपति गमाल अब्दुल नासिरको अरब समाजवाद र राष्ट्रवादी भावनाबाट प्रभावित थिए । यसकारण, उनले लिबियालाई ‘जनताको राज्य’ र ‘महान् समाजवादी जनताको लिबिया’ नाम दिए ।
साम्राज्यवादी र उपनिवेशवादीहरूको दबाब र अरब विश्वको भावनाले ओतप्रोत भई उनले लिबिया, मिश्र र सिरियाको महासङ्घ बनाउने कल्पना गरे । सम्भवतः भावुकता र अनुभवको कमीले पनि उनले ट्युनिसियासँग पनि महासङ्घ बनाउने प्रस्ताव अगाडि सारेका थिए । यस हिसाबले उनीसँग कूटनीतिक सहयोगीहरूको कमी देखिन्थ्यो ।
गद्दाफि सत्तामा आएपछि सन् १९७० मा संरा अमेरिका र बेलायतको सैनिक आधार शिविरहरू सबै फिर्ता पठाए । साथै, इटालियाली र यहुदीहरूलाई पनि देश निकाला गरे । त्यसबेला उनी २८ वर्षका मात्र थिए ।
सन् १९७३ मा लिबियाको क्रान्तिकारी सरकारले विदेशीहरूको सबै पेट्रोल खानी र सम्पत्ति राष्ट्रियकरण गरे ।
इस्लाम धर्मअनुसार उनले रक्सी र जुवा–तासलाई पनि प्रतिबन्ध लगाए । साथसाथै, सन् १९७४ मा उनले इस्लामिक समाजवादको घोषणा गरे । त्यसबेला उनी ३० वर्षका थिए ।
तर, अमेरिकी साम्राज्यवाद र नाटोका उपनिवेशवादीहरू भित्रभित्र षड्यन्त्रहरू गर्दै थिए । सन् १९७८ मा मिश्र र इजराइलको बिचमा सम्बन्ध सुधार गरी अब देशहरूलाई आपसमा लडाउन अमेरिकामा ‘क्याम्प डेभिड सम्झौता’ गराए ।
सन् १९८१ मा इटालीका प्रधानमन्त्री सिल्भिओ बार्लुस्कोनी (क्ष्खिष्य द्यभचगिकअयलष्) सँग इटालीमा भेट गर्दा गद्दाफिले आफ्नो छातीको एकातिर इटालीयाली उपनिवेशवादीहरूले हत्या गरेका लिबियाका देशभक्तिका प्रतीक ओमर मुख्तारको सानो तस्बिर झुण्डाएका थिए । त्यो एक प्रकारको प्रदर्शन थियो । त्यसबेला उनी ३९ वर्षका थिए ।
भनिन्छ, लिबियाले अमेरिकाविरोधी अनेक देशका उग्रवादी समूहहरूलाई सहयोग गरी उपद्रव गराउँदै गयो । त्यसको बदला लिन सन् १९८३ मा राजधानी त्रिपोली र बेंघाजीमा संरा अमेरिकाले बमकाण्ड गराएको थियो । जसमा ३५ जना लिबियाली र गद्दाफिकी छोरीसमेत मारिएकी थिइन् ।
सम्भवतः त्यसको बदला लिन सन् १९८८ मा स्कटल्यान्डको एक सहर Lockeribe मा ‘पान एम १०३ हवाईजहाज दुर्घटना गराएकोमा लिबियाको हात छ भन्ने आरोप पश्चिमी देशहरूले लगाए । त्यसमा दुई जना लिबियाली सुरक्षा अधिकारीहरूको हात रहेको आरोप थियो । तिनीहरूविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पुर्जी पनि जारी ग¥यो ।
सन् २००९ मा अफ्रिकी देशको सङ्घमा गद्दाफि अध्यक्ष निर्वाचित भए । त्यसबेला उनी ६७ वर्ष थिए ।
त्यही साल गद्दाफि संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्क पुगे र आफ्नो भाषणमा उनले संयुक्त राष्ट्र सङ्घका केही बेमेलबारे आलोचना गरे । त्यसबारे पश्चिमी प्रचारयन्त्रहरूले १५ मिनेट समय दिएकोमा घण्टौँ बोले, संयुक्त राष्ट्र सङ्घकै बडापत्रको कापी च्यातच्यूत पारे र फाले भन्ने प्रचार गरे ।
तर, संयुक्त राष्ट्र सङ्घको महासभामा एक राष्ट्रको राष्ट्राध्यक्षको रूपमा उनले संयुक्त राष्ट्रसङ्घको मुख्यालय सधैँ एउटै देशमा हुनुपर्छ भन्ने होइन अब यसको मुख्यालय अन्य महादेशमा हुनु राम्रो हुनेबारे जोड दिएका थिए । यो विषय संरा अमेरिकाको निम्ति सह्य भएन होला ¤ त्यसकारण, अमेरिकाले उनीमाथि कुदृष्टि राख्यो ।
संरा अमेरिकी र नाटोको विरोध सुरु
अमेरिकी साम्राज्यवाद र नाटो उपनिवेशवादीहरूले कुनै देश र व्यक्तिमाथि हमला गर्ने र हत्या गर्ने योजना बनाउँदा पहिले छिमेकी देशहरूलाई नै प्रयोग गर्दै आएका छन् । कोरिया र भियतनाममाथि हमला गर्दा पनि तिनीहरूले फिलिपाइन्स, जापान, मलेसिया, इन्डोनिसियाका प्रतिक्रियावादी सरकारहरूलाई प्रयोग गर्ने गरेको जगजाहेर छ । त्यस्तै, इराकमाथि हमला गर्न अन्य छिमेकीहरूसँग झगडा लगाउँथ्यो र आपसमा झगडा हुँदा तिनीहरूले हस्तक्षेप गर्ने गर्थे । इराकमा हमला गर्न कुवेतमाथि हमला गर्ने स्थिति निर्माण गरे र पछि सद्दाम हुसेनको हत्या गरे । त्यस्तै, ट्युनिसिया, मिश्र र अन्य केही छिमेकी देशहरूमा लिबिया विरोध तथा गद्दाफि विरोधीहरूलाई शासन गर्न दिए । भनिन्छ, ट्युनिसियाका राष्ट्रपति बेन अलि र मिश्रका राष्ट्रपति होस्नी मुबारकको प्रत्यक्ष सहयोग लिएर गद्दाफिविरोधी गतिविधि सुरु गराएको थियो । इराकका राष्ट्रपति सद्दाम हुसेनले अमेरिकी डलरभन्दा युरो डलर लिएर व्यापार गर्ने बताएपछि उनीमाथि अमेरिकाले दागा गरेको थियो ।
सुरुमा विभिन्न सहर र जिल्लाहरूमा गद्दाफिविरोधी जुलुस प्रदर्शनहरू गराइए । विदेशीहरूको सहयोग र विदेशीहरू सामेल भएका प्रर्दशनहरूलाई छुट दिने कुरै भएन । त्यसको विरोधमा अन्तर्राष्ट्रिय मानव अधिकार समूहहरू र अन्य विदेशीहरूले वक्तव्य दिएर आगोमा घ्यू हाले । त्यसपछि लिबियाका न्याय मन्त्री र कूटनीतिज्ञहरूले आफ्नो सरकारको विरोधमा राजिनामा दिएर साम्राज्यवादीहरूको पक्ष लिए ।
२२ फेब्रुअरी २०११ को दिन गद्दाफिले देशको विभिन्न भागमा सरकारको समर्थनमा प्रदर्शनहरू गर्न र गराउन टीभी, रेडियो र समाचारपत्रहरूमार्फत विदेशी हस्तक्षेप एवम् भाडाका विदेशीहरूको निन्दा गर्दै जवाफ दिँदै गए । तर, सरकारविरोधी सङ्घर्ष चालु रह्यो । २६ फेब्रुअरी २०११ को दिन संरा अमेरिकाको हालीमुहाली चलेको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले लिबियाको सरकारका प्रतिनिधिहरूको यात्रा तथा हातहतियार ओसारप्रसारमा प्रतिबन्धको घोषणा ग¥यो र गद्दाफिको सम्पत्तिलाई रोक्का गर्ने घोषणा ग¥यो ।
२८ फेब्रुअरीको दिन संरा अमेरिकाले गद्दाफिको सरकारसँग सम्बन्धित लिबिया सरकारको ३० अरब डलर रोक्का ग¥यो । २८ फेब्रुअरी २०११ सम्म गद्दाफिले आफूलाई जनताको समर्थन भएको दावा गरे जो स्वाभाविक थियो ।
अमेरिकी सरकारको अगुवाइमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले १७ मार्च २०११ को दिन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) लाई लिबियाको गद्दाफि समर्थक सेनाको विरोधमा कारबाही गर्ने घोषणा गर्दै गयो । गद्दाफिले आफ्नो सुरक्षाको गतिविधि चालु राखे ।
३० अप्रिल २०११ को दिन नाटो सेनाले राजधानी ट्रिपोलीमा हवाई हमला ग¥यो र गद्दाफिको कान्छो छोरो मारिए तथा उनका तीन जना नातिहरू पनि मरे । तर, एकै बाजि गद्दाफिलाई हत्या गरिएन बरु १६ मईको दिन गद्दाफि र उनका छोरा रौफ अल इस्लामविरुद्ध पक्राउ पुर्जी जारी गरियो र २७ जुनको दिन सुरक्षा प्रमुख अब्दुल सेन्युसीविरुद्ध पक्राउ पुर्जी जारी गरियो ।
सन् २०११ को २० अगस्तको दिन विदेशी र विद्रोही हतियारधारीहरू त्रिपोलीमा पसे र लुटपाट मच्चाए । २३ अगस्तको दिन गद्दाफिलाई पक्राउ गर्नेलाई १७ लाख डलरको इनामको घोषणा नाटो पक्षले ग¥यो ।
२० अक्टुबर २०११ को दिन गद्दाफिलाई हुलले पक्राउ गरेको दृश्य संसारले टीभीमा देख्यो । तर, हुलहुज्जत गर्नेहरू लिबियाली नभएको र अमेरिकी केन्द्रीय गुप्तचर विभागले विदेशीलाई ल्याएको चर्चा व्यापक थियो । यसरी संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई बारम्बार संरा अमेरिका र नाटोले प्रयोग गर्दै आएको आक्रमण र हत्याका निम्ति निश्चय पनि मानवता र सभ्यताको मर्यादा राखेको भन्न मिल्दैन ।
देशभक्त कर्णेल गद्दाफिको व्यक्तित्व
पश्चिमी प्रचारले गद्दाफिलाई एक लहडमा काम गर्ने र कडा मिजासका व्यक्तिको रूपमा चित्रण गरेको छ । तर, उनको अर्थ उनको सामाजवादको पेट्रोलमा विदेशीहरूको कब्जा र निजीकरणको विरुद्ध थियो । यस अर्थमा उनी देशभक्त हुन् । इस्लामप्रति उनको आस्थाबारे भन्नुपर्दा हरेक मुसलमानको भावना त्यस्तै हो । यसकारण रक्सीप्रति उनको शासनले लिएको कडाइ र जुवातासमा गरेको निषेधले उनी एक समाज सुधारकको रूपमा लिइन्छ । साम्राज्यवाद र उपनिवेशवादप्रतिको उनको विरोध र घृणा प्रस्ट छ । यो गुण स्वयम् देशभक्ति र राष्ट्रिय भावनाको विषय हो ।
ठूलो क्षेत्रफल र ७८ लाखको जनसङ्ख्या र पेट्रोल प्रचुर मात्रामा थियो । हरेक बिरामीले विदेश गएर कुनै पनि देशमा उपचार गर्न सरकारले सहयोग गर्ने, विदेशमा गई विद्यावारिधिसम्म गर्न विद्यार्थीलाई सरकारको सहयोग तथा नवविवाहित दम्पत्तिलाई घरको बन्दोबस्त गर्ने नीति आफैमा एक लोक कल्याणकारी नीति थियो ।
अफ्रिकी सरकारहरूको बलियो एकताको अभावको कारण पेट्रिस लुमुम्वा, एनक्रुमा र सेकुतुरीजस्ता देशभक्त र अफ्रिकी समाजवादी चिन्तकहरूको योगदानले पूर्णता नपाएकोमा विमति राख्नुपर्ने छैन ।
तर, सन् १९८८ को २१ डिसेम्बरको स्कटल्यान्डको ‘पान अमेरिकी विश्व हवाईजहाज’ को लोकरबी काण्डमा २५९ जना यात्रुहरूको मृत्यु र बाहिर ११ जनताको बमको कारण मरेकोमा लिबियाका दुई जना सुरक्षा अधिकारीहरूलाई दोषी ठह¥याएको र मृतकहरू र हवाईजहाजको समेत क्षतिपूर्ति सन् १९८३ मा लिबियालाई दिन लगाइएको थियो । भनिन्छ, १९८६ मा त्रिपोली र बेंघाजिमा बमकाण्ड गराई ३५ जनाको हत्यामा गद्दाफिका एक जना छोरीको समेत मृत्युको बदला नै लोकरबी हवाई काण्ड थियो । तर, त्यस घटनाले कर्णेल गद्दाफीको देशभक्तिको भावनामा कुनै कमी आएको देखिन्न र उनी साम्राज्यवाद र उपनिवेशवादविरोधी लिबियाका एक देशभक्त नै थिए । श्रोतःअनलाइन मजदुर